सिमकोट । अहिलेसम्म हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकामा अहिले विहान सात बजेदेखि मतादान सुरु भएको छ । गाउँपालिका उपाध्यक्ष पदका लागि सर्केगाडका आठ वटा वडामा रहेका बाह्र मतदानस्थलबाट मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सर्केगाडमा रहेका देवल प्रावि, सरस्वती मावि, लालीगुँरास मावि लिप्ने, देवकोटा आवि उनापानी, हिमज्योती मावि सर्केगाड, भवानी […]
सिमकोट । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि विभिन्न राजनितिक दलहरुबाट सात जनाको उम्मेदवारी परेको छ । मंसिर १६ गते हुने उपनिर्वाचनको लागि उपाध्यक्ष पदको लागि ७ जनाको उम्मेदवारी परेको मुख्यनिर्वाचन अधिकृत शम्भु प्रशाद बरालले बताउनुभयो । नेपाली कांग्रेसबाट सर्केगाड गाउँपालिका वडा नम्बर ८ राहदेब गाउँकी सविता ऐडीको उम्मेदवारी परेको छ भने […]
सिमकोट । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकामा आगामी मङ्सिर १६ गते हुन लागेको उपाध्यक्ष पदको स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । हुम्लाका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले औपचारिक रुपमा निर्वाचन कार्यालयको उद्घाटन गरेका हुन् । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्य तालिकाअनुसार नै शुक्रबार मुख्य […]
सिमकोट । मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदको उम्मेदवारका लागि नेपाली कांग्रेस उम्मेदवार छनोट गरेको छ । सर्केगाड गाउँपालिका–८ राहदेव गाउँका सविता बुढालाई नेपाली कांग्रेस जिल्ला संसदीय समिती बोर्डले सर्केगाडमा हुन लागेको उपाध्यक्ष पदका लागि उम्मेदवार चयन गरेको जिल्ला पार्टी उपसभापति बसन्त रोकायाले बताउनुभयो । जिल्ला स्थिती नेकपा एमाले र माओवादीले […]
सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाको उपध्यक्ष पदका लागि हुन लागेको उपनिवार्चमा जिल्ला स्थित राजनितिक दलहरु उम्मेदवार छनौटको तीब्र तयारीमा जुटेका छन् । तिहार सकिए लगत्तै दलहरुले आ–आफ्नो बलियो उम्मेदवार छनौट गर्ने तयारीमा छन् । उपनिर्वाचनमा उपाध्यक्ष पद आफ्नो निर्वाचीत कसरी गर्न सकिन्छ भनेर बलियो उम्मेदवार छनोटमा लागि परेका छन् । हुम्लामा रहेका तीन […]
सिमकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल सोमबार विहान हुम्ला पुग्नुभएको छ । प्रदेशको निती कार्यक्रम अनुसार हुम्लाको वस्तु स्थिती बुझ्न यहाँ पुगेको बताउनुभयो । हुम्लामा दृश्यवालोकनका लागि होइन् यहाँको वास्तविकता, यहाँका जनजिविका सवाल, विकास निर्माण, कृषि सम्भावना लगायत यावत विषयवस्तु बुझ्नका लागि हुम्ला पुगेको मुख्यमन्त्री कडेलले बताउनुभयो । प्रेस चौतारी नेपाल कार्य समिति हुम्लाले […]
सिमकोट । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कडेल सोमबार विहान हुम्ला आउनु लाग्नुभएको हो । कर्णाली प्रदेश सरकारको निति कार्यक्रम अनुसार प्रदेश सरकारले पठाएको बजेट, कार्यान्वयनको अवस्था र प्रगतिका साथै समस्या (चुनौती) बुझ्नका लागि मुख्यमन्त्री कडेलको टोली सोमबार सिमकोट पुग्न लागेको मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव सूर्यमणी पौडेलले बताउनुभयो । जिल्ला स्थित कार्यालयमा सेवा प्रवाहमा देखिएका […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा पर्ने ताँजकोट गाउँपालिकाले कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई २५ केजीको मालाले स्वागत गरेको छ । कर्णाली प्रदेस सरकाको मुख्यमन्त्री हुँदै गर्दा ताँजकोट गाउँपालिकाको विकासका लागि महत्वपुर्ण योगदान गरेको भन्दै उहाँलाई २५ किलोको माला सहित स्थानीय भेडा (च्याँग्रा)को उनबाट बनेको राडी (पाखी)ले सम्मान गरेको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनुभयो […]
सिमकोट । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई निकास दिनका लागि नेपाली कांग्रेससँग गठबन्धन भएको बताउनुभयो । उपमहासचिव ज्ञवालीले भन्नुभयो, देशमा अस्थिरता बढ्यो, भ्रष्टचार बढ्यो, अर्थतन्त्र सिथिल भयो, देश ठूलो संकट र निराशाबाट गुज्रिन थालेपछि एमाले र कांग्रेससँग सहकार्य भएर यो सरकार बनेको हो । अब यो सरकार आगामी चुनावसम्म टिक्के उहाँको भनाई थियो । […]