पूर्वसभासद छिमीदोर्ची लामासहित माओवादी हुम्लाका कार्यकर्ता एमाले प्रवेश

सिमकोट । नेकपा (माओवादी केन्द्र)का पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य छिमीदोर्ची लामाको नेतृत्वमा हुम्लाका स्थानीय नेता कार्यकर्ताहरु नेकपा एमाले प्रवेश गरेका छन् । बुधबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा पार्टी प्रवेश गराएका हुन् । प्रवेश कार्यक्रममा लामा सहित प्रदेश कमिटि सदस्य महेन्द्रबहादुर शाही (अविराम), गणेश रावल (सजक) लगायत युवा नेता तिर्थराज बोहरा, […]

एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

सिमकोट । नेकपा (एमाले)  को नवौं जिल्ला अधिवेशन स्थगन भएको छ । पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो । आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन गर्ने भएको छ । हुम्लामा भने अधिवेशन एक महिनाका लागि स्थगन भएको छ । सदरमुकाम सिमकोटको माथिल्लो बजारमा रहेको मानसरोवर होटलमा बसेको जिल्ला कमिटीको बैठकले आगामी […]

हुम्लाका सबै वडामा एमालेको अधिवेशन प्रतिनिधि छनौट सम्पन्न

सिमकोट । पुस २३ गते हुने जिल्ला अधिवेशनका लागि नेकपा एमाले हुम्लाले प्रतिनिधि छनोट कार्य सम्पन्न गरेको । ४४ वटा वडा रहेको हुम्लामा लिमी बाहेक पार्टीको सदस्यको अनुपातको संख्याको आधारमा प्रतिनिधि छनोट कार्य सम्पन्न भएको एमाले जिल्ला पार्टी सचिव पूर्ण ढकालले जानकारी दिनुभयो । लामो समयपछि हुन लागेको नवौं जिल्ला अधिवेशनका लागि १२४ जना प्रतिनिधि […]

नयाँ सिराबाट अगाडी बढ्ने छिमि लामाको चेतावनी, केन्द्रिय कमिटीको गठनप्रति असन्तुष्टी

सिमकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिशेनमा छनौट गरिएका केन्द्रिय कमिटी प्रति असन्तुष्टि जनाउँदै अब नयाँ विचारका साथ नयाँ ढंगबाट अगाडी बढ्ने नेकपा माओवादी केन्द्रका नेता तथा पुर्व संविधान सभा सदस्य छिमिदोर्जी लामाले बताउनुभयो । माओवादी केन्द्रको आठौं महाधिवेशनबाट घोषणा गरेको २३६ सदस्यीय केन्द्रीय कमिटि मध्येका हुम्लाबाट अन्याय पूर्ण फैसला भएको […]

माओवादी केन्द्रमा हुम्लाबाट दुई जना केन्द्रीय सदस्य

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट हुम्लाका दुई जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । केहि समय अघि काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सर्वसम्मत रुपमा निर्वाीचत २९९ सदस्यीय केन्द्रीय कमिटिमा हुम्लाका बीजय भण्डारी (प्रतिरोध) र छक्कबहादुर लामा निर्विरोध निर्वाचित भएका हुन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दशत्रमा प्रस्तुत गरेको २९९ सदस्यीय केन्द्रीय कमिटि मध्ये २३६ […]

अध्यक्ष प्रचण्डद्वारा २३६ सदस्यीय केन्द्रीय सदस्यको नाम प्रस्ताव

काठमाडौँ: नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय सम्मेलनको आठौँ दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जनाको केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गरेका छन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा जारी बन्दशत्रमा विभिन्न क्लस्टरसहित २३६ जनाको नाम प्रस्ताव गरेका हुन्। माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने व्यवस्था छ । बाँकी ६३ सदस्य भने केन्द्रीय समितिको बैठकले मनोनयन गर्ने कार्यतालिका […]

नेकपा एस पोलिटव्यूरो सदस्य झा एमालेमा प्रवेश

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् । प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिव […]

माओवादी केन्द्रीय कमिटि गठनप्रति छिमि लामाको असन्तुष्टी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पुर्व संविधानसभा सदस्य छिमिदोर्जी लामाले भर्खरै सकिएको माओवादी केन्द्रको आठौं महाधिवेशनबाट घोषणा गरेको २३६ सदस्यीय केन्द्रीय कमिटिप्रति असन्तुष्टी व्यक्त गरेका छन् । लामो समय पार्टीको भूमिकामा रहेका नेताहरुको योगदानलाई भन्दा केहि नेताहरुको गुटका आधारमा केन्द्रीय सदस्यको नामावली माथिबाट जबरजस्त लादेको प्रतिक्रिया दिएका माओवादी हुम्लाका नेता लामाले पार्टीको निर्णयप्रति तिब्र […]

जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याण गुरुङ केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्थाअनुसार देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) अनुसार जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]