सिमकोट । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुम्लाका ७ वटा स्थानीय तह मध्येमा आइतबार सम्म ६ गाउँपालिकामा अधिवेशन सम्पन्न भएको छ । सिमकोट, खार्पुनाथ,नाम्खा, चंखेली, ताँजाकोट, र अदानचुली गाउँपालिकामा सर्वसहमितका आधारमा गाउँपालिका अधिवेश सम्पन्न भएको छ भने सर्केगाडमा अझै सहमति हुन नसकेको बताइएको छ । अधिवेशनबाट नाम्खा गाउँपालिकामा सुनमबहादुर लामा, सिमकोट गाउँपालिकामा धर्मराज रोकाया, […]
काठमाडौं : लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ। समितिका संयोजकसमेत रहेका गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा नेपाल–चीन सीमासम्बन्धी अध्ययन प्रतिवेदन गृहमन्त्री खाँणलाई बुझाएका हुन्। प्रतिवेदन बुझ्दै मन्त्री खाँणले समितिले स्थलगत अध्ययन गरेर सत्यतथ्य पत्ता लगाइ तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्। ‘स्थलगत […]
सिमकोट । सात वटा गाउँपालिका रहेको हुम्लामा नेपाली कांग्रेसका गाउँपालिका स्तरका अधिवेशन सुरु गरेको छ । आज विहानबाट अहिले सम्म चारवटा गाउँपालिकामा सर्वसम्मतबाट नेतृत्व चयन गरीएको जानकारी प्राप्त भएको छ । सिमकोट, नाम्खा, खार्पुनाथ र ताँजकोट गाउँपालिकामा पालिका सभापति चयन भएको नेपाली कांग्रेस हुम्लाले जानकारी दिएको छ । ताँजाकोट कृष्ण मल्ल, खार्पुनाथ टक्क शाही, सिमकोट […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रलाई ‘माके’ र माधवकुमार नेपालको पार्टीलाई ‘माने’ पार्टीको संज्ञा दिएका छन् । उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बृहत भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीले भने, ‘माके पार्टी, माने पार्टी फाटोको खेती गर्छ, ती एकताको राजनीति गर्ने पार्टी होइन, एमालेले त्यस्तो राजनीति गर्दैन । एमालेले एकताको राजनीति गर्छ […]
काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरेकी छन् । प्रवक्ता जगन्नाथ पन्तका अनुसार संघीय संसद्को दुवै सदनले पारित गरिएको विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको हो । सरकारले यसअघि ल्याएको संशोधित बजेटलाई संसद्का दुवै सदनबाट पारित भएको छ । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको १६ […]
सिमकोट । जनता समाजवादी पार्टी हुम्लाद्धारा आज जिल्ला सदरमुकाम सिमकोटमा ‘सुज’ अभियान कार्यक्रम सञ्चालन गरेको छ । समाजवादी पार्टीले आजबाट चार महिना सम्म नियमित रुपमा ‘सुज’ कार्यक्रम सञ्चालन गर्ने उदेश्यका साथ यो अभियान थालेको छ । पछिल्लो समय देशमा राजनितिक अस्थिरता निक्कै उथल पुथल भएको र सरकार पनि दिगो नटिक्ने भएपछि जनता समाज पार्टीको केन्द्रिय […]
काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक मन्त्रिपरिषद् विस्तारका विषयमा अनिर्णीत बनेको हो । गठबन्धन बैठकमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार विस्तार ढिलो हुँदा आलोचना बढेको भन्दै गठबन्धन आबद्ध दललाई मन्त्रीको सूची दिन भनेका […]
सिमकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी एकता भएपश्चात हुम्लामा पहिलो पटक पार्टी कार्यालय स्थापना गरीएको छ । केही दिनअगाडी एकता जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी हुम्लाले (बुधबार) आज सिमकोट माथिल्लो बजारमा आफ्नो पार्टी कार्यालय स्थापना गरेको छ । सिमकोट माथिल्लो बजारमा रहेको सूचना टोलमा सबैको पायक पर्ने स्थानमा पार्टी एकता पछिको पहिलो […]
सिमकोट । पछिल्लो समय एकिकृत समाजवादी पार्टीले पाटी संगठन विस्तार गर्ने क्रममा हिजो आज जिल्लाको मध्ये क्षेत्र चंखेली, सर्केगाडमा संगठन विस्तार गरी रहेको छ । दक्षिण भेगमा रहेका चारवटा गाउँपालिकामा एकिकृत समावजादी पार्टीले गाउँपालिका स्तरको संगठन विस्तार गर्ने काम सम्पन्न गरेको छ । अब सिमकोट, खार्पुनाथ र नाम्खा गरी तीनवटा गाउँपालिकामा संगठन विस्तार गर्ने भएको […]