एकजना महिलाको हेलिकप्टरद्धारा उद्धार

हुम्ला । नाम्खा गाउँपालिका वडा नम्वर ५ को यारीकी ३५ वर्षीया छोटेल तामाङलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । सोमबार विहान ६ वजेको समयमा सुत्केरी भएर साल अड्कीएपछि उनको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् । सुत्केरी भएर साल अड्कीउकी तामाङको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला अस्पताल हुम्लाले […]

बलात्कार आरोपमा एक युवक प्रहरी नियन्त्रणमा

सिमकोट । हुम्लाको दक्षिणी भेग क्षेत्रको ताँजाकोट गाउँपालिका वडा नम्वर १ की एक जना महिलालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विहिबार सोही ठाउँकी २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका वडा नम्वर २ का ३६ वर्षीय पुनिमल लुहारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । साउन ४ गते ताँजाकोट […]

तीन दिनदेखि प्रसव व्यथाले थलिएकी मल्लको उद्वार

सिमकोट । हिमाली जिल्ला हुम्लाबाट तीन दिन देखि प्रसव व्यथा लागेर थलिएकी एक महिलाको उद्वार गरिएको छ । जिल्लाको ताँजाकोट गाउँपालिका ३ की १९ वर्षीया मनपुरा मल्ल हमाललाई ३ दिन देखी सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसकेपछि थप उपचारका लागि सुर्खेत लगिएको हो । मल्ललाई व्यथा लागेको दिन देखि स्थानीय मैला स्वास्थ्य चौकीमा उपचार गर्दा […]

नारा लेखमा वेवारिसे लाश भेटियो

सिमकोट । हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका –५ स्थित नारा लेखमा एक जना पुरुषको वेवारिसे लाश भेटिएको छ । शुक्रबार सोही गाउँपालिकाको नारा लेखमा अन्दाजी ५६ वयर्षीय एक जना परिचय नभएका पुरुषको वेवारिसे अवस्थामा लाश भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक भिमलाल भटराईले बताउनुभयो । प्रहरी नायव उपरिक्षक भटराईका अनुसार, वेवारिसेमा भेटिएको […]

६८ गर्भवतीलाई गाउँमा निःशुल्क भिडियो एक्सरे

सिमकोट । हुम्लाको दक्षिणी भेगमा रहेको ताँजकोट गाउँपालिकाले प्रत्येक गाउँ गाउँमै पुगेर गर्भवती महिलाहरूको भिडियो एक्सरेसहित निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्य कस्तो छ भनेर भिडियो एक्सरे गर्नका लागि गाउँपालिका स्वास्थ्य शाखाले चारवटा स्वास्थ्यचौकी मार्फत महिलाको सुविधाको लागि ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सुरु गरी गर्भवतीको निःशुल्क स्वास्थय परीक्षण गरेको स्वास्थ्य […]

निःशुल्क औषधि सहयोग

सिमकोट । दुुर्गमको एक गाउँपालिकाले गाउँपालिकाभित्रका सबै खाले दीर्घरोगीलाई निःशुल्क औषधि सहयोग गरेको छ। आर्थिक अवस्था कमजोर भएका र सधँै औषधि प्रयोग गरिरहनुुपर्ने दीर्घरोगका बिरामीलाई खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखाले निःशुल्क औषधिको व्यवस्था गरेको हो । खार्पुनाथ गाउँपालिका–३ की जुनकला बुढाले दम रोगबाट पीडित हुँदै आएको र यसको नियमित औषधि सेवन गर्नुपरिरहेकोमा गाउँपालिकाको स्वास्थ्य शाखाले निःशुल्क […]

९० जनाको अप्रेसन : तस्विरमा हेर्नुहोस् आँखा शिविर

सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकामा सञ्चालित आँखा शिविरमा विभिन्न ९० जनाको आँखाको अप्रेसन गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा गाउँपालिकाले आयोजना गरेको शिविरमा दुई दिनमा ९० जनाको आँखाको सफल अप्रेसन गरिएको र २ सय ४४ जनाको आँखाको विभिन्न समस्याको उपचार गरिएको साँया स्वास्थ्य चौकीका इन्चार्ज ववरजंग पालले बताउनुभयो । तिलगंगा आँखा […]

एम एस कुन्ड्रोलिङ्ग कम्प्युटर इन्टीच्युटद्धारा बजार सरसफाई

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित एम एस कुन्ड्रोलिङ्ग कम्प्युटर सीप तालिम केन्द्रले सिमकोट वजारमा सरसफाइ गरेको छ । शनिबारको अवसरमा उक्त सरसफाइ एम एस कुन्ड्रोलिङ्ग कम्प्युटर सीप तालिम केन्द्रको आयोजनामा माथिल्लो गाउँको मुङ्ग्रा धारा देखि बजार हुँदै तल्लो बजार धुपी रुख सम्म सरसफाइ गरिएको हो । सिमकोट गाउँपालिका– ३ का वडा अध्यक्ष पामा लामा, […]

नाम्खामा १३ कुकुरको बन्ध्याकरण

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले छाडा रुपमा छोडिएका १३ वटा कुकुरको बन्ध्याकरण गरेको छ । छाडा रुपमा छोडिएका कुकुरहरुबाट अन्य थुप्रै कुकुर पैदा हुने र त्यसले मानिस तथा पशुमा रेबिज रोग लाग्न सक्ने भएकाले गाउँपालिकाको पशु शाखाले छाडा रुपमा छोडिएका १३ वटा कुकुरहरुको बन्ध्याकरण गरिएको गाउँपालिकाको पशु शाखामा कार्यरत जानकी बुढाले जानकारी बताउनुभयो । […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]