मुगु । मुगु जिल्ला खत्याड गाउँपालिकाका सम्पुर्ण अपाङ्गता भएका ‘क’ बर्गका ६ जना बालबालिकाहरुलाइ बाल बिकास समाजको सहयोग, हामी नेपालको प्राविधिक सहयोग र खत्याड गाउँपालिकाको समन्वयमा सोही संस्थाका प्रतिनिधि अनिल बानियाको अध्यक्षतामा खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाहीको उपस्थितीमा अपाङ्गता भएका बालबालिकालाइ व्हीलचियर हस्तान्तरण गरिएको छ । अपाङ्गता भएका बालबालिकाहरुको नाम बाचन गरेर प्रमुख अतिथि […]
सिमकोट । एक जना गर्भवती महिला हुम्लाको सदरमुकाम सिमकोटको बाटोमा सुत्केरी भएकी छन् । जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोट घर भएकी हाल सदरमुकाम सिकमकोटमा बस्दै आउनु भएकी २६ वर्षिया रुपशिला विकले बाटोमै बच्चा जन्माउनुभएको हो । अस्पताल लैजादै गर्दा विच बाटोमा सुत्केरी भएर विकले छोरा जन्माएको उहाँको श्रीमान हिरबहादुर विकले बताउनुभयो । तीन […]
सिमकोट । हुम्ला जिल्लाको विभिन्न गाउँ वस्तिहरुमा भुवो पर्व मनाइएको छ । बुधबार राति सल्लाको दियालो (झरो) को राँको बनाएर परम्परागत ‘भुवो पर्व’ जिल्लाको सिमकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली,ताँजकोट गाउँपालिकामा मनाइएको छ । भुवो पर्वको आफ्नै पहिचान झल्काउने कला संस्कृतिसहित प्रदर्शन गर्दै मनाइएको हो । जिल्लका अधिकांश गाउँपालिकामा आ–आफनो गाउँ टोलबाट सुरु भई विभिन्न वस्तिमा सल्लाको […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिका– ५ का २२ वर्षीया अंशु बुढाको कडा खाले निमोनियाले उपचारका क्रममा बाजुरा जिल्लाको कोल्टीमा रहेका प्राथमिक उपचार केन्द्रमा सोमवार राति मृत्यु भएको हो । सुत्केरी भएको दश दिन पछि २२ वर्षीया युवतीको निमोनियाले ज्यान गुमेको छ । सुत्केरी भएको एघारौँ दिनमा बुढाको उपचारका क्रममा मृत्यु भएको ताँजाकोट […]
सिमकोट । हिउँले सेताम्य देखिने यो समय हुम्लाका विभिन्न हिमाल सुख्खा देखिएका छन् । पुस महिनाको अन्तिम हुादा पनि हिमपात नहुँदा हिउँको पर्खाइमा चाङ्ला, रलिङ्ग, सैपाल, पञ्चमुखी लगायत उच्च स्थानमा रहेका हिमाल हिउँको पर्खाइमा छन् । भने खडेरी हुने होकी भन्ने चिन्तामा हुम्लाका किसान छन् । यो समय हिमपात हुनुका साथै किसान खुसी हुने हो […]
सिमकोट । चार दिनदेखि बेपत्तता भएका एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । सर्केगाड गाउँपालिका–६ बराई गाउँका अन्दाजी ४५ वर्षिय गोर्ख बुढाथोकी हराएको चार दिनपछि मृत अवस्थामा फेला परेको आफन्त भक्तराज ऐडीले बताउनुभयो । पुस १६ गते बेलुका बाख्रालाई गोठमा भित्राउन गाउँ नजिकैको खर्कमा गएका बुढाथोकी हराएको चार दिनपछि मृत फेला परेका हुन् […]
सिमकोट : संघ, प्रदेश र स्थानीय सरकारले युवाका लागि रोजगारीका कुनै कार्यक्रम ल्याउन नसकेपछि हुम्लाका पनि कतिपय पालिकाका गाउँ नै रित्तिने गरी कामको खोजीमा युवा विदेशिएका छन्। उनीहरु धेरैजसो भारत जाने गरेका छन् । जिल्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाबाट पछिल्लो एक हप्तामा एक हजारभन्दा बढी युवा गाउँ छोडेर भारत प्रस्थान गरेका छन्। अदानचुलीमा कुनै काम […]
सिमकोट । हुम्लाको दक्षिणी भेगमा रहेको ताँजकोट गाउँपालिका–१ मा रहेको दैमाडुमा नेपाल दुरसञ्चार प्रणालीको ‘फोरजी’ टावर निर्माण भएसँगै सेवा सञ्चालनमा आएको छ । वर्षौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेको ताँजकोट गाउँपालिकाको दुर्गम गाउँमा गाउँपालिका अध्यक्ष लालकेश जैसीको विशेष पहलमा फोरजी सेवा सञ्चालनमा आएको हो । मङ्गलबारदेखि ताँजकोट गाउँपालिकामा ‘फोरजी’ सेवा सञ्चालनमा आएसँगै आसपासका सबै गाउँका […]
सिमकोट । पछिल्लो समय हिमाली जिल्ला हुम्लामा पशुपालन व्यवसायमा लाग्दै आएका कृषकको पशु बिमाप्रति आकर्षण बढ्दै गएको छ । जिल्लामा विगतकको वर्षको तुलनामा पछिल्लो समय गाई,गोरु,घोडा, खच्चड, झोपा,जुमा,भेडा बाख्रा र गधाको बिमा गराउने कृषकको संख्या बढ्दै गएको शिखर इन्स्योरेन्स हुम्ला शाखाका पशु प्राविधिक उपेश भण्डारीले बताउनुभयो । प्राविधिक भण्डारीका अनुसार, जिल्लामा यस अगाडि विमा गरेको […]