
काठमाडौँ — सत्तारूढ दल एमालेमा चार महिनादेखि जारी आन्तरिक विवादलाई समाधानको बिन्दुमा पुर्याएको दोस्रो तहका नेताहरू सम्मिलित कार्यदलले दाबी गरेको छ । पार्टीभित्र एकअर्कालाई निषेध गर्ने गरी भइरहेका गतिविधि बन्द गर्दै शक्ति सन्तुलन मिलाएर अघि बढ्ने सैद्धान्तिक सहमति कार्यदलमा भएको छ । त्यही सहमतिको जगमा पार्टीको आन्तरिक एकतालाई मजबुत बनाउने गरी आइतबार अध्यक्ष केपी शर्मा ओली र […]
सिन्धुपाल्चोक । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि आएका छन् । प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा छन् भने यसपछि मेलम्ची क्षेत्रमा पुग्नेछन् । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाँदै छन् । उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने […]
सिमकोट । ‘सर को मन्त्री हुम्ला आउदै हुनुहुन्छ रे हजुर लाई थाहा छ ?’ यो शब्द राष्ट्रिय अनुसन्धान, जनपथ प्रहरी र नेपाली सेनाका गुप्तचरका सुरक्षाकर्मीले दिनभरजसो शुक्रबार हुम्लाका पत्रकारहरुलाई सोधिएको प्रश्न थियो । मौखिक रुपमा शुक्रबार अपरान्ह १ बजेपछि कर्णालीको सत्तारुढ दल माओवादी केन्द्र र सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताबाट फैलिएको मन्त्री […]
काठमाडौं राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै राष्ट्रपतिविरुद्ध मुद्दा नलाग्ने जिकिर गरेको छ। राष्ट्रपति कार्यालयले पेस गरेको लिखित जवाफमा राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७४ को दफा १६ को व्यवस्थालाई उल्लेख गर्दै राष्ट्रपतिविरुद्ध मुद्दा लगाउन नपाइने जिकिर गरिएको हो। राष्ट्रपति कार्यालयका निमित्त सचिव रुपनारायण भट्टराईले पेस गरेको जवाफमा […]
सिमकोट । चालु आर्थिक वर्ष सकिन छ दिन मात्रै बाँकी रहेको बेला कर्णाली प्रदशेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सत्तासाझेदार दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही सहित अचानक हुम्ला सदरमुकाम सिमकोट पुगेका छन् । गएको असार १ गते कर्णाली प्रदेश सभामा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट पास नभएर लामो समयदेखि प्रदेश सभा अवरुद्ध भएको बेला […]
काठमाडौं । नेकपा एमालेको विवाद समाधान कार्यदलले सहमतिका लागि तयार गरिएको मस्यौदालाई अन्तिम रुप दिने भएका छन् । सिंहदरबारमा शुक्रबार बसेको कार्यदल बैठकमा मस्यौदामााथि दुवै पक्षको सुझाव समेटेर अन्तिम रुप दिन छलफल भएको कार्यदलका सदस्य रघुजी पन्तले जानकारी दिए । कार्यदलको मस्यौदाले अन्तिम रुप पाएपछि एमालेका अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपालसमक्ष […]
काठमाडौं । नेपाली काँग्रेसको ५३ जिल्लाको क्रियाशिल सदस्यता विवाद टुङ्गो लागेको छ । काँग्रेसको आगामी भदौ १६ देखि १९ सम्म हुने १४ औँ केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाताका रुपमा रहेको क्रियाशिल सदस्यता ती जिल्लाको ९० निर्वाचन क्षेत्रको टुङ्गो लागेको हो । ७७ जिल्लाको १६५ निर्वाचन क्षेत्रबाट आठ लाख ५० हजार क्रियाशिल सदस्यताको नामावली दर्ता भइसकेको […]
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्दैछ । आज बिहान साढे ११ बजे अर्थ मन्त्रालयमा बैठक बस्ने तय भएको नेता सुवास नेम्वाङले जानकारी दिए। नेकपा एमाले भित्रको विवाद समाधान गर्न गठन भएको कार्यदलको प्रगति विगत १० दिन देखि शून्य रहेका बेला फेरि बैठक बस्न लागेको हो। बिहीबार बिहान बसेको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेश खारेजी हुनुपर्ने जिकिर गरेका छन् । प्रधानमन्त्री ओलीले लिखित जवाफमा मन्त्रिपरिषद् विस्तार नितान्त राजनीतिक विषय भएकाले यसलाई कानुनी प्रश्न भन्न नमिल्ने जिकिर छ । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतबाट ८ असारमा मन्त्रिपरिषद् विस्तारको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश खारेज हुनुपर्ने दाबी […]