सिमकोट बजार अनुगमन पाँचवटा पसल कारबाहीमा

सिमकोट । आइतबार सदरमुकाम सिमकोटमा रहेका दशवटा पसल अनुगमन गरिएको छ । बजार अनुगमनका क्रममा पाँचवटा पसल कारबाहीमा परेका छन् । कारबाहीमा परेका पाँचवटा पसल व्यवसायीलाई रु पाँच हजारका दरले कारबाही स्वरुप अनुगमन टोलीले जरिवाना लिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीको नेतृत्वमा सिमकोट बजार अनुगमन गरिएको छ । चारवटा वटा पसललाई […]

साउन पूर्णिमा मेला नजिएसँगै सिमकोटमा नागरीकको चहलपहल बढ्यो

सिमकोट । हिमाली जिल्ला हुम्लामा लाग्ने प्रसिद्ध चाड साउने पूर्णिमा मेला नजिकएसँगै सदरमुकामको सिमकोट बजारमा यतिबेला नागरीहरुको भिड लाग्नुका साथै चहलपहल बढेको छ । सदरमुकाम आसपासका नागरीक यतिबेला नयाँ कपडा, खाद्यान्न लगायतका सामग्री खरिदका लागि पुगेसँगै चहलपहल बढेको पाइएको छ । आफ्नो घर परिवारको नयाँ कपडा र देवि देवताको लागि पूजापाठको सामान खरिदका लागि नागरीकको […]

बाढी पहिरोमा परी पचास भेडा मरे, पन्ध्र लाख मूल्य बराबरको क्षति

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँको वनमा आएको बाढी पहिरोमा परी पचास वटा भेडा मरेका छन् । बुधबार दिउँसोदेखि हुम्लामा आएको अविलर वर्षाले राया गाउँका दुई जना स्थानीयको पचास वटा भेडा बाडी पहिरोमा परी मरेका छन् । बर्खायाम सुरु भएसँगै लेख तिरका उच्च भेडिगोठमा पाल्नका लागि राया गाउँको भित्त डुङ्सिल्या (कुड्या) भन्ने लेख लिएका […]

हुम्लामा ६ सय ७८ जनाले लिए जन्म, मृत्युको अनुदानको चामल

सिमकोट । हुम्ला सहित कर्णालीका हिमाली जिल्लामा सरकारले दिँदै आएको जन्म र मृत्यु भएका प्रतिघरपरिवारलाई निःशुल्क अनुदानमा वितरण गर्ने २० किलो चामल प्रभावकारी बन्दै गएको छ । हुम्लामा २०८० को असार मसान्तदेखि २०८१ को असार मसान्तसम्म जन्म र मृत्यु भएका ६ सय ७८ जनालाई एक सय ३५ क्विइन्टल ४० केजी चामल वितरण गरेको खाद्य व्यवस्था […]

गाउँको ताजा तरकारी सिमकोट पुग्न थाल्यो

सिमकोट । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा आसपासका गाउँबाट ताजा तरकारी दैनिक पुग्न थालेको छ । गाउँघरमा उत्पादित तरकारी सदरमुकाम पुग्न थालेको हो । खार्पुनाथ गाउँपालिका–४ छिप्रा, माजा, नल्ना गाउँका किसानले आफ्नो खेतवारीमा उत्पादन गरेको काउली, बन्दा, फर्सि, टमाटर, गोलभेडा, आलु, प्याज सदरमुकाममा ल्याएर विक्री गर्दा राम्रो बजार पाउने गरेको छ । ठेहे, लाङ्दु, याङचु, […]

सोह्र लाखमा पहिरो नियन्त्रणका लागि निर्माण गरिएको ग्याबिन महिना दिन नपुग्दै भत्कियो

सिमकोट । पहिरो नियन्त्रणका लागि निर्माण गरिएको ग्याबिन महिना दिन नपुग्दै भत्किएको छ । हुम्लाको सिमकोट गाउँपालिका –७ को डाडाफयाँ गाउँ स्थित चौख्या ढुङ्गा पहिरो नित्रयन्त्रका लागि निर्माण सम्पन्न भएको ग्याबिन केही दिनअघि आएको वर्षातले भत्काएको छ । आर्थिक वर्ष २०८०।०८१ म लिप्स प्रोजेक्ट नामक संस्थाले रु १६ लाखमा निर्माण गरेको उक्त स्थानको ग्याबिन भत्काएको […]

क्यान्सर पिडित बालकलाई उपचारमा आर्थिक अभाव

सिमकोट । हुम्लाको एक जना क्यान्सर पिडित बालकलाई उपचारमा आर्थिक अभाव भएको छ । सिमकोट गाउँपालिका वडा नम्बर आठ स्याडाका १० वर्षिय बालक दिपेश बुढा ट्युमर क्यान्सर रोगले ग्रशित हुँदा उपचारमा आर्थिक अभाव भएको आफन्तले बताउने गरेका छन् । ट्युमर क्यान्सर पिडित छोराको अप्रेशन गर्नु पर्ने भएकाले अप्रशनका लागि आर्थिक अभाव भएको बुवा बल बहादुर […]

सिमकोट गाउँपालिकाले रु ६८ लाख राजस्व उठायो

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ मा रु ६८ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९।०८० र २०८०।०८१ मा आन्तरिक श्रोतबाट आफुले सोचे भन्दा कम राजस्व संकलन गरेको बताएको छ । गाउँपालिकाले आर्थिक २०७९।०८० मा रु पचास लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष राखेपनि झण्डै ४३ लाखसम्म […]

सिमकोट बजारमा पाँचवटा सिसिटिभि जडान

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रका विभिन्न चोकमा सिमकोट गाउँपालिकाले सिसि क्यामेरा जडान गरेको छ । बजार क्षेत्रमा रहेका तीनवटा मुख्य चोकमा सिसिटिभि क्यामेरा जडान गाउँपालिकाले गरेको हो । सिमकोट बजारका मुख्य चोकमा चोरी लगायत अपराधिक घटना हुन नदिन र भई हालेमा तत्कालै अनुसन्धानका लागि सहज होस् भन्ने उदेश्यले गाउँपालिकाले पाँचवटा सिसिटिभि जडान गरेको […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]