
काठमाडौं : सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय […]
धनगढी : नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमले तारा लामा तामाङलाई कारबाहीका लागि सिफारिश गरेको जनाएको छ। पार्टीका केन्द्रीय सदस्य तामाङमाथि अनुशासनको कारबाहीका लागि माथिल्लो कमिटीमा सिफारिश गरिएको हो। केन्द्रीय सदस्यसमेत रहेको तामाङलाई साधारण सदस्यसमेत नरहने गरि कारबाही गर्न सिफारिश गरिएको छ। उनलाई प्रदेशसभा सदस्यको पदबाट पनि कारबाही गर्न संसदीय दललाई निर्देशन दिइएको छ। समाजवादीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहका अनुसार […]
जनताको साथमा कांग्रेस, कार्यक्रम उद्घाटनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही गृह जिल्ला हुम्लामा आइ पुग्नु भएको छ । नेपाली कांग्रेसको भोलिदेखि हुने जनताको साथमा कांग्रेस’ अभियानका कार्यक्रम उद्घाटनका लागि मंगलबार हुम्ला पुग्नु नेपाली कांग्रेसका जिल्ला उपसभापति बसन्त रोकायाले बताए । देशभर जनताको साथमा कांग्रेस, कार्यक्रम भदौ १० गतेबाट सुरु भएका भए पनि हुम्लामा […]
काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीभित्र फेरि वाम एकताको प्रस्ताव गरेका छन्। उनले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर पार्टीको स्थायी कमिटी बैठकमा नेता भुसालले एमालेको नेतृत्वमा राष्ट्रिय राजनीतिमा वाम बर्चस्व पुन: स्थापनको प्रस्ताव गरेका छन्। उनले बैठकमा चार पेज लामो एकताको प्रस्तावसहितको फरक मत राखेका छन्। उनले त्यो प्रस्ताव पार्टी स्थायी कमिटी, […]
काठमाडौं : नेकपा एमालेका सांसद डा. भीम रावलले नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्ने कुरा स्वीकार्य नहुने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बालुवाटारमा बसेर ५ दलीय गठबन्धनले गरेको कुरा संविधानभन्दा माथि नहुने भन्दै संविधानअनुसार चल्न सरकारसँग आग्रह गरे। ‘नागरिकता नपाउने को हुन्? कतिले पाएका छैनन् र कतिले नेपालको नागरिकता गैरकानुनी किसिमले पाएका […]
काठमाडाैं : प्रतिनिधिसभाको आज बसेको बैठकले नागरिकता विधेयक बहुमतले फेरि पारित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा सन्देशसहित फिर्ता पठाएको विधेयक आजको संसद् बैठकले पूर्णतया छलफल गरी मत विभाजनसहित बहुमतले पारित गरेको हो। मतदानमा नागरिकता विधेयककाे पक्षमा १३५ मत, विपक्षमा ६० मत परे भने मत दिन्नँ भन्ने पक्षमा एकमत पनि परेकाे थिएन। प्रतिपक्ष दल नेकपा एमालेले विधेयक […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित नेताहरूविरुद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दामा ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो। […]
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर पाँचका वडाध्यक्ष भरजंग शाहीले आफ्नो पहिलो पारिश्रमीकबाट खाद्यान्न सहयोग गर्नुभएको हो । वडा नम्बर पाँचमा रहेको गरिब,असाय, दलितलाई राज्यबाट पाउने सेवा सुविधाबाट खाद्यान्न सहयोग गरेको शाहीले बताउनुभयो । वडाध्यक्ष शाहीले चुनावको बेला आफुले जनतामा दिएको बाचा अनुसार वडा नम्बर पाँचमा रहेका दलित, एकल महिला र पुरुष तथा आफ्नो […]
काठमाण्डाै । पालिकाहरुले बजेट पेस गरे/नगरेको रिपोर्टिङ नगर्दा समस्या भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । कानुनअनुसार पालिकाहरुले असारको १० गते बजेट पेस गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्छ । यसको विवरण उनीहरुले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको ढाँचा अनुसार अनलाइनबाटै प्रविष्ट गर्नुपर्छ । तर बजेट ल्याएका पालिकाले पनि विवरण प्रविष्ट […]