काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाविरुद्ध देशैभर भण्डाफोर अभियान चलाउने भएको छ । बानेश्वरमा बसेको संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसलाले निर्दलीयता लाद्न खोजेको भन्दै देशैभर भण्डाफोर अभियान संचालन गर्ने निर्णय गरेको हो । प्रमुख सचेतक विशाल भट्टराईले जनादेशलाई पूर्ण इन्कार गरेर अदालतले गरेको निर्णयविरुद्ध जनातामा अभियानका साथ जाने निर्णय गरेको जानकारी दिए । […]
काठमाडौं । यति बेला शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य एमाले नेता माधव कुमार नेपालमा निर्भर बनेको छ । नेपाल पक्षका सासंदले विश्वासको मत दिए देउवा सरकार टिक्छ नत्र एक महिनामै आयु सकिन्छ । एमालेभित्रकै आन्तरिक विवादले कुन मोड लिने हो भन्ने अलमलले पनि सरकारको स्थिरता अन्योलमा देखिएको छ । यसलाई राम्ररी बुझेका प्रधानमन्त्री देउवा बुधबार […]
काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ । महासचिव ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि आजका लागि बैठक बस्ने तय गरेका हुन् । बैठक आज बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बस्न लागेको हो । पार्टीका केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङका अनुसार सरकारबाट बाहिरिएपछि बैठक पहिलो पटक बस्न लागेको हो […]
काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । दलका नेता केपी शर्मा ओलीको निर्देशनमा शुक्रबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनका अनुसार बैठकमा उपस्थित हुन वरिष्ठ नेता माधवकुमार नेपालपक्षका सांसदलाई पनि सूचना पठाइएको छ । ‘चालू संसद् अधिवेशनमा कसरी प्रभावकारी रुपमा प्रस्तुत हुने […]
काठमाडौं । सरकारले आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ । एक मन्त्रीका अनुसार बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३ गतेभित्र बोलाउन आदेश दिएको थियो । सरकारले सोहीअनुसार साउन ३ गतेकै लागि […]
काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा मंगलबार साँझ साढे ६ बजे शपथ ग्रहणका लागि बूढानीलकण्ठबाट बाहिरिए । देउवा पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै थिए । तर, राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गर्न देउवालाई पठाएको पत्रमा भने संविधानको कुन व्यवस्था र धाराअनुसार नियुक्त हुने भन्ने स्पष्ट उल्लेख नभएकाले देउवालाई चित्त बुझेन ।उनले पहिले मुख्यसचिव शंकरदास बैरागीमार्फत नियुक्तीको बेहोरामा […]
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । जसपा कार्यकारी समितिको मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको हो । जसपा कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले निर्वाचन आयोगमा पार्टी आधिकारिकताको मुद्दा विचाराधीन अवस्थामा रहेकाले जसपा तत्काल सरकारमा सहभागी नहुने बताए । कांग्रेस सभापति शेरबहादुर […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेका फैसलालाई लिएर असन्तुष्टि जनाएका छन् । संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्ने भएकाले सर्वोच्चका फैसला पालना गर्ने भन्दै उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा गरेको फैसलाप्रति असन्तुष्टि जनाएका हुन् । सर्वोच्चको फैसलाले राज्यका मुख्य तीन अंगबीचको सन्तुलन खल्बल्याएको भन्दै ओलीले त्यसको समीक्षा भविष्यमा हुने बताए । […]
काठमाडौँ – एमाले अध्यक्ष तथा हालै प्रधानमन्त्री पद गुमाएका केपी शर्मा ओलीले नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाएका छन्। ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरि मंगलबार दिउँसो १ बजेका लागि एमाले स्थायी कमिटीको बैठक बोलाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा, पार्टी एकता कार्यदलले […]