सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–स्याडामा रहेको शैपाल माध्यामिक विद्यालयलाई यहाँका एकजना स्थानीयले आफ्नो व्यक्तिगत जग्गा सहयोग गरेका छन् । वडा–८ स्याडा गाउँका पुनिमल बुढाले विद्यालयलाई एक लाख ४० हजार मूल्य बराबरको जग्गा सहयोग गरेको वडाध्यक्ष कमल बुढाले बताउनुभयो । जग्गादाता बूढाले विद्यालयलाई चार सय वर्गमिटर जग्गा सहयोग गरेका हुन् । विद्यालयको नाममा खाली जग्गा नभएकाले […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाले नेपाल सरकारको बहु क्षेत्रीय पोषण कार्यक्रम अन्तरगत सुनौलो हजार दिनका आमा, र गर्भवती आमाहरूलाई उन्नत जातका कुखुरा वितरण गरेको छ । गाउँपालिकाभरीका आमाहरुको पोषण स्वास्थ्य सुधार गर्नका लागि उन्नत जातका कुखुरा, विभिन्न प्रकारको तरकारी विउ विजन वितरण गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले बताउनुभयो । गाउँपालिकामा […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकाको एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । चंखेली गाउँपालिका–३ का वर्ष बहादुर ऐडीको घरमा आगलागी हुँदा रु एक लाख पैसठी हजार पाँच सय बराबरको क्षतिभएको हो । शुक्रबार दिउँसो साढे तीन बजे ऐडीको एक तले कोठामा आगलागी हुँदा विभिन्न धनमालको क्षति भएको हो । स्थानीयबासी […]
सिमकोट । दुई दिनको लगातारको अविरल वर्षा र असिना पानीले रु तीस लाख बराबरको क्षति भएको छ । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका-३ मेखला गाउँमा बिहिवार परेको वर्षासँगैको असिना पानीले खेतबारीमा रहेको गहुँ बालीमा क्षति पुर्याएको हो । मेखाला गाउँका स्थानीयले खेतमा लगाएको गहुँ बाली घर भित्र्याउने समयमा अविरलको वर्षाले क्षति पुर्याएको हो । […]
सिमकोट । कर्णाली नदिमा डुबेर वेपत्ता भएको हुम्लाको अदानचुली गाउँपालिकाका एम्बुलेन्स चालक छक्क बुढाको परियारलाई गाउँपालिकाका कर्मचारीले आर्थिक सहयोग गरेका छन् । माछा मार्ने जाल खेल्ने क्रममा बिहिबार हुम्ला कर्णालीमा डुवेर बेपत्ता भएका गाउँपालिकामा कार्यरत कर्मचारीले व्यक्तिगत रुपमा ४९ हजार ३ सय आर्थिक सहयोग गरेका छन् । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीको अगुवाईमा […]
सिमकोट । हिमाली जिल्ला हुम्लामा वैशाख दोस्रो सातायता पशुचौपायामा ‘लम्पी स्कीन’ रोगको सङ्क्रमण देखापरेको छ । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको सङ्क्रमण हाल प्रकोपकै रूपमा फैलिएको छ । लम्पी नामको छालाको संक्रमणले पशुहरु बिरामी हुने र दैनिक मर्ने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख कृष्ण रोकायाले बताउनुभयो । अहिलेसम्म […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको पालिका केन्द्र श्रीनगरमा पछिल्लो समय चोरीका घट्ना दिनप्रतिदिन बढ्दै गएका छन् । पालिका केन्द्र श्रीनगरमा होटल, पसल व्यवसायी बढ्दै जाँदा चोरहरुले मौका छोपी राती चोरी गर्न थालेका छन् । मंगलबार र बुधबार राती लगातार श्रीनगरको मुख्य बजारमा भएका पसलहरुमा चोरीका घटना घटेका हुन् । गाउँपालिकाको केन्द्र श्रीनगरको […]
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका अन्तरगत पर्ने हिल्सा नाका सोमबारबाट पूर्णरूपमा सञ्चालनमा आएको छ । दुइदेशका राष्ट्र प्रमुख अन्य पदाधिकारीहरुको बैठक बसि आजबाट हिल्सा नाका पूर्णरूपमा सञ्चालनमा ल्याउने निर्णय गरिएको हो । झण्डै चारवर्ष देखि बन्द रहेको हिल्सा नाका सोमबारबाट सञ्चालनमा आउँदा हुम्लाका स्थानीय खुसि भएका छन् । कोरोना कहरका कारण हिल्सा सिमानाका बन्द […]
सिमकोट । २०७४ सालमा निर्माण सम्झौता भएका पुल अलपत्र परेका छन् । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न खोलामा चारवटा पक्की पुल निर्माणका सम्झौता गरेको ६ वर्ष पुगेको छ । निर्माण कम्पनीका ठेकेदारको चरम लापारबाहीले चारवटा पक्की पुल अलपत्र परेका हुन् । पाँच वर्ष बितेर छैठौं बर्ष लाग्दा पनि ठेकेदारको चरम लापरबाहीले हेप्का, तागु, सल्ली र […]