सिमकोट, । हुम्लाको सदरमुकाम सिमकोट स्थित जिल्ला अस्पतालमा अक्सिजन उत्पादन केन्द्रको स्थापना गरिएको छ । अक्सिजन उत्पादन केन्द्रको विहिबार एक कार्यक्रमका विच कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा कर्णाली प्रदेश नेपाली कांग्रेसका संसदीय दलका नेता जीवन बहादुर शाहीले उद्घाटन गर्नुभएको हो । अस्पताल परिसरमा अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउन […]
सिमकोट । जनै पूर्णिमाको अघिल्लो दिनबाट सुरु हुने हुम्लाको प्रसिद्ध चाड साउने पूर्णिमा जिल्लाका विभिन्न शक्तिपिठमा धुमधामको साथ मनाइएको छ । धर्मले हिन्दू मान्ने भएता पनि यहाँका बासिन्दा दशैं र तिहार भन्दा विशेष महत्वका साथ साउन पुर्णिमा पर्वलाई मनाउने गर्दछन् । जिल्लाका हरेक गाउँमा स्थानीय धामी नृत्य र देउडा नृत्यको लागि कहलिएको यो पर्वमा युवा […]
सिमकोट । लगातर बर्षाले खोला किरानमा बसोवास गर्दै आएका हुम्ला खार्पुनाथ गाउँपालिका ४का नल्लासीहरू असुरक्षित रहेको छन । खोलामा एक सतादेखि निरन्तर रूपमा आएको वर्षाले खोलामा पानीको बहाव बढेसँगै नल्ला लगायतका कर्णाली नदिका छेउछाउका वासिन्दाहरू असुरक्षित रहेको स्थानीय नवराज भण्डारीले बताए । नल्ला खोलामा बढेको पानीको बहाबका कारण नल्ला गाउँ जोखिममा परेको छ । बुधबार […]
सिमकोट । खोलाले बगाउँदा हुम्लाको ताजाकोट गाउँपालिका वडा नम्बर ४ का मनऋषि जैसी बेपत्ता भएका छन । सर्केगाड गाउँपालिका वडा नम्बर २ को रिपगाड खोला तर्ने क्रममा जैसि बेपत्ता भएको उनका दाइ धर्मभक्त जैसिलाई उदृत गर्दै रिपका स्थानिय बिजय फडेराले बताए । स्वार्गिय बुवाको लागि खार्पुनाथ मन्दिरमा मुइया राख्न आएका जैसिलाई खोला तर्ने क्रममा बेपत्ता […]
सिमकोट । हुम्लामा संयुक्त दलित राजनितिक संघर्ष समिती गठन भएको छ । प्रमुख राजनितिक दलका दलित भ्रातृ तथा जनवर्गीय संगठनको प्रमुख एवम प्रतीनिधीको सहभागितामा हुम्लाको सदरमुकाम सिमकोटमा भएको भेलाले नेपाली काँग्रेसका सदस्यमेत रहेका मक्क सुनारलाई समितिको जिम्मेवारी दिएको हो । सुनारको संयोजकत्वमा १३ सदस्यीय समिती गठन भएको हो । सुनारको संयोजकत्वमा गठित यो संघर्ष समितिले […]
सिमकोट । साउन १३ र १४ गते परेको अविरल वर्षाको कारण आएको बाढी पहिरोले विद्युतमा क्षेति पुर्याउँदा हुम्लाको मध्ये भेगमा रहेका दुईवटा गाउँ अन्धकारमा बस्दै आएका छन् । विद्युत आपूर्ति बन्द हुँदा हुम्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिका– २ रिप र ३ उनापानी गाउँका स्थानीय बासिन्दा सल्लाको दियालोको भरमा उज्योलो गर्दै आएका छन् । पहिरोले क्षेती […]
काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको […]
मुगु । सोमबार मुगुमा भएको जिप दुर्घटनामा ज्यान गुमाएकाहरुका शवको चार दिन बितिसक्दा पनि पोष्टमार्टम हुन सकेको छैन । मृतकहरुका शव पोष्टमार्टमको लागि चिकित्सकहरुको टोली मंगलबार नै शव राखेको सोरु जिमा स्वास्थ्य चौकी तारापानीमा पुगे पनि मृतकका आफन्तहरुले शव नबुझिदिँदा पोष्टमार्टम हुन नसकेको हो । आफन्तहरुले मृतकका शवहरु घर पुर्याइदिन पहल गर्नुपर्ने, परिवारहरुको भरण पोषणका […]
सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका –५ को भुवाँ गाउँमा पशु चराउन गएका एक वृद्धाका लडेर मृत्युभएको छ । सर्केगार्ड गाउँपालिका–५ को भुवा गाउँका ६२ वर्षका मानसिंह सार्कीको वनमा पशु चराउन गएको बेला दिउँसो १ बजेको समयमा झरो टिप्ने क्रममा सेलपंसा भीरमा चिप्लेर खस्दा घटना स्थलमै मृत्यु भएको गोठी गाउँका सूर्यबहादुर शाहीले बताउनुभयो […]