भलिवल विजेतालाई रु ४५ हजार पुरस्कार

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा १ मा ३ दिनसम्म सञ्चालन भएको भलिवल खेलमा प्रमथ हुने प्रतियोगीलाई रु ४५ हजार पुरस्कार प्रदान गरीएको छ । वडा १ गोक्पामा रहेको गुरा सामुदायिक युवा क्लबले आयोजना गरेको भलिबल खेल सम्पन्न विहिबार सम्पन्न भएको छ । गाउँमा लाग्ने अनन्ते पूर्णिमाको अवसर पारेर उक्त क्लबले आयोजना गरेको दोस्रो संस्कराण […]

ईपीएल खेल्न काठमाडौं आइपुगे पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्न पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी नेपाल आइपुगेका छन् । काठमाडौं किङ्ग्स ११ मा आवद्ध उनी बिहीबार काठमाडौं आइपुगेका हुन् । ईपीएल ९ असोजदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ । यसअघि शाहिद अफ्रिदीले काठमाडौँ किङ्ग्स इलेभेनमा आफू अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै नेपालमा क्रिकेट खेल्न उत्साहित भएको […]

एएफसी महिला फुटबलः नेपाल आज हङकङविरुद्ध खेल्दै

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज हङकङसंग खेल्दैछ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले आज हङकङविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार आज दिउँसो ३ः४५ बजे सुरु हुनेछ। एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रने छ । एसियन […]

भारतले एक गाेल फर्कायाे, खेल बराबरीमा

काठमाण्डाै – नेपाल र भारतबीचकाे खेल बराबरीमा पुगेकाे छ । भारतका अनिरुध थापाले खेलकाे ६० औँ मिनेटमा गाेल गर्दै खेल बराबरीमा ल्याएका हुन् । यसअघि नेपालका लागि अञ्जन विष्टले ३६ औँ मिनेटमा गाेल गर्दै पहिलाे हाफमा टाेलीलाई एक गाेलकाे अग्रता दिलाएका थिए ।

मेस्सीले आँशु पुछेकोे टिस्यूको ११ करोड

लण्डन । लियोनेल मेस्सी बार्सिलोनाबाट बाहिर निस्कने घोषणा सबै फुटबल प्रशंसकका लागि एक भावनात्मक क्षण थियो । अर्जेन्टिनाका सुपरस्टार एफसी बार्सिलोनाबाट जानु त्यतिबेला थप भावुक भयो जब मेसी आफ्नो विदाई भाषणका बेला टुटे । आफ्नो बिदाईमा उनको आँखामा आँसु छल्किए । बार्सिलोनाका दर्शक र मिडिया सदस्यले उभिएर डेढ मिनेटभन्दा बढी समयसम्म प्रशंसा गरे किनभने उनी […]

फुटबलप्रति हुम्लाका बालिकामा बढी रुचि

हुम्ला। हुम्ला पछिल्लो समय हुम्लाका बालबालिकामा फुटबलप्रति रुचि बढ्दै गएको छ । यही साउन १५ गतेबाट सदरमुकाम सिमकोटमा फुटबल एकेडेमीद्वारा सञ्चालन भइरहेको खेलमा बालक भन्दा बालिकाको सक्रियता बढी देखिएको छ । फुटबल खेलाडीका लागि सञ्चालन भइरहेको तालीममा बालकको भन्दा बालिकाको सक्रिय सहभागिता बढी रहेको फुटबल एकेडेमी हुम्लाका अध्यक्ष विष्णुबहादुर रावतले बताए। सदरमुकाम सिमकोटमा बसोबास गर्दै आएका बजारवासी, […]

अष्ट्रेलियासँगको टी–ट्वान्टी क्रिकेटमा बंगलादेशको ऐतिहासिक जित

काठमाण्डाै – घरेलु टिम बंगलादेशले पहिलो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै ऐतिहासिक जित निकालेको छ । ढाकामा भएको पहिलो खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले हराएको हो । यसअघि बंगलादेशले टी–ट्वान्टीमा अष्ट्रेलियालाई हराउन सकेको थिएन । बंगलादेशले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १ सय ८ रन मात्र बनाउन सक्यो । […]

नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्काले सन्यास लिए

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेट खेलबाट संन्यास लिएको घोषणा गरेका छन् । उनले आज बिहानै आफ्नो लिखित भनाइ सार्वजनिक गर्दै अन्तराष्ट्रिय क्रिकेट खेलबाट संन्यास लिएको घोषणा गरेका हुन् । ‘सम्पूर्ण क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय गरेको छु,’ पारसले पत्रमा उल्लेख गरेका छन् […]

अन्तरगाउँस्तरीय भलिवल खेल सम्पन्न : प्रथम तातोपानी युवा क्लब उनापानी

हुम्ला । साउन १३ गतेबाट सन्चालन भएको अन्तरगाउँ स्तरीय भलिवल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । हिमालयन स्टार युथ क्लबले आयोजना गरेको भलिवल खेलमा १५ वटा टिमको सहभागीता रहेको थियो भने तातोपानी युवा क्लब उनापानी प्रथम भएको छ । हिमज्योति माध्यामिक विद्यालयको खेलमैदानमा भलिवल खेल सन्चालन गरीएको थियो । विभिन्न चरणमा खेल सन्चालन गरेर अन्ति […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]