
काठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले छाडेर नयाँ दल दर्ता गरेपछि पहिलोपटक अध्यक्ष केपी शर्मा ओलीले आज सार्वजनिक मन्तव्य दिँदैछन् । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको भक्तपुरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रमलाई पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले भक्तपुरले जनाएको छ । चुनदेवीस्थित इम्पेरियल […]
काठमाडौं । एमाले छाडेर एमाले समाजवादी दर्ता गरेका माधवकुमार नेपाललाई पार्टी गठनको भोलिपल्टसम्म नै १३ केन्द्रीय नेताले साथ छाडेका छन् । एमाले–समाजवादीमा वरिष्ठ नेताको हैसियत दिएका झलनाथ खनालले समेत माधव नेपालको साथ छाडेर मूल पार्टी एमालेमै रहने घोषणा गरेको स्रोतको भनाइ छ । त्यस्तै, स्थायी कमिटी सदस्य प्रदीप नेपालले पनि एमालेमै रहने घोषणा गरिसकेका छन् । […]
काठमाडौं । माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पठाएको छ । आयोगले भने कानुनी प्रावधान हेरेर बिहीबार मात्रै दल दर्ता गर्ने जनाएको नेपाल निकट एक नेताले बताए । “उहाँहरुको निवेदन आएको छ । कानुनी प्रावधान हेरेर आयोगले दर्ता गर्ने वा नगर्ने निर्णय गर्नेछ,” आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ भने । नेपाल निकट नेता […]
काठमाडाैं । नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलको नेतामा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य चयन भएकी छन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आजै संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्य दलको नेता चयन भएकी हुन् । शाक्य सर्वसम्मतिबाट दलको नेता चयन भएको एमाले केन्द्रीय सदस्य तथा बागमती प्रदेशकी सांसद रचना खड्काले जानकारी दिइन् । माधव नेपाल पक्षकी […]
प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । एमाले माधव नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने भएको छ । यस्तै चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न […]
काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले अन्ततः नयाँ पार्टी खोल्ने निश्चित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तय गरेको छ । नेपाल समूहले पार्टीको नाम, चुनाव चिह्नलगायतका विषयमा टुंगो लगाइसकेको छ । तर विकल्पमा छलफल भइरहेको एक नेताले जानकारी दिए । पार्टीको नाम नेकपा एमाले […]
काठमाडौं । संसद् अधिवेशन अन्त्य भएसँगै राजनीतिक दलसम्बन्धी अध्यादेश आउने आशंकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र तरंग पैदा भएको छ। सरकारले सोमबार अचानक संसद् अधिवेशन अन्त्य गरेपछि एमालेका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन्। एमाले अध्यक्ष केपी ओली निवासमा उनी पक्षका नेता छलफलमा जुटेका छन्। ‘राजनीतिक दलसम्बन्धी अध्यादेश आए त्यसको प्रतिवाद गर्नेगरी छलफल अघि बढेको […]
काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाल लगायतका केही व्यक्तिहरु पार्टी फुटाउन क्रियाशील रहेको निचोड निकालेको छ । अन्तर पार्टी निर्देशनमा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाललगायत केही व्यक्तिहरु पार्टी विभाजनका लागि सक्रिय रहेको निचोड निकालेको उल्लेख गरेको हो । ‘यति हुँदाहुँदै पनि पार्टी एकताको पवित्र उद्देश्यका […]
काठमाडौं । समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी समितिका प्रथम अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोग विरुद्ध दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश दीपक कुमार कार्की र डा. आनन्दमोहन भट्टराईले सोमबार ‘अन्तरिम आदेश जारी नहुने’ आदेश गरेका हु्न् । जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी विवाद निरुपण गर्ने प्रयोजनको लागी निर्वाचन आयोगले ‘केन्द्रिय […]