चंखेली गाउँपालिकामा कार्यरत स्थायी र अस्थायी (करार) कर्मचारीले तलब पाएनन्

सिमकोट । हुम्ला जिल्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा कार्यरत अस्थायी र स्थायी कर्मचारीले तलब भत्ता नपाएको बताएका छन् । गाउँपालिकामा कार्यरत स्थायी २१ जना र (करार) नियुक्त अस्थायी ८२ जना कर्मचारीले तलब नपाएको गुनासो गरेका छन् । वित्तिय समानीकरणको बजेट सबै फिर्ता हुँदा यो आर्थिक वर्षमा गाउँपालिकामा कार्यरत कर्मचारीले तलब पाउन नसकेका हुन् । […]

आइतबार राती आएको वर्षाले चंखेलीको भट्टेवाडामा ठूलो क्षति

सिमकोट । आइतबार राती आएको वर्षाको कारण हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका –२ भट्टेवाडामा बाढीले ठूलो क्षति पुर्याएको छ । आइतबार आएको बाढीले यस क्षेत्रका घर, शौचालय, खानेपानी पाइप, खेतबारी लगायतमा ठूलो क्षति गरेको जनाइएको छ । बाढीले भौतिक क्षति गरेपनि मानवीय क्षति भने नभएको जानकारी प्राप्त भएको छ । निवर्तमान वडाध्यक्ष हरिहर उपाध्यायका […]

शान्तिको सन्देश बोकेर साइकलयात्रामा निस्किएका मोरङका ७१ वर्षिय प्याकुरेल, हुम्ला पुगे

सिमकोट । देशमा शान्ति आएपनि अहिलेका विभिन्न राजनितिक दलका नेतामा शान्ति नआएको भन्दै शान्तिको सन्देश बोकेर साइकल यात्रामा निस्किएका मोरङ जिल्लाको रतुवामाइ नगरपाली –४ का ७१ वर्षीय रामभक्त प्याकुरेल हुम्लाको सदरमुकाम सिमकोट पुगेका छन् । पूर्वबाट यात्रा सुरु गर्नुभएका ७१ वर्षिय साइलकयात्री प्याकुरेलले अहिलेसम्म देशका ६१ जिल्ला घुमीसकेको बताउनुभयो । जनतामा शान्ति आएको छ, देशमा […]

कर्णाली राजमार्गको खच्चा सडक भाँसिदा दुई ट्रक फसे

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका(१ को खच्चामा पर्ने कर्णाली राजमार्ग सडक खण्डमा सामान ल्याएर आएका दुईवटा मालबाहक ट्रक फसेका छन् । आइतबार विहान ११ बजे उक्त सडकमा सुख्खा पहिरो र सडक भाँसिदा सवारी साधन आउजाउ बन्द हुनुका साथै दुईवटा ट्रक फसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । […]

हुम्लाका चार गाउँपालिकामा ५५ हजार भेडाबाख्रा

सिमकोट । हिमाली जिल्ला हुम्लामा रहेका सात वटा स्थानीय तह मध्ये चारवटा गाउँपालिकामा ५५ हजार आठ सय भेडा बाख्रा रहेका छन् । जिल्लाका चारवटा सिमकोट, नाम्खा, खार्पुनाथ र अदानचुली गाउँपालिकामा ठूलो संख्यामा किसान भेडा बाख्रा पालनमा रमाउँदै आएका छन् । चारवटा गाउँपालिकामा ५५ हजार रहेका छन् । सिमकोट अठार हजार आठ सयको हाराहारीमा भेडा बाख्रा […]

खार्पुनाथ गाउँपालिका–२ थाली गाउँमा लडेर एक युवकको मृत्यु

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर दुई थाली गाउँमा बुधबार राती लडेर एक युवकको मृत्यु भएको छ । वडा नम्बर दुई थाली गाउँका २५ वर्षिय हिर रावलको बुधबार राती लडेर मृत्यु भएको स्थानीय जगत रावलले बताउनुभयो । आफन्तको घरबाट सुत्न गएका रावल रातीको करीब आठ बजे लडेर मृत्यु भएसकेको भएपनि आफुहरुले रातीको १२ बजे […]

दुई गाउँपालिकाका दुई सय साठी कृषकलाई आठ प्रकारका तरकारी विउ

सिमकोट । हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकाका लक्षित वर्गका कृषकलाई निःशुल्क तरकारी विउ वितरण गरिएको छ । लामो समयदेखि जिल्लामा कृषि, स्वास्थ्य, शिक्षा लगायत विभित क्षेत्रमा काम गर्दै आएका दुई संस्थाले तरकारी विउ वितरण गरेका हुन् । गुडनेवर्स इन्टरनेशल नेपालको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लाको सहकार्यमा सिमकोट गाउँपालिका वडा नम्बर दुई ठेहे, […]

दोजाम कर्णाली नदीमा डुबेर एक बालक बेपत्ता

सिमकोट । हुम्लाको दोजाम कर्णाली नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन् । बुधबार दिउँसो दुई बजे सिमकोट गाउँपालिका–१ दोजाम गाउँ नजिक रहेको दोजाम कर्णाली नदी ४ वर्षिय बाल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । प्रहरी निरीक्षक चन्दका अनुसार, बुधबार दिउँसो दोजाम गाउँका अङजु लामाका छोरा चारवर्षका अनमोल […]

धिगा गाउँमा खानेपानी समस्या

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ धिगा गाउँमा यतिबेला खानेपानीको समस्या भएको छ । लामो समयदेखि यस गाउँमा खानेपानीको समस्या हुँदै आएको स्थानीयले गुनासो गरेका छन् । ४३ घरधुरी रहेको धिगा गाउँमा २०७३ सालमा प्रत्येक घरमा धारा निर्माण गरिएपनि अहिले खानेपानीको समस्या निम्तिदै आएको छ । धिगा गाउँका लागि दुई घण्टाको पैदल लाग्ने लेख धिगाबाट […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]