
सिमकोट । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार विहान हुम्लाको सदरमुकाम सिमकोट पुग्नुभएको छ । शनिबार साँझ नेपालगञ्ज पुग्नुभएका अध्यक्ष ओली आइतबार विहान समिट एयरको हेलिकोप्टरमार्फत सिमकोट आइपुग्नुभएको हो । सिमकोट पुगे लगत्तै एकछिन विमानस्थलमा विश्राम गरेर अध्यक्ष ओली उत्तरी नाम्खा गाउँपालिकाको लिमि प्रस्थान गर्नुभएको हो । एमाले अध्यक्ष ओली उत्तरी नाम्खा गाउँपालिकाको लिमि […]
सिमकोट । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बैशाख ४ गते हुम्लाको दुई स्थानमा हुने आमसभालाई संवोधन गर्न आइतबार जिल्ला आउनु हुने भएको छ । वैशाख ४ गते आइतबार पुर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता ओली हुुम्ला आउनु हुने भएको हो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचार र पार्टीको जिल्लाको अवस्था […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका अध्यक्ष तथा नेकपा एमालेका केन्द्रिय सदस्य दल फडेराको घरमा तोडफोड गरेका हुन् । माओवादी केन्द्रका अदानचुली गाउँपालिका हुम्लाका कार्यकर्ताले एमाले केन्द्रीय सदस्य तथा अदानचुली गाउँपालिकाका अध्यक्ष फडेरोको घरमा तोडफोड गरेका छन् । सुक्रबार राती भएको घटनालाई लिएर गाउँपालिका भरबाट एकिकृत भएका कार्यकर्ताले अदानचुली गाउँपालिका वडा नम्बर ३ […]
सिमकोट । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाबाट अन्तर जिल्ला पुग्ने यातायातको साधन हवाई सेवा चारदिन देखि उडान ठप्प भएको छ । नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा उडान ठप्प पारेर पूर्वमा उडान भरिहरको छ । जिल्लामा उडान भर्दै आएका सीता, समिट र तारा एयरले नाफामुखी […]
सिमकोट । आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनको तालमेल हुम्लामा पनि रहने भएको छ । केन्द्रीय गठबन्धनमा रहेका दलहरूबीच हुम्लामा संयुक्त बैठक बसेर मिलेर चुनाव लड्ने निर्णय गरेका हुन् । नेपाली कांग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंहको अध्यक्षतामा बसेको बैठकले जिल्लामा तालमेल गरेर जाने निर्णय गरेको हो । नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको बैठकले ३ वटा […]
सिमकोट । हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा केही दिन यता देखि नियमीत नहुादा यात्रुले सास्ति खेप्नु परेको छ । नेपालगञ्ज, सुर्खेतबाट हवाई उडान नियमीत गराउन योङ्ग कम्युनिष्ट लिग नेपाल हुम्लाद्धारा जिल्ला प्रशासनको ध्यानकर्षण गरेको छ । योङ्ग कम्युनिष्ट लिग नेपाल हुम्लाले एक महिना देखि हुमलामा देखिएको हवाई समस्याको समाधान गरी दिन प्रमुख […]
सिमकोट । आगामी बैशाख ३० गते हुने स्थानीय तहका लागि वडाध्यक्षको उम्मेदवारी घोषणा गर्ने पहिलो पार्टी नेकपा माओवादी केन्द्र हुम्ला बनेको छ । नेकपा माओवादी केन्द्रको चुनाव लक्षित घरदैलो अभियानका क्रममा सिमकोट गाउँपालिका वडा ३ मा वडाध्यक्षको उम्मेदवारीको टुंलो लगाएको छ । स्थानीय स्तरका कार्यकर्ता, नेता तथा जिल्ला स्तरका नेताहरुको उपस्थितीमा सबैको सहमतीका आधारमा वडा […]
सिमकोट । आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी निर्वाचन कार्यालय सिमकोट । हुम्लाले अन्तिम मतदान केन्द्र र मतदान स्थल निर्धारणको निर्धारण गरेको छ । ५२ वटा मतदान स्थल निर्धारण गरेको छ भने ५४ वटा मतदान केन्द्रको संख्या निर्धारण गरेको जिल्ला निर्वाचान कार्यालय हुम्लाले जानकारी दिएको छ । स्थानीय तहको अनुसार अन्तिम मतदाता, […]
सिमकोट । राष्ट्रिय युवा संघ नेपाल हुम्लाको सातौं जिल्ला अधिवेशन सम्पन्न गर्न हुम्ला पुग्नुभएका राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय संयोजक किरण पौडेलले भने, “नेकपा माओवादी केन्द्र निचोरिएको कागती हो, अब डस्टविनमा फ्याकिन्छ, ।” आगामी बैशाख ३० गतेपछि माओवादी विलय हुँदै जाने बताए । देशको ठुलो शक्ति एमाले नै हुने केन्द्रिय संयोजक पौडेलको भनाई थियो ।” […]