सिमकोट गाउँपालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणाका लागि प्रत्येक वडामा अनुगमन

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्न प्रत्येक वडाहरुमा अनुगमन सम्पन्न गरेको छ । गाउँपालिका स्वास्थ्य संयोजक नर बहादुर भण्डारीका अनुसार, एक देखि आठवटै वडामा खोप पाउनु पर्ने १६ महिनादेखि माथिका पाँच वर्ष मुनिका बालबालिकाले खोप पाए नपाएको दुई समुहमा स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरु विभाजीत भएर अनुगमन गरिएको बताउनुभयो । आइतबार […]

सिमकोटमा खसी मासुको मूल्य ११ सय निर्धारण

सिमकोट ।  हुम्ला उद्योग बाणिज्य संघले सदरमुकाम सिमकोटका लागि सोमबार खसी मासुको नयाँ मूल्य निर्धारण गरेको छ । सोमबार मानसरोवर होटलमा उद्योग बाणिज्य संघ, जिल्ला प्रशासन, सिमकोट गाउँपालिका, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, नागरीक समाज र खसी मासु पसलका सञ्चालकहरुको उपस्थितमा नयाँ मूल्य तोकिएको उद्योग बाणिज्य संघका अध्यक्ष राम बहादुर भण्डारीले बताउनुभयो । उद्योग […]

अदानचुलीको घरदैलो स्वास्थ्य शिविरमा नौ सय पचासले लिए सेवा

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाले सञ्चालन गरेको घरदैलो स्वास्थ्य शिविर सम्पन्न भएको छ । बिहिबारदेखि सञ्चालन भएको शिविर शनिवार सम्पन्न भएको हो । तीन दिनसम्म सञ्चालन भएको शिविरमा नौ सय पचास जनाले स्वास्थ्य सेवा लिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताउनुभयो । गाउँपालिकाले स्वास्थ्य संस्थासम्म पुग्न नसकेका जेष्ठनागरीक, बालबालिकाका लागि […]

सिमकोटमा जथाभावी औषधि पसल मनपरी बेचबिखन

सिमकोट । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट बजारमा अथाभावी औषधि पसल सञ्चालनमा आएका छन् । सिमकोट गाउँपालिका कार्यवाहक अध्यक्ष तथा उपाध्यक्ष शुसिला रोकाया (भाम)को नेतृत्वको टोलीले विहिबार सदरमुकामका पाँचवटा मेडिकलमा छापा हानेको हो । उक्त मेडिकलमा मनपरी औषधि बेचेको, एक व्यक्तिको लाइसेन्समा अर्को व्यक्तिले मेडिकल खोलेर बसेको, औषधि र क्लिनिकको अनुमति नलिइ सञ्चालनमा भेटिएको सिमकोट […]

सांसद डाक्टर शर्मा हुम्ला पुगेर गरिब, असाय विपन्नलाई दिए निःशुल्क स्वास्थ्य सेवा

सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाको पालिका केन्द्र सर्केगाडमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा सहित चिकित्सकको टोली जिल्ला सर्केगाड गाउँपालिकामा पुगेर यहाँका नागरीकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नु भएको हो । एक दिन सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा सांसद डाक्टर शर्मा […]

अटेरी गर्ने मासु पसललाई कारबाही रु पाँचदेखि दश हजार जरिवाना

सिमकोट । जिल्ला प्रशसान कार्यालय हुम्ला र सिमकोट गाउँपालिकाको नेतृत्वमा सोमबार साँझ सिमकोट बजारमा सञ्चालीत मासु पसलहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा हुम्ला उद्योग बाणिज्य संघको नियम विपरीत सञ्चालीत अटेरी गर्ने सातवटा वोइलर कुखुराका मासु पसल सञ्चालकलाई रु पाँच हजारका दरले कारवाही स्वरुप जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीले बताउनुभयो । […]

चंखेलीमा छ सय दुईले लिए निःशुल्क स्वास्थ्य सेवा

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा वैशाख १० गतेदेखि १४ गते चार दिनसम्म सञ्चालन भएको निःशुल्क स्वास्थ्य सेवामा छ सय दुई जनाले सेवा लिएका छन् । गाउँपालिकाले “भेटौंला चंखेली गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, चंखेली वासीका दुःख मेटौंला” भन्ने मूल नारा सहित प्रत्येक महिनाको एक दिन विशेषज्ञ डाक्टरबाट आफ्नो मातहतमा रहेका प्रत्येक स्वास्थ्यचौकीबाट नागरीकको निःशुल्क […]

ताँजकोट स्वास्थ्य शाखाले वितरण गर्यो, झिंगा मार्ने विषादी

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाले गर्मी याम सुरु भएसँगै पाँचवटै वडाका विभिन्न वस्तिका लागि झिँगा माने विसादि वितरण गरेको छ । गाउँपालिका स्वास्थ्य शाखाले पाँचवटै वडाका नागरीकको उपस्थित गराएर गर्मी याममा झिँगा बढ्ने भएकाले रोगको संक्रमणबाट जोगिनका लागि विषादी निःशुल्क वितरण गरिएको स्वास्थ्य संयोजक धनराज ढकालले बताउनुभयो । सरुवा रोगको मुख्य बाहक […]

बच्चा जन्माएको साढे एक घण्टापछि आमाको मृत्यु

सिमकोट । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्युभएको छ । स्वास्थ्यचौकीमा प्रसुति गराउन गएकी २८ वर्षिया रीता देवकोटाको आइतबार राती साढे १२ बजेर रोडिकोट स्वास्थ्यचौकीमा मृत्यु भएको हो । देवकोटाले बच्चालाई जन्म दिएको साढे एक घण्टा पछि मृत्युभएको हो । मृतक देवकोटालाई शुक्रबारदेखि पानी बग्ने समस्या […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]