माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि

काठमाडाैं । नेकपा(माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आजदेखि उपत्यकामा शुरु हुने भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने जनाइएकाे छ । उक्त प्रस्तावमा अध्यक्ष प्रचण्डले आगामी कार्यक्रम र याेजना पेश गर्ने पनि जनाइएकाे छ । यस्तै, मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा […]

स्थायी समिति बैठकमा प्रचण्डले भनेः सरकारले पूर्णता पाउन केही दिन लाग्ने भयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरकारले पूर्णता पाउन अझै केही समय लाग्ने बताएका छन् । शुक्रबार बसेको पार्टीको स्थायी समिति बैठकमा धेरै जसो नेताहरुले सरकारका विषयमा प्रश्न उठाएपछि प्रचण्डले यस्तो बताएका हुन् । माओवादी केन्द्रले पार्टी विधान संशोधनका विषयमा शनिबार बस्ने केन्द्रीय समिति बैठकमा पेश गर्ने भएको छ । त्यस विषयमा छलफल […]

काँग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामाको चेतावनी

काठमाडौं । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको चेतावनी दिएको केन्द्रीय सदस्य योगेन्द्र चौधरीले रातोपाटीलाई जानकारी दिए । पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नभएको भन्दै उनीहरुले सामूहिक राजीनामाको​ चेतावनी दिएका […]

कांग्रेस बैठकमा लोलुङजुङको विषय उठान

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकमा चीनसँग सिमाना जोडिएको हुम्लाको लोलुङजोङको विषय उठान भएको छ । पार्टी सभापति सरबहादुर देउवा नेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रममा उत्तरी छिमेकी मुलुक चीनसँगका सिमाना विवादको विषय समावेश नभएको भन्दै नेपाली कांग्रेस संस्थापन पषको बैठकमा आलोचा सहित उक्त विाष्यको उठान भएको हो । पार्टीको महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल […]

महाधिवेशन सार्ने विषयमा देउवा र पौडेलबीच मतभेद

काठमाडौं । कांग्रेसमा महाधिवेशन सार्ने कि नसार्ने भनेर विवाद भएको छ । सभापति शेरबहादुर देउवाले मंसिरमा महाधिवेशन गर्न राखेको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् । केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका तय गर्ने भनिएको थियो । तर, महाधिवेशन सार्न संवैधानिक अप्ठ्यारो फुकाउने विधि भने तय भइसकेको छैन । पाँचौ पटक […]

लुम्बिनी प्रदेशमा कांग्रेस र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने

काठमाण्डाै – लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । मुख्यमन्त्री शंकर पोखरेलले हिजो राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गर्नुभएको छ । अब लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाको गठबन्धन सरकार बन्ने पक्का भएको छ । लुम्बिनी प्रदेशमा अहिले […]

पार्टी र वाईसिएलको कमिटि गठन गर्दै माओवादी अदानचुलीको भेला सम्पन्न

हुम्ला । पार्टी र युवा संगठन योङ कम्पुनिस्ट (वाइसिएल) को गाउँपालिका स्तरिय कमिटि गठन गर्दै माओवादी केन्द्रको अदानचुली भेला सम्पन्न भएको छ । आइतबारदेखि शुरु भएको भेलाले हरिदल पुनको अध्यक्षतामा ७५ सदस्यीय गाउँकमिटि र मिमबहादुर रोकायाको अध्यक्षतामा ७५ सदस्यीय वाइसिएल गाउँ कमिटि गठन गर्दै सम्पन्न भएको हो । जनयुद्धको झल्को दिने गरेर अदानचुली–को घोडे ढुंगामा शुरु […]

मानव अधिकार एलाइन्स हुम्लाद्धारा गठबन्धन सरकारको ध्यानकर्षण

सिमकोट । नेकपा एमालेको भातृ संगठन “मानव अधिकार एलाइन्स”  मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपालद्धारा पार्टीको निर्देशन बमोजिम जिल्लाका ७७ वटै जिल्ला अन्तरगत आज हुम्लामा पनि सत्ता गठनबन्धन सरकारको ध्यानकर्षण गरेको छ । संयुक्त सत्ता गठबन्धनको सरकार गठन भएको एक महिना पुरा हुन लागेपनि देशमा केही उपलब्धीमुलक नभएको भन्दै जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत […]

दार्चुला तुइन प्रकरणः छानविनमा भारतीय पक्षको असहयोग

दार्चुला । तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर दार्चुलाका एक युवक बेपत्ता भएको घटनासम्बन्धी अनुसन्धानमा नेपाली टोलीलाई भारतले ‘असहयोग’ गरेको छ । १० दिनभित्र अनुसन्धान नसकिएपछि टोलीलाई गृहमन्त्री बालकृष्ण खाँणले सोमबार ७ दिन म्याद थपिदिएका छन् । दार्चुलाको व्यास–२ मालघाटमा एसएसबीले तुइन फुस्काउँदा महाकालीमा जयसिंह धामी बेपत्ता घटनाको छानबिनका लागि शुक्रबार गाउँ पुगेको गृह मन्त्रालयको टोली । […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]