
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देशमा विकास र सुशासनका लागि कम्युनिस्ट नै चाहिने बताएका छन् । तुलसीलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू सरकारबाट हटेसँगै दमन सुरु भएको बताए । सम्बोधनका क्रममा ओलीले भने, ‘हामी सरकारबाट हटेको भोलिपल्ट स्काउट जस्ता संस्थालाई चल्न दिइएन । स्काउटविरुद्ध जुलुस निकाल्न थालियो।’ […]
काठमाडौँ — नेकपा (माओवादी केन्द्र)ले साउन २० गते तय भएको बैठक १० दिनका लागि स्थगित गरेको छ । माओवादीको स्थायी कमिटीको आइतबारको बैठकले वर्तमान राजनीतिक गतिविधि र तयारी पूरा नभएकाले केन्द्रीय कमिटी बैठक सार्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘पछिल्ला राजनीतिक घटनाक्रम र तयारीका लागि आवश्यक समय लिनुपर्ने देखिएकाले केन्द्रीय कमिटीको बैठक […]
ललितपुर । नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा सूर भएको बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम पनि गएका छन् । अपरान्ह ३ बजे बोलाइएको बैठक केही ढिला शुरू भएको हो । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार अध्यक्ष केपी शर्मा अोली पुगेपछि छलफल सूरु हुनेछ । […]
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यतामा थाती विवाद मिलाउन नेतृत्व तहलाई जिम्मेवारी सुम्पिएसँगै नेता विवाद समाधानमा जुटेका छन् । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बिहीबारको बैठकले क्रियाशील सदस्यता विवरणसहित प्रतिवेदनमा बाँकी रहेका विवाद पाँच दिनभित्र समाधान गर्ने गरी नेतृत्व तहलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो । कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले बिहीबार बैठकमा परिमार्जनसहितको प्रतिवेदन […]
हुम्लाको दक्षिण क्षेत्रमा नेकपा एमाले अदानचुली गाउँ कमिटिले वडा स्तरिय पार्टी कार्यालय स्थापनाको कामलाई धमाधम शुरु गरेको छ । एमाले अदानचुली गाउँपालिका कमिटिको निर्णय अनुसार सोमबार पहिलो दिन वडा नम्बर ४ को वडा कार्यालय स्थापना गरेको छ भने आज वडा नम्बर २ को पार्टी कार्यालय स्थापना गरेको छ । पालिकाका छ वटै वडामा पार्टी कार्यालयको […]
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्री छान्न पार्टीभित्र सकसमा परेका छन्। यही विषयमा अहिले उनी तनावमा रहेको यादवनिकट स्रोतले बतायो। मन्त्री छान्ने विषयमा बुधबार यादवले ललितपुरमा पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएका थिए। बैठकले मन्त्रीको टुंगो लगाउन पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव तथा वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको […]
काठमाडौँ । महाधिवेशन आउन ३५ दिन बाँकी छँदा कांग्रेसले देशभर ८ लाख ५२ हजार क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ । १४ औं महाधिवेशनको मुखमा मात्रै ४ लाख ४३ हजार सदस्य कांग्रेसमा थपिएका छन् । विदेशस्थित जनसम्पर्क समितिबाट समेत आउँदा कांग्रेसमा ९ लाखभन्दा बढी सदस्य हुने देखिएको छ । थपिएका सबै सदस्य पार्टीप्रति प्रतिबद्ध हुन् […]
काठमाडौँ — निर्वाचन आयोगबाट दलको आधिकारिकता पाएको भोलिपल्टै बसेको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुरसहित उनीपक्षीय १६ जनाको पदीय हैसियत खोसेको छ । जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाका अनुसार अब जसपाको केन्द्रीय कार्यकारिणी समिति ३४ सदस्यीयमा सीमित भएको छ । केन्द्रीय कार्यकारिणी समितिमा नरहेपछि ठाकुर पक्षले अर्को पार्टी […]
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी विदेशमन्त्री एन्थोनी जे. ब्लिंकेनले टेलिफोन वार्ता गर्नुभएको छ । सो अवसरमा विदेशमन्त्री ब्लिंकेन र प्रम देउवाले हालै अमेरिकाद्वारा नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको पन्ध्र लाख कोभीड–१९ भ्याक्सिन लगायत नेपाल–अमेरिका साझेदारीका विविध महत्वपूर्ण विषयहरूमा कुराकानी गर्नुभएको नेपालस्थिन अमेरिकी दूतावासले जनाएको छ । उहाँहरूबीच जलवायु परिवर्तन असरहरूको सामना गर्न दुई देशबीचको समन्वयबारे पनि छलफल […]