
बाजुरा । बाजुराकाे बुढीगंगा नगरपालिकामा मतदान सुरू भएकाे छ । यहाँ बैशाख ३० गतेकाे निर्वाचन स्थगित भएको थियाे । कडा सुरक्षाका साथ आज मतदान सुरू गरिएकाे छ । यस नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यलयले जनाएको छ । निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी तैनाथ गरिएको […]
सिमकोट। खार्पुनाथ गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिकाद्वारा चालु आर्थिक वर्षमा सम्पादन गरिएका गतिविधिहरूको तेस्रो पक्षद्वारा गरिएको अनुगमनबाट आएका सुझावहरूलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तेस्रो पक्षबाट भएको अनुगमनको प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा उनीहरूले सो प्रतिबद्धता जनाएका हुन्। गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले गाउँपालिकाका पाँचवटै वडाहरूमा तेस्रो पक्षले अनुगमन गरेर बुझाएको प्रतिवेदनमा आएका सुझाव […]
काठमाडौं । एमाले केन्द्रीय सचिवालयको बैठक केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ । उक्त बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने केन्द्रीय सदस्य विष्णु रिजालले बताए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भरखरै सुरु भएको छ । राष्ट्रिय सभागृहमा सुरू भएको सो बैठक पनि केवल औपचारिकताका लागि मात्र बस्न लागेको गुनासो एक नेताले गरे । बैठकमा पार्टीको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो गठनको कार्यसूचीसमेत राखिएको भएपनि आजको बैठकले त्यसाको टुंगो लगाउने संभावना नरहेको बताइएको छ । स्रोतका अनुसार अध्यक्ष प्रचण्डले […]
काठमाडौं । रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेकी हुन् । उनले फेसबुकमा लेखेकी छन्,‘तपाईहरूले विभिन्न माध्यम बाट आउने संघिय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ । […]
काठमाण्डौ । नेकपा एकता राष्ट्रिय अभियान पार्टीको अध्यक्ष बनेका वामदेव गौतम एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । वामपन्थी एकताको अभियान सञ्चालन गर्ने भनेका गौतमले ओलीसँग भेट्न बुधबारै समय लिएका थिए । ओली निवासमा दुई नेताबीच कुराकानी भइरहेको छ । बालकोट पुगेका गौतमलाई ओलीले नेकपा विभाजनमा प्रचण्ड(माधव र झलनाथसँगै गौतमको पनि भूमिका […]
सिमकनेट । हुम्लाको मुटु मानिएको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले नागरीकको पारदशिता विनै गुपछुपमा आफ्नो छैटौं गाउँसभा सम्पन्न गरेको छ । शुक्रबार भएको गाउँसभामा सिमकोट गाउँपालिकाका जनप्रतिनिधी र सोही पालिकामा कार्यरत कर्मचारी बाहेक अन्य नागरीकको सहभागीता हुन सकेन् । छैटौं गाउँसभामा पालिकाले नागरीक समक्ष पारदशिता नगर्दा उनिहरुमा शंका पैदा भएको छ । पालिकाले आफ्नो गाउँसभामा स्थानीय […]
सिमकोट । नेकपा एमाले जिल्ला कमिटी हुम्लाले स्थानीय तहका संयोजक तथा उपसंयोजक सहित अन्य विभागका प्रमुख तोकेको छ । एमालेको तेस्रो पूर्ण जिल्ला बैठकबाट सचिवालय सदस्य र नौ वटा विभाव प्रमुख, उप्रमुख सहित जिल्लाको सातवटै गाउँपालिका इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी तोकेको जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताउनुभयो । सचिव बोहराको अनुसार संगठन विभाग प्रमुख कल […]
सिमकोट । नेपालमा पछिल्लो समय दिनप्रतिदिन बढ्दै गएको मुल्य वृद्धि तथा कालो बजारीका विरुद्ध नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु हुम्लाले सदरमुकाम सिमकोटमा बुधबार साँझ राँके जुलुस निकालेको हो । पाँच दलिय सत्तारुढ गठबन्धको सरकारले ढाड सेक्ने काम गरेको भन्दै प्रधानमन्त्री शेर बहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको पुत्ला समेत दहन गरिएको हो । उक्त संगठनले […]