बामदेब गौतमद्वारा एमाले पार्टीका सबै पदबाट राजीनामा

काठमाडौं । नेकपा एमालेका नेता बामदेब गौतमले एमाले पार्टीका सबै पदबाट राजीनामा दिनुभएको छ । उहाँले आजै एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाउनु भएको हो । तामाङले गौतमको राजीनामा प्राप्त भएको गोरखापत्र अनलाइनलाई बताउनुभयो । राससका अनुसार राजीनामापत्रमा उहाँले संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधिसभाको निर्वाचन २०७४ मा एमाले र नेकपा(माओवादी केन्द्र)को साझा […]

हुम्लामा एमालको पार्टी एकता पहल कमिटी गठन,

सिमकोट । पार्टी विभाजनले दोधारमा रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाउन तीन सदस्यीय समिती गठन गर्दै एमाले हुम्ला जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । गत २३ फागुनको सर्वोच्च अदालतको निर्णयले पूर्ववत् एमालेमा फर्किएपछि पहिलो पटक बसेको जिल्ला कमिटी बैठकले पार्टीका नेताहरुलाई समाहित गर्न जिल्लाका शीर्षनेताहरू सम्मिलित तीन सदस्यीय पहल समिति गठन गर्ने निर्णय भएको […]

विभिन्न पार्टी परित्याग गरी १२ जना एमालेमा प्रवेश

सिमकोट । विहिबार १२ जनाले एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रबाट गरेर विहिबार १२ जनाले नेकपा एमालेमा प्रवेश गरेको जानकारी प्राप्त भएको छ । सिमकोट गाउँपालिका वडा २ (साविक वडा १ ठेहेबाट ११ जना र सर्केगाड गाउँपालिकाको फुचाबाट एक जना गरेर १२ जनाले एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेका […]

गठबन्धन सरकारमा खटपट : देउवाको प्रस्ताव प्रचण्ड र माधवले गरे ठाडै अस्वीकार !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला मन्त्रिपरिषद् विस्तारलाई लिएर अफ्ठेरोमा परेका छन् । प्रधानमन्त्री बनेको डेढ महिना वितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै सरकारको आलोचना चुलिएको छ । देउवाले प्रधानमन्त्री बनेको डेढ महिना वितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार पनि गर्न सकेका छैनन् । दुई तिहाई कम्युनिष्ट सरकार ढलेर बनेको पाँचदलीय गठबन्धन सरकारले जुन उत्साह दिनुपर्ने […]

सरकारले दार्चुला घटना थामथुम गर्न लाग्यो : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले दार्चुला तुइन प्रकरण थामथुम पार्ने प्रयास गरेको आरोप लगाएको छ।     प्रवक्ता प्रदीप ज्ञवालीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै ढिलो गरी छानबिन समितिले प्रतिवेदन बुझाए पनि प्रतिवेदन अस्पष्ट रहेको र सरकार घटनालाई थामथुम पार्ने प्रयासमा लागेको आरोप लगाएका हुन्। ‘आफ्ना नागरिक वेपत्ता पारिएको यति […]

कांग्रेस सभापतिमा कल्याण गुरुङको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका नेता कल्याण गुरुङले १४औं महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गुरुङले पार्टी सभापति पदमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् । सो क्रममा उनले पार्टीमा युवा वर्गबाट नेतृत्वमा हस्तक्षेप हुनुपर्ने बताउँदै एक व्यक्ति एक पद र कुनै पनि पदमा […]

धमाधम उम्मेदवारी घोषणा

काठमाडौं । आगामी मंसिरको दोस्रो साता हुन लागेको सत्तासीन दल नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेको चुनावी सरगर्मी बढ्न थालेको छ । महाधिवेशन घोषणा भएपछि नेताहरूले पनि धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । नेपाली कांग्रेसका तर्फबाट सभापतिमा हालका उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् । सोमबार मात्र यसअघि महामन्त्रीमा पराजित गगन थापाले […]

ओली–नेपाल आरोप प्रत्यारोपः विभाजनको अपजसबाट जोगिने प्रयास

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले विभाजन भएपछि नेताहरुले कार्यकर्ता भेला, संगठन निर्माण र विस्तारमा जोड दिन थालेका छन् । केपी शर्मा ओली र माधवकुमार नेपाल विभाजनको दोष एकअर्कामा थोपरेर बढीभन्दा बढी जनप्रतिनिधि र नेता–कार्यकर्तालाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन् । ओलीले नेतृत्व गरेको एमालेबाट अलग भएका नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन् । […]

युवा समाजवादको सेना बन्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले युवा समाजवादको सेना बन्नुपर्ने आवश्यकता औँल्याएका छन् । योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपालको आजदेखि सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष दाहालले समाजवादी आन्दोलन सफल पार्न युवाको पहलकदमी आवश्यक रहेको बताए । उनले समाजवादको नेतृत्व गर्नेगरी युवाले क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]