चंखेली गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइने

सिमकोट । हुम्लाको दक्षिणी भेगमा रहेको चंखेली गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइने भएको छ । हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोग र चंखेली गाउँपालिकाको आर्थिक तथा व्यवस्थापनमा पालिका केन्द्र पिप्लाङमा आँखा उपचार केन्द्र सञ्चालन हुने भएको छ । आँखा उपचार केन्द्र सञ्चालनका लागि हिमालयन आँखा अस्पताल घारीपाटन पोखरा र चंखेली गाउँपालिकाबिच समझदारी भएको […]

खर्कमै पुगेर बालबालिकालाई खोप

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले खर्कमा रहेका बालबालिकाका लागि घुम्ती खोप शिविर अभियान सञ्चालन गरेको छ । भने खर्कमा रहेका अन्य विरामीको उपचार गरेको छ । स्वास्थ्यकर्मीले करीब तीन हजार पाँच सयदेखि चार हजार मिटर अग्लो पाटनमै पुगेर बालबालिकाका लागि खोप कार्यक्रम सञ्चालन गरिएको हो । हुम्लामा बर्षाको समयमा खर्क […]

मुगु जीप दुर्घटनामा मृतकहरुका शवको पोष्टमार्टम हुन सकेन

मुगु । सोमबार मुगुमा भएको जिप दुर्घटनामा ज्यान गुमाएकाहरुका शवको चार दिन बितिसक्दा पनि पोष्टमार्टम हुन सकेको छैन । मृतकहरुका शव पोष्टमार्टमको लागि चिकित्सकहरुको टोली मंगलबार नै शव राखेको सोरु जिमा स्वास्थ्य चौकी तारापानीमा पुगे पनि मृतकका आफन्तहरुले शव नबुझिदिँदा पोष्टमार्टम हुन नसकेको हो । आफन्तहरुले मृतकका शवहरु घर पुर्याइदिन पहल गर्नुपर्ने, परिवारहरुको भरण पोषणका […]

हुम्ली मार्न पाइदैन भन्दै प्राधिकरणको नयाँ नियम विरुद्ध जिल्लावासी आन्दोलीत

सिमकोट । दुर्गम नेपाल नागरिक उड्डयन प्राधिकरणले साउन १२ गतेबाट हुम्ला सहित कर्णालीका हिमाली जिल्लामा दिनको साढे १२ बजेपछि उडान भर्न नपाउने नयाँ नियम ल्याएपछि हुम्लाका सम्पुर्ण नागरीक आन्दोलित भएका छन् । प्राधिकरणको नियम विरुद्ध बुधबार विहान हुम्लाका स्थानीय, नागरीक समाज, स्थानीय तहका जनप्रतिनिधि, नागरीक समाज, राजनितीक दल, पत्रकार महासंघ लगायतले सिमकोट विमानस्थलमा धर्ना दिनुका […]

जहाज कुर्दै चार शिशुले ज्यान गुमाए

सिमकोट । दुर्गम हिमाली जिल्ला हुम्लाका नागरीकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । साउन महिनाभरी हुम्ला सहित देशभरको मौसम खराब हुनुका साथै जिल्लामा नियमीत उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको मृत्यु भएको छ । खराब मौसमका साथै नेपाल नागरिक उड्डयन प्राधिकरणको नयाँ नियमले दिनको १२ बजेपछि उडान नहुने हुँदा हुम्लाका चार […]

मुगु जीप दुर्घटनाका घाईतेलाई थप उपचारका लागी हेलीकप्टर मार्फत नेपालगञ्ज लगियो 

सिमकोट । मुगु जीप दुर्घटनामा घाईते भएकाहरुलाई थप उपचार गर्न नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको छ । सोमबार साँझ  ४ :४५ बजे भएको जिप दुर्घटनामा परि घाईते भएका चार जनाको जिल्ला अस्पताल मुगुमा प्रारम्भिक उपचार भएको भएपनी अस्पतालमा सिटि स्क्यान लगायतका मेसीन नहुदाँ समस्या र जटिलता पहिचान गर्न चिकित्सकहरुलाई कठिनाई भएपछि घाईतेहरुलाई सुविधा सम्पन्न […]

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

सिमकोट । मङ्गबार दिउँसो नेपाली सेनाको हेलिकोप्टर मार्फत एक जना सुत्केरी महिलाको हुम्लाको सदरमुकाम सिमकोटबाट उद्धार गरिएको छ । हुम्लाको खार्पुनाथ–५ खर्पेलगाउँकी दिफकली सार्कीलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको हो । साउन १६ गते सुत्केरी भएकी ४० वर्षीया सार्कीको रगतमा संक्रमण भएर रिफर गरेको पाँच दिनपछि उद्धार गरिएको जिल्ला अस्पताल हुम्लाको सिनियर अनमी सरीता बोहराले […]

एक हजार ६२३ विद्यार्थीलाई खुवाइयो जुकाको औषधि

सिमकोट । हिमाली जिल्ला हुम्लाको दक्षिणी भेगमा रहेको ताँजकोट गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जुकाको औषधि खुवाएको हो । गाउँपालिका स्वास्थ्य शाखा र शिक्षा शाखाको आयोजनामा एक हप्ताभरी पालिका भित्र रहेका १५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई औषधि खुवाउने कार्य सम्पन्न भएको स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले बताउनुभयो । चारवटा माध्यामिक विद्यालय र ११ वटा […]

सर्केगाड गाउँपालिकालाई रु ११ लाख मुल्य बराबरको औषधि सहयोग

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिकालाई औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले करिब रु ११ लाख मुल्य बराबरको औषधि सहयोग गरेको हो । ४५ प्रकारका विभिन्न औषधि तथा अतिआवश्यक पर्ने स्वास्थ्य सामाग्री सहयोग प्राप्त गरेको साँया स्वास्थ्यचौकी प्रमुख बबरङ पालले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]