नाँम्खा गाउँपालिकाको अध्यक्षमा माओवादीका प्रेम लामा विजयी

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका प्रेम लामा विजयी हुनु भएको छ । भने उपाध्यक्षमा नेपाली कांग्रेसका तकदिर लामा विजयी भएका छन् । अध्यक्ष पदमा निर्वाचित लामाले एक हजार ४६६ मत ल्याएर विजयी भएका हुन् भने उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सूर्य लामाले ६६२ मत ल्याउनु भएको हो । […]

सिमकोट ६ मा माओवादीका नन्द रावत वडाध्यक्ष निर्वाचित

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ६ मा गठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्रका नन्द रावत वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । अध्यक्षसहित चार जना सदस्य पनि गठबन्धनकै निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलका अनुसार सिमकोट–६ को वडा अध्यक्षमा रावतसहित चार जना सदस्य निर्वाचित भएका छन् । रावतले १ सय ५३ […]

सिमकोट गाउँपालिका अध्यक्षमा माओवादीका विजय भण्डारी र उपाध्यक्षमा कांग्रेसका सुशिला रोकाया विजयी

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्ध विजयी भएका छन् । पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका विजय भण्डारी (प्रतिरोध) ले २८८२ मत ल्याएर विजयी हुनु भएको छ । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका महेन्द्र बहादुर शाही (अविराम) ले १९६९ मत ल्याउनु भएको हो । भण्डारीले नौ सय १३ मतको अन्तरालले शाहीलाई पछि पार्दै विजय […]

१५ सय ८६ मतले माओवादी केन्द्रका विजय भण्डारीको अग्रता जीत सुनिश्चित

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार विजय भण्डारी (प्रतिरोध) एक हजार पाँच सय ८६ मतले अग्रता लिनुभएको छ । गाउँपालिका अध्यक्षका लागि माओवादी, एमाले, राप्रपा चुवानी मैदानमा उत्रिएका छन् । सिमकोट वडा १ देखि सम्मको मतगणना सम्पन्न भएको छ । एमालेका पालिका अध्यक्षका उम्मेदवार महेन्द्र बहादुर शाही (हविराम) ले सात सय […]

सिमकोट पाँचको वडाध्यक्ष एमालेका रावत विजयी

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका ५ को वडाध्यक्षमा नेकपा एमालेका चीन रावत विजयी हुनु भएको छ । गठबन्धलाई पछि पार्दै रावत सहित ३ जना वडा सदस्य एमालेका विजयी भएका छन् भने एक जना महिला सदस्य कांग्रेसका विजयी भएका हुन् । रावतले २७७ मत ल्याएर विजयी भएका हुन भने उहाँका प्रतिद्धन्द्धी कुल रावतले २३० मत ल्याएका […]

ताँजाकोट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका जैसी विजयी

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका लालकेश जैसी निर्वाचीत हुनु भएको छ । अध्यक्ष पदमा निर्वाचित माओवादी केन्द्रका जैसीले एक हजार ८ सय १० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एमालेका अजमल बुढाले ९९५ मत प्राप्त गर्नुभएको हो । यस्तै उपाध्यक्षमा कांग्रेसका सुरेन्द्र थापा विजयी हुनु भएको छ […]

वडा दुई ठेहेको वडाध्यक्षमा बोहरा विजयी

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा २ को वडाध्यक्षमा देवजङ बोहरा सहित गठबन्धनको प्यानल विजयी भएको छ । वडा दुईमा ७ सय ६६ मत खसेको थियो । वडाध्यक्षमा बोहराले ३ सय ७० मत ल्याएर विजयी हुनुभएको हो भने उहाँका प्रतिद्धन्द्धी गोरख विष्टले २ सय ७२ मत ल्याउनुभएको हो । यस्तै गठबन्धका सबै सदस्य विजयी भएका […]

लिमीको मतपेटिका ल्याउन हेलिकप्टर पुग्यो

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा ६ लिमीको मतपेटिका पालिका केन्द्र ल्याउन हेलिकोप्टर पुगेको छ । आइतबार विहान नेपाली सेनाको हेलिकोप्टर सिमकोट पुगेर लिमी लागेको छ । मतदान कार्य वैशाख ३० गते शुक्रबार नै सम्पन्न भए पनि शनिवार हेलिकोप्टरको व्यवस्था हुन नसकेपछि आज लिमीको तीन, जाङ र हल्जिको जामतपत्र ढुवानी हुने भइरहेको छ । […]

खार्पुनाथमा गठबन्धन प्यानल नै विजयी अध्यक्ष रावल दोहोरीए

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकामा गठबन्धनको पुरै प्यानल नै विजयी भएको छ । शनिवार दिउँसोबाट मतगणना सुरुभएको थियो । खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्ण बहादुर रावल विजयी भएका छन् । अध्यक्ष रावल दोस्रो कार्यकालका लागि निर्वाचीत भएका हुन । उहाँ २०७४ सालको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचीत भएका थिए । आज बिहान सकिएको मतगणनाअनुसार कांग्रेसका […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]