विरामीलाई सरफाईका सामग्री सहयोग

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका र सामाजिक विकास कार्यालयले संविधान दिवस अवसरमा जिल्ला अस्पतालका विरामीलाई विहिबार विभिन्न सामग्री सहयोग गरेको छ । आज विहिबार संविधान दिवसको दिन जिल्ला अस्पतालमा उपचाररत रहेका विरामीलाई स्वास्थ्य, सरसफाईका सामग्री सहयोग गरिएको हो । अस्पतालमा रहेका उपचाररत प्रति विरामीलाई टावेल, नङकट, मञ्जन बरस, नुहाउने र लुगा धुने साबुनका साथै विरामीलाई […]

असारे विकासमा तातिने कार्यालय प्रमुखलाई कटिबद्ध हुन सर्वदलीय संयन्त्रको सुझाव

सिमकोट । विहिबार सदरमुकाम सिमकोट हुम्ला जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखसँग जिल्ला स्थित राजनितिक दलहरुले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको प्रगति समिक्षा गरेका छन् । राष्ट्रिय मान्यता प्राप्त हुम्लामा रहेको राजनितिक दलको सर्वदलीय संयन्त्रले जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखसँग छलफल गरेका हुन् । सधै असारमसान्तको समयमा मात्रै कागजी विकासको मुख ताक्ने यहाँका कार्यालय […]

सर्वदलीय संयन्त्र हुम्ला बैठकका दुई निर्णय

सिमकोट । हुम्लामा रहेका राष्टिय मान्यता प्राप्त विभिन्न दलहरुको साँझा सर्वदलीय संयन्त्रको बैठक सम्पन्न भएको छ । शनिबार बसेको सर्वदलीय संयन्त्र बैठकले दुईवटा निर्णय गर्दै बैठक सम्पन्न गरेको हो । जिल्ला स्थित विभिन्न राजनितिक दलका नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापति बसन्त रोकाया, नेकपा एमाले जिल्ला पार्टी उपाध्यक्ष प्रकाश बहादुर शाही, नेकपा माओवादी केन्द्र जिल्ला पार्टी […]

संगठन सुदृढीकरण अभियानमा नेपाल दलित संघ हुम्ला

सिमकोट । नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ हुम्लाले आजदेखि जिल्लाभर आफ्नो संगठन सुदृढीकरण अभिायन थालेको छ । नेपाली कांग्रेसमा आवद्ध जिल्लाभरका दलितहरुको संगठन नेपाल दलित संघलाई थप सुदृढ र शसक्त बनाउनका लागि आजदेखि उक्त संगठन सृदृढिकरण अभियान सञ्चालन भएको कांग्रेस हुम्लाले बताएको छ । नेपाल दलित संघ हुम्लाको संगठन सुदृढिकरण अभियान निर्वाचन क्षेत्र […]

एमाले हुम्ला जिल्ला इन्चार्जमा लामा, कर्णाली प्रदेशमा बोगटी

सिमकोट । नेकपा (एमाले) केन्द्रीय सचिवालयको ३४ औं बैठकले हुम्ला जिल्लाको इन्चार्जमा केन्द्रिय सदस्य छक्क बहादुर लामालाई जिम्मेवारी तोकेको छ । लामा यस अघि केन्द्रिय सदस्य हुनुहुन्थ्यो । विहिबार बसेको एमाले केन्द्रिय सचिवालय बैठकले लामालाई जिल्ला इन्चार्ज र नेकपा एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीलाई कर्णाली प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ । बोगटीले यस अघि […]

सुशासन र विकासको निगरानी राख्न हुम्लामा गठित सर्वदलीय संयन्त्रकाे एक वर्ष, यस्ता छन् उपलब्धि

सिमकोट । हुम्लामा क्रियाशिल राजनीतिक दलहरुको सर्वदलीय संयन्त्र गठन गरेको एक वर्ष पूरा भएको छ । जिल्लाको फितलो सुशासन र विकासको निगरानीमा सर्वदलीय संयन्त्र कटिवद्ध भएर अगाडि बढ्ने भएको छ । विचार र विकासको लागि राजनीति गरौँ, प्रतिशोध र प्रतिरोध होइन, स्वस्थ प्रतिस्पर्धा गरौं भन्ने नाराकासाथ राष्ट्रिय मान्यता प्राप्त जिल्लामा रहेका चार दलको संयन्त्र गठन […]

भ्रष्टचार विरुद्ध खबरदारी गर्दै रास्वपा हुम्लाले थाल्यो हस्ताक्षर अभियान

सिमकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हुम्लाले शनिवारदेखि जिल्लामा हुने भ्रष्टचार विरुद्ध खबरदारी गर्दै हस्ताक्षर अभियान थालेको छ । जान्नेलाई छान्ने भन्दै यस पार्टीले शनिवारदेखि जिल्लामा हुने भ्रष्टचार अन्त्यका विरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरेको । रास्वपा हुम्लाका जिल्ला संगठन विस्तारका संयोजक बुधे बुढाको नेतृत्वमा भ्रष्टचार विरुद्धको कार्यक्रम आजबाट सुरु भएको हो । रास्वपा हुम्लाले शनिवार […]

कांग्रेस हुम्लाले नियमीत बैठकमा तीन पटक उपस्थित नहुनेलाई कारबाही गर्ने

सिमकोट । नेपाली कांग्रेस हुम्लाको बुधबार बसेको बैठकले जिल्ला कार्य समितीको बैठकले जिल्ला कार्यसमितिका सबै पदाधिकारी र सदस्य नियमीत तीन बैठकमा उपस्थित नभए स्पष्टीकरण सोध्ने र चित्त नबुझे आवश्यक कारबाही गर्ने निर्णय भएको बताइएको छ । बैठकले यसअघि जिल्ला कार्यसमितिका सबै पदाधिकारी र सदस्य नियमित तीन बैठकमा उपस्थित नभए कारवाही गर्ने निर्णयलाई समीक्षा गर्दै सबैभन्दा […]

सिमकोट गाउँपालिकाले ल्यायो ४९ करोडको बजेट पहिलो प्राथामिकता कृषि, पर्यटन

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड २८ लाख ४५ हजार बजेट ल्याएको छ । गाउँपालिकाको नवौं गाउँसभाले सोमबार ल्याएको बजेटमा कृषि र पर्यटनलाई पहिलो प्राथामिकतामा राखेको छ । गाउँपालिकाले सोमबार ल्याएको बजेट तथा कार्यक्रममा ती क्षेत्रलाई प्राथमिकतामा राखेकोे हो । आगामी आर्थिक वर्षको बजेटले क्षेत्रगत रुपमा कृषिमा रैथाने […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]