रुकुम पूर्वमा पुर्ण घर्तीको अग्रता

रुकुम पूर्व । रुकुम पूर्वमा मतगणना सुरु भएको छ। प्रतिनिधिसभामा माओवादीका पूर्ण घर्ती मगरले फराकिलो अग्रता लिएका छन्। ७ हजार ८ सय २० मतगणना हुदा घर्तीले ४ हजार ६ सय ७५ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार कैलाश कुमार मल्लले १ हजार ९ सय ४५ मत ल्याएका छन्। प्रदेश नम्बर १ मा स्वतन्त्र उम्मेदवार […]

कांग्रेस महामन्त्री शर्मा साढे ६ हजार मतान्तरले अगाडि

झापा ।  झापा क्षेत्र नं– १ मा ३४ हजार चार सय २९ मत गणना जारी छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा (एमाले) का उम्मेदवार अग्नि खरेललाई ६ हजार पाँच सय ७३ मतले पछि पारेका छन् । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले १७ हजार दुई सय ९८ मत प्राप्त गर्दा एमालेका […]

ललितपुर क्षेत्र नम्बर २ (१) मा एमालेका श्रेष्ठ विजयी

ललितपुर ।  ललितपुर क्षेत्र नम्बर २ (१) को प्रदेशसभा सदस्यमा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन् । उनी ८ हजार २९८ मतका साथ विजयी भएका हुन् । यस्तै राप्रपाका धनराम केसी ६ हजार ८५१ मतका साथ पराजित भए भने कांग्रेसकी रिसा श्रेष्ठ तेस्रो भइन् ।

कालिकोटमा महेन्द्रबहादुर शाहीको अग्रता, पछ्याउँदै नेशनल

कालिकोट । कालिकोटमा नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन्। पहिलो चरणका ३ मतान्तरले अग्रता लिएका नेकपा एमालेका नगीन्द्र शाही ‘नेशनल’ दोस्रो चरणमा २४९ मतान्तरले पछि परेका छन्। प्रतिनिधि सभातर्फको १ हजार १२ मतगणना गर्दा पुर्व मुख्यमन्त्री शाहीले ५७५ मत प्राप्त गरेका छन् भने एमाले नेता शाहीले ३२६ मत पाएका छन्। यस्तै राप्रपाका […]

समानुपातिकतर्फ एक लाख मत कटाउने पहिलो दल बन्यो एमाले, कुन पार्टीको मत कति ?

काठमाण्डौं । प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नेकपा एमालेले एक लाख मत कटाएको छ । प्रारम्भिक मत परिणाम अनुसार एमाले समानुपातिकतर्फ एक लाख मत कटाउने पहिलो दल बनेको छ । एमालेले अहिलेसम्म प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ एक लाख एक हजार ६६५ मत पाएको छ । दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले अहिलेसम्म ८७ हजार २२५ मत […]

चार मतदान केन्द्रको जिम्मा महिलालाई

सिमकोट । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा चारवटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ । जिल्लामा ५८ मतदानस्थल र ५९ मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोहीअनुसार मतदान अधिकृतका लागि नाम दिएका योग्यता पुगेका सबैलाई मतदान अधिकृत बनाइएको जनाइएको हो । जिल्लामा रहेका […]

हुम्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

सिमकोट । हिमाली जिल्ला हुम्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । भोली आइतबार मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक गतिविधि तथा क्रियाकलापको कार्य अन्तिम चरणमा पुगेको छ । मतदानस्थल पुगेका कर्मचारी र सुरक्षाकर्मीले मतदानको आवश्यक तयारी गरिरहेका छन् । आज शनिवार साँझसम्म जिल्लाभर रहेका मतदान केन्द्रको सबै तयारी पुरा हुनुका […]

हुम्ला सदरमुकाम सिमकोट सुनसान

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट बजार यतिबेला सुनसान देखिएको छ । मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको लर्को लागेको छ । निर्वाचन आउन एक दिनमात्र बाँकी रहँदा सदरमुकाममा बसोबास गर्दै आएका नागरीक भोट हाल्न गाउँ फर्किएपछि सदरमुकाम सुनसान छाएको छ । दुई दिनअघि सदरमुकाम आसपासका भन्दा टाढा घर भएका नागरी […]

चुनावी नारामा सीमित सिमकोट सडक

सिमकोट। राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्ला हो । देशका अन्य सदरमुकाम सडक सञ्जालमा जोडिएको भए पनि हुम्ला सदरमुकाम सिमकोट अझै जोडिन सकेको छैन । हरेक निर्वाचनमा नेताको चुनावी नारा बनेको हुम्ला जिल्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदा स्थानीयले वर्षौंदेखि सास्ती झेल्दै आएका छन् । जिल्ला बाहिर जाने एक मात्रै विकल्प हो […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]