सिमकोट । हुम्लाका सातवटा स्थानीय तहमा जेठ १३ गतेदेखि २६ गतेसम्म एक साथ बालबालिकालाई पोलियो विरुद्धको आईपिभी खोप अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत यही जेठ १३ गतेबाट २६ गतेसम्म सो अभियान सञ्चालन गर्ने स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताउनुभयो । खोप अभियान सञ्चालन गर्नुअघि त्यसको तयारीका लागि जिल्ला स्तरीय […]
सिमकोट । हुम्लाको सदरमुकाममा नियम विपरीत सञ्चालन हुँदै आएका तीन वटा निजि मेडिकल सिल गरिएको छ । सिमकोट गाउँपालिकाले वैशाख विस गते सिमकोटमा सञ्चालीत पाँचवटा निजी मेडिकलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा गाउँपालिकाले मापदण्ड नपुगेका ती मेडिकललाई सबै प्रक्रिया पुरा गर्न तीन दिनको समय दिएको थियो । तर गाउँपालिकाले दिएको समयमा कागजात र फार्मेसी […]
सिमकोट । एक मात्र रहेको जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा उपचार गर्न आउने विरामी मर्कामा परेका छन् । मौसमी विरामीको संख्या बढ्दै गएपनि हुम्लाको जिल्ला अस्पतालमा औषधीको अभाव छ । १५ शैयाको जिल्ला अस्पतालमा वैशाख महिना यतादेखि औषधी अभाव हुँदा उपचार गर्न आउने विरामीहरु मर्कामा परेका हुन । डाक्टरले लेखेको औषधी निजी मेडिकलमा किनेर […]
सिमकोट । हुम्लामा पहिलो पटक जिल्ला स्तरिय प्रजनन् स्वास्थ्य समन्वय समिति गठन गरिएको छ । बिहिबार जिल्ला स्वास्थ्य सेवा कार्यालयद्धारा आयोजित सरोकारवालाको सहभागीतामा गरिएको जिल्ला स्तरीय प्रजनन् स्वास्थ्य बैठकमा निर्देशिकाले तोके अनुसारको समिति गठन गरिएको हो । जिल्लाको समग्र यौन तथा प्रजनन स्वास्थ्य सुदृढिकरणको लागि आवश्यक सहयोग प्रदान गर्न स्वास्थ्य निर्देशिकाबमोजिम जिम्मेवार निकायका अधिकारी तथा […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकामा सञ्चालन भएको भिडियो एक्सरेमार्फत गर्भवती महिलाको गर्भजाँच गर्ने अभियान सम्पन्न भएको छ । वैशाख २६ गतेबाट सञ्चालन भएको भिडियो एक्सरे सेवाबाट ७३ जना गर्भवती महिलाको गर्भजाँच गरिएको गाउँपालिका स्वास्थ्य संयोजक धनराज ढकालले बताउनुभयो । गाउँपालिका स्वास्थ्य शाखाको आर्थिक वर्ष २०८०÷०८१ को सशर्त कार्यक्रम अन्तर्गत मातृ तथा नवशिशु […]
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ धिगा गाउँमा यतिबेला खानेपानीको समस्या भएको छ । लामो समयदेखि यस गाउँमा खानेपानीको समस्या हुँदै आएको स्थानीयले गुनासो गरेका छन् । ४३ घरधुरी रहेको धिगा गाउँमा २०७३ सालमा प्रत्येक घरमा धारा निर्माण गरिएपनि अहिले खानेपानीको समस्या निम्तिदै आएको छ । धिगा गाउँका लागि दुई घण्टाको पैदल लाग्ने लेख धिगाबाट […]
सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट विमानस्थल क्षेत्र भित्र बुधबार विहान सरसफाइ गरिएको छ । सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)को नेतृत्वमा बुधबार विहान विमानस्थल परिसर भित्रका पार्किङ, रनवेय लगायत आसपासका ढल सरसफाइ गरिएको छ । भने विमानस्थलभित्र उम्रेका झारपात उखेलेर फालिनुका साथै सरसफाइ गरिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले बताउनुभयो । बुधबार […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँमा लामा समुदायका सोह्र महिनादेखि पाँच वर्ष मुनिका बालबालिका यहाँका विभिन्न गाउँमा शून्य छ । पूर्णखोप सुनिश्चितका लागि अनुगमनका क्रममा दलित समुदायका बालबालिका गाउँमा भएपनि लामा जातिका बालबालिकाको संख्या शून्य रहेको हो । बालबालिका भएपनि सबै युवायुवती सदरमुकाम सिमकोट लगायत जिल्लाबाहिरका शहर केन्द्रित भएपनि वडा ३ का विभिन्न गाउँमा १६ […]
सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका पूर्णखोप दिगोपना सुनिश्चित घोषणा भएको छ । आज जिल्ला समन्वय समितीको सभाहलमा एक कार्यक्रमका विच पूर्णखोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा भएको हो । गाउँपालिकाभित्र रहेका वडा एकदेखि आठसम्मका लक्षित वर्गका सबै बालबालिकाले लगाउनु पर्ने सबै खोप पाएपछि आज गाउँपालिकालाई दिगोपना सुनिश्चित घोषणा गरिएको गाउँपालिका स्वास्थ्य संयोजक नर बहादुर […]