११ महिनापछि लिमीका बालबालिकाले पाए नियमीत खोप

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका –६ लिमीका बालबालिकाकाले ११ महिना पछि नियमीत खोप लगाउन पाएका छन् । जन्मेदेखि १५ महिनासम्म लगाइनुपर्ने नियमीत खोप ४ जना बालबालिकाले ११ महिनापछि लगाउन पाएका हुन् । लिमी जानका लागि हिमपातले बाटो अवरुद्ध भएपछि तील, जाङ र हल्जी गाउँका चार जना बालबालिकाले जेष्ठ महिनायता बुधबार नियमीत खोप लगाउन पाएको […]

आँखा शिविरमा ९ सय २७ को उपचार, ८७ जनाको मोतियाबिन्दु शल्याक्रिया गरिने

सिमकोट । जिल्ला आँखा उपचार केन्द्र हुम्लाले सञ्चालन गरेको निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । जिल्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकाको ११ स्थानका गाउँमा रहेका स्वास्थ्यचौकीमा सञ्चालन भएको शिविर सम्पन्न भएको छ । ६ गतेदेखि सञ्चालन भएको शिविरमा ९ सय २७ जनाको आँखाको चेकजाँच गरिएको जिल्ला आँखा उपचार केन्द्रका नेत्र अधिकृत बुम बोहराले बताउनुभयो […]

नौ सय पचास पशुको उपचार

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका पशु शाखाले वडा–१ र २ मा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वडा–१ र २ मा निःशुल्क पशु स्वास्थ्य शिविरमा नौ सय पचास पशुको उपचार गरिएको छ । दुई दिनसम्म सञ्चालन भएको शिविर आज मङ्गलबार सम्पन्न भएको छ । शिविरमा भेडाबाख्रा, झोपा जुमा, गाई, घोडा खच्चर लगायतका पशुको […]

आयुर्वेद स्वास्थ्य शिविरमा ३१५ नागरिक लाभान्वित

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँमा गाउँघर क्लिनिक तथा नसर्ने रोन सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाले ठेहे गाउँमा शनिवार स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै निशुल्क औषधि समेत वितरण गरेको छ । स्वास्थ्य शिविरबाट ३ सय १५ नागरिक लाभान्वित भएका छन् । एक दिन सञ्चालन भएको शिविरमा ठुलो […]

सिमकोट गाउँपालिकाद्धारा ५९ एकल तथा विपन्न दलित महिलाको स्वास्थ्य बीमा

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले दलित विपन्न तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा विनियोजित बजेटमार्फत पहिलो चरणमा ५९ जना दलित विपन्न महिला तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा गरेको गाउँपालिका स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले बताउनुभयो । वडा नम्बर १ मा दलित […]

माइक्रोस्कपिक स्क्रीनिङ शिविरमा ६८ जेष्ठनागरीकको उपचार

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ डाडाफयाँ स्वास्थ्यचौकीबाट जेष्ठनागरीकका लागि सामान्य स्वास्थ्य शिविर तथा क्षयरोग सम्बन्धि माइक्रोस्कपिक स्क्रीनिङ शिविर सेवा सम्पन्न भएको छ । शुक्रबार डाडाफया स्वास्थ्यचौकीमा विरामी जाच्ने यन्त्र उपकरण डाक्टरलाई हस्तान्तरण गर्दै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी(प्रतिरोध)ले शिविरको उद्घटान गर्नुभएको स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले बताउनुभयो । पालिका भित्र रहेका ४,५ र ६ वडा […]

घरदैलो स्वास्थ्य सेवामा ताँजकोटका ६५ जना जेष्ठनागरीकको उपचार

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाले घरदैलो स्वास्थ्य सेवा कार्यक्रम अन्तरगत घरघरमै पुगेर जेष्ठ नागरिक निःशुल्क उपचार शुरु गरेको छ । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्ष माथिका, गम्भीर रोग लागि ओछ्यानमा परेका, शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका नागरिकलाई स्वास्थ्य पहुँच विस्तार अन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको गाउँपालिका स्वास्थ्य शाखाका […]

क्षयरोग दिवसको अवसरपारी अन्तर विद्यालयस्तरिय बक्तृत्वकला सम्पन्न

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माध्यामिक विद्यालयमा विश्व क्षयरोग दिवसको अवसर पारी अन्तर विद्यालयस्तरीय बक्तृत्वकला सञ्चालन गरिएको छ । स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहको अध्यक्षतामा र जिल्ला समन्वय समितीका प्रमुख शिवराज शर्माको प्रमुख आथित्यमा उक्त दिवसको अवसरपारी बक्तृत्वकला सम्पन्न भएको हो । “हो हामी क्षयरोग अन्त्य गर्छौ”, “क्षयरोग अन्त्यका लागि हामी […]

चौगनफयाका सुत्केरी महिला आमा सुररक्षाको रकम पाउनबाट बञ्चित

सिमकोट । सरकारले मातृ मृत्युदरमा कमी ल्याउने उद्देश्यका साथ ल्याइएको ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ अन्तर्गत हुम्लाको सिमकोट गाउँपालिका–७ चौगनफयाका सुत्केरी आमाले पाउने सुविधा अझै नपाएको गुनासो गरेका छन् । साउन महिना देखि पुस महिनासम्म चौगनफया सामुदायिक स्वास्थ्य इकाईमा सुत्केरी भएका ८ जना महिलाले गर्भजाँच गराएको बापतको रकम नपाएका हुन् । आमा सुरक्षा कार्यक्रमअन्तर्गत […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]