हुम्ला । हुम्ला जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव लाग्ने भएको छ । अदानचुली गाउँपालिकामा रहेका पर्यटकीयस्थल र यहाँको साँस्कृतिक जगेर्ना गर्नका लागि यही पुस पाँच गते उक्त महोत्सव लाग्ने भएको गाउँपालिकाले जनाएको छ । यहाँको रितिरिवाज, चालचलन, भेषभुषा, भाषाशैलीलाई प्रचारप्रसार गर्नका लागि गाउँपालिकाको आयोजनामा पहिलो पटक महोत्सव हुनेभएको […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर –१ ठेहे गाउँमा जन्मीनु भएका लोकप्रिय तथा जिल्लाका चर्तित गायक नवराज भण्डारीले पहिलो पटक ‘कर्णालीको शिर’ लोक दोहोरी गीत बजारमा ल्याएका छन् । ‘कर्णालीको शिर’ दोहोरी गीतमा हुम्लाका गायक भण्डारी र जुम्ला जिल्ला हिमा गाउँपालिका पातार खोला गाउँमा जन्मीनु भएका सम्झना अधिकारीको स्वर रहेको छ । विन खातीको […]
सिमकोट । हिमाली जिल्ला हुम्लाको ठूलो पूर्णीमाका रुपमा मनाइने साउन पुनी (जनै पूर्णीमा) धुमधामका साथ मनाइएको छ । साउन शुक्ल पूर्णीमाको अवसरमा चतुदर्शीको दिन देखि मनाउन शुरु हुने साउने पुर्णीमा जिल्लाभरका रामपा, बाडपाल, कालाशिल्ता, मदना, मष्टो देवताका माडु (मन्दिर)मा पुजाआजा र धामी नाचेर मनाइएको छ । जिल्लाका विभिन्न गाउँवस्तीमा स्थापना गरिएका देउताका माडुहरूमा धामी नाचेर […]
काठमाडौं । मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । उनलाई मिस नेपाल २०२३ सृच्छा प्रधानले ताज लगाइदिइन् । मिस नेपाल अर्थको उपाधि सुमन केसीले जितिन् । मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले प्राप्त गरिन् । मिस नेपाल वर्ल्ड […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा सामाजिक विकास कार्यालयले आयोजना गरेको जिल्ला स्तरमा विद्यालय तहका विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्तरगर्त एकल देउडा गीत गायन प्रतियोगीता सम्पन्न भएको छ । भने साथै शिक्षामा नयाँ आयाम, आजको आवश्यकता विषयमा निबन्ध लेखन प्रतियोगिता समेत सञ्चालन भएर सम्पन्न भएको छ । जिल्लाभरीका विद्यालयलाई सहभागीताका लागि पत्रचार गरेपनि पाँचवटा विद्यालयको मात्रै […]
सिमकोट । हुम्लाको मध्ये भेग सर्केगाड गाउँपालिका–४ गैरीसायाँ गाउँमा जन्मिनुभएका रविन्द्र शाही पेशाका हिसाबले राष्ट्रसेवक कर्मचारी हुन् । तर पछिल्लो समय शाही विभिन्न विषयवस्तुमा रहेर समायानुकुल साहित्य विधामा कमल चलाउँदै आएका छन् । शाहीले हुम्ला सहित कर्णालीका गाउँघरमा सिंहदवार नआएको अनुभूति देउडा मार्फत यसरी व्यक्त गर्नुभएको छ । शाहीले लेखेका देउडा गीत यस्ता छन् । […]
सिमकोट । हुम्ला जिल्लाको विभिन्न गाउँ वस्तिहरुमा भुवो पर्व मनाइएको छ । बुधबार राति सल्लाको दियालो (झरो) को राँको बनाएर परम्परागत ‘भुवो पर्व’ जिल्लाको सिमकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली,ताँजकोट गाउँपालिकामा मनाइएको छ । भुवो पर्वको आफ्नै पहिचान झल्काउने कला संस्कृतिसहित प्रदर्शन गर्दै मनाइएको हो । जिल्लका अधिकांश गाउँपालिकामा आ–आफनो गाउँ टोलबाट सुरु भई विभिन्न वस्तिमा सल्लाको […]
सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट सँगै जोडिएको उत्तरी नाम्खा गाउँपालिकाले ल्होसार पर्वको लागि सार्वजनिक विदा दिएका छन् । बौद्ध धर्मलम्बीहरुको सोनाम ल्होसार पर्व आज बुधबारबाट सुरु भएकाले उत्तरी नाम्खा गाउँपालिकाले मङ्सिर २७ र २८ गते सार्वजनिक विदा दिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मोहन बहादुर शाहीले बताउनुभयो । नाम्खा गाउँपालिकाको वडा १ देखि ६ […]
काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको […]