
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका स्काउट कमिटि सिमकोट हुम्लाले ६४ जना विद्यार्थीलाई स्काउट पोशाक वितरण गरेको छ । सिमकोट गाउँपालिका स्काउट कमिटी सिमकोट हुम्लाको आयोजना तथा कर्णाली प्रर्देश स्काउट कार्यालय विरेन्द्र नगर सुर्खेतको सहयोगमा मानसरोवर उच्च माध्यामिक विद्यालय र बालमन्दिर माध्यामिक विद्यालयका गरी ६४ जना छात्रा छात्रलाई निःशुल्क रुपमा स्काउट पोशाक सहयोग गरेको हो । […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटका किसानले खाडलमा भण्डारण गरी राखिएको सयौं क्विन्टल आलु कुहिएर नष्ट भएको छ । सिमकोट गाउँपालिका–५ तल्लो गाउँका किसानले हिउँदको समयमा तरकारी र बीउका लागि खाडलमा भण्डारण गरिएको आलु कुहिएर नष्ट भएको हो । तरकारी र बीउका लागि भण्डारण गरी राखिएको सयौँ क्विन्टल आलु कुहिएर नष्ट भएपछि यहाँका किसान चिन्तित भएका छन् […]
सिमकोट। तिहार पर्वमा हुम्ला सदरमुकाम सिमकोटमा निकै चहलपहल बढिरहेको छ। पर्वका अवसरमा किनेमेल गर्नेका भीडले बजार चहलपहल बढेको हो। तिहारका लागि आफ्ना दाजुभाइका लागि टोपी, फूलमाला र सुपारीलगायतका सामग्री खरिद गर्नका लागि आउँदा सिमकोटका पसल व्यवसायी व्यस्त छन् । बजारमा बालबालिकाले देउसी खेलेर रौनक बढाएका छन्। यतिखेर देउसीका लागि सामग्री जिल्ला बाहिरबाटै महङ्गोमा आएको छ। […]
सिमकोट । नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाले जग्गा खरिदका साथै भवन निर्माणका लागि बिहिबारबाट देउसी भैलो कार्यक्रम सुरु गरेको छ । प्रेस स्वतन्त्रताको आधार, सुरक्षित र व्यवसायिक पत्रकार, भन्ने नाराका साथ बिहिबारबाट महासंघ जिल्ला शाखाका अध्यक्ष राजन रावतको नेतृत्वमा जिल्लाका कृयाशिल पत्रकाहरुको सहभागीतामा देउसी भैलो कार्यक्रम सञ्चालन भइरहेको छ । शुभ दिपावलीको अवसर पारेर […]
जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लाले अर्गानिक मिनिमार्केट सञ्चालनमा ल्याएको छ । अति लोकप्रिय बचत तथा ऋण लगनाीको क्षेत्रमा काम गर्दै आएको चन्दननाथ सहकारीले जुम्ला सदरमुकाम खलङ्गा बजारमा सो मिनिमार्केट संचालना ल्याएको सहकारीका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले बताए । उनले भने, “ रैथाने बालीको उत्पादनलाई बढवा दिनका लागी […]
सिमकोट । जिल्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकालाई सेवा दिँदै आएको हेल्दुम वितरण केन्द्रले आजबाट सञ्चालनमा ल्याएको छ । अवरुद्ध भएको विद्युत सेवा टालटुल गर्दै साढे एक महिना पछि विद्युत सेवा सञ्चालनमा आएको हो । हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र साढे एक महिनादेखि अन्धकारमय बनेको थियो । सिमकोट र खार्पुनाथ गाउँपाालिकालाई सेवा दिँदै आएको हिल्दुम वितरण […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य वस्तुको मूल्य अप्रत्याशितरुपमा आकाशियको छ । नेपालगञ्ज, सुर्खेतबाट हवाई उडान निकै कम हुँदा सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य वस्तु आयात नभएपछि मूल्य आकाशिएको हो । दशैँ यता देखि निजी एयरलाइन्सले यात्रु मात्रै ओसारि रहेका कारण सामाग्री आयात नहुँदा सिमकोटमा तेल, चिनी, बेसार,मसला तरकारी लगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक […]
काठमाण्डौं । कञ्चनपुरमा स्थानीय प्रशासनले दसैँमा जिल्लामा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वपक्षीय बैठकले बिहीबार साँझ ७ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि मदिरा बिक्री वितरणमा रोक लगाएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले दसैँको समयमा कुनै पनि आपराधिक गतिविधि नहोस् भनेर […]
सिमकोट । हुम्लाका दलित समुदायलाई आर्थिक अभावका कारण दसैँ मनाउन असहज भएको छ। कोरोना महामारीका उनीहरु बेरोजगारीमा बस्न बाध्य छन्। दसैँका आर्थिक स्रोत जुटाउन उनीहरुले आफ्नो घरमा राखेको सुन समेत कर्जामा राखेका जनाइएको छ । ताँजाकोट वडा २ का सिमान विश्कर्माले दसैँ मनाउँनका लागि चरम आर्थिक अभाव भएको गुनासो गरे। उनले भने,“ म सधै कमाई गर्न […]