हुम्लाको सल्लाघारी माध्यामिक विद्यालय निल, जिल्लाभर ४६.१९ प्रतिशत उत्तीर्ण

सिमकोट । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा हुम्लाको एक वटा विद्यालयबाट शून्य प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । शून्य प्रतिशतमा उत्तीर्ण हुनेमा जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–५ मा पर्ने सल्ललाघारी विद्यालय रहेको छ । वडा –५ मा रहेको सल्लाघारी माध्यामिक विद्यालयबाट शून्य प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई हुम्लाका निमित्त […]

प्रिन्सीपल एशोसिएसन अफ नेपाल (पान) हुम्लाको अध्यक्षमा रोकाया सर्वसम्मत

सिमकोट । आज शनिवार प्रिन्सीपल एशोसिएसन अफ नेपाल (पान) हुम्लाको अध्यक्षमा बालमन्दिर माध्यामिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकाया सर्वसम्मत चयन हुनु भएको छ । सामुदायिक विद्यालयहरुको यो संगठन आजबाट देशभर लागु भएसँगै हुम्लाको अध्यक्षमा प्रधानाध्यापक रोकायालाई सर्वसम्मत चयन गरिएको हो । रोकायाको अध्यक्षतामा प्रधानाध्यापकहरुको सम्मेलन सम्पन्न भएको जिल्ला कार्यसमितीमा २५ जना प्रधानाध्यापक रहेको बताइएको छ । […]

चट्याङ लाग्दा मानधारा माविको सोलार ब्याट्रीमा क्षति

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा रहेको मानधारा माध्यामिक विद्यालयमा सोमबार दिउँसो चट्याङ लाग्दा सोलार ब्याट्रीमा क्षति गरेको छ । सोमबार दिउँसो १ बजेर १५ मिनेटमा चट्याङ लाग्दा क्षति गरेको मानधारा माध्यामिक विद्यालयका प्रधानध्यापक दिल बहादुर शाहीले बताउनुभयो । विद्यालयमा जडान गरिएको सबै सोलारमा चट्याङले क्षति पुर्याएको विद्यालयका प्रधानध्यापक शाहीले बताउनुभयो । विद्युतको पोलबाट सोलारको […]

मानसरोवर माध्यामिक विद्यालय परिसरमै च्याउ बनाउन प्रयोगात्मक अभ्यास

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माध्यामिक विद्यालयले विद्यालय परिसरमै विद्यार्थीका लागि च्याउ बनाउन प्रयोगात्मक अभ्यास गराउँदै आएको छ । मानसरोवर माध्यामिक विद्यालयमा कृषि प्राविधिक धारअन्तर्गतका कक्षा नौ र दशका विद्यार्थीलाई च्याउ बनाउन प्रयोगात्मक अभ्यास गराइदै आएको सोही विद्यालयका सहायक कृषि प्रशिक्षक चीन बोहराले बताउनुभयो । नौ र दशमा अध्ययनरत विद्यार्थीले च्याउ उत्पादन गरी […]

हावाहुरीले रामदेव विद्यालयको छानो उडायो

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर दुई ठेहेमा रहेको रामदेव माध्यामिक विद्यालयको छानो हावाहुरीले उडाएको छ । विद्यालयको छानो जस्तापाताले छाएको थियो । मंगलबार राती बेस्सरी चलेको हावाले जस्तापाताले छाएको छानो उडाएको हो । मंगलबार राती चलेको हावाले रामदेव माध्यमिक विद्यालयको दुई कोठे भवनको छानो उडाएको सोही विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष नर भण्डाररीले […]

विद्यालय भवन अभाव एउटै कोठामा फरक फरक कक्षाका विद्यार्थी पढाउँनु पर्ने बाध्यता

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर एक दोजाममा रहेको चाङला हिमाल आधारभूत विद्यालयले लामो समयदेखि भवनको अभावै अभाव झेल्नु परेको छ । बालबाविकासदेखि कक्षा पाँचसम्म रहेको उक्त विद्यालयमा यतिबेला भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको प्रधानाध्यापक राजु लामाले बताउनुभयो । प्रधानाध्यापक लामाले भन्नुभयो, “विद्यालयमा एउटै साँघुरो कोठामा दुई वटा फरक कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता […]

४५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न

सिमकोट । उद्यम गरौं स्वरोजगार बनौं, सिप सिकौ रोजगार बनौ भन्ने नाराका साथ सञ्चालन भएको ४५ दिने आधारभूत कम्प्युटर तालीम सम्पन्न भएको छ । लक्ष्मी मल्टिमिडियाको आयोजनामा र उद्योग तथा उपभोक्ता हित संरक्षणा कार्यालय हुम्लाको आर्थिक सहयोगमा बेरोजगार युवायुवतीका लागि कम्प्युटर तालिमको आज समापन भएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाले जिल्लाका […]

विद्यार्थीको प्रतिभा पहिचानका लागि एकल देउडा गायन र निवन्ध लेखन

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा सामाजिक विकास कार्यालयले आयोजना गरेको जिल्ला स्तरमा विद्यालय तहका विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्तरगर्त एकल देउडा गीत गायन प्रतियोगीता सम्पन्न भएको छ । भने साथै शिक्षामा नयाँ आयाम, आजको आवश्यकता विषयमा निबन्ध लेखन प्रतियोगिता समेत सञ्चालन भएर सम्पन्न भएको छ । जिल्लाभरीका विद्यालयलाई सहभागीताका लागि पत्रचार गरेपनि पाँचवटा विद्यालयको मात्रै […]

मानसरोवर बहुमुखी क्याम्पसको कार्यवाहक अध्यक्षमा विरजङ शाही

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा एक मात्रै २०६७ सालमा स्थापना भएको मानसरोवर बहुमुखी क्याम्पसको कार्यवाहक अध्यक्षमा विरजङ शाही चयन हुनु भएको छ । बुधबार बसेको बैठकले जेष्ठ सदस्यसमेत रहनुभएका शाहीलाई कार्यवाहकमा चयन गरेको हो । हालका अध्यक्ष छक्कबहादुर लामा अधिकांश समय जिल्लाबाहिर रहने भएकाले लामाकै सहमतिमा शाहीलाई कार्यवाहक अध्यक्ष बनाउने निर्णय गरिएको क्याम्पस प्रमुख दिपक […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]