कैलाश माध्यामिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

सिमकोट । हुम्लामा लामो समयदेखि शिक्षा, स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको आधार विकास नेपाल संस्थाले स्टेशनरीका सामग्री सहयोग गरेको छ । सिमकोट गाउँपालिका–७ सामा रहेको कैशाल माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि कापी,कलम, पेन्सील, इलेजर निशुल्क वितरण गरेको हो । कैलाश माध्यामिक विद्यालयलाई सात सय थान स्टेशनरीका सामग्री आधार विकास नेपालले सहयोग गरेको छ । स्टेशनरीका […]

हुम्लाबाट एसइइमा ११ सय ९५ परीक्षार्थी सहभागी हुँदै

सिमकोट । यही चैत १५ गतेबाट सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) मा हुम्ला जिल्लाबाट एघार सय पन्चानब्बे जना परीक्षार्थी सहभागी हुने भएका छन् । सातवटा स्थानीय तह रहेको हुम्लामा ६ वटा परीक्षा केन्द्र तोकिएको छ । जिल्लाका २८ वटा माध्यमिक विद्यालयबाट ११ सय बढी बिधार्थी एसइइमा सहभागिता जनाउन लागेको शिक्षा विकास तथा समन्वय इकाईका […]

बाटो अवरुद्ध हुँदा विद्यालय जान विद्यार्थीलाई आवतजावतमा समस्या

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा –४ मा रहेको हिल्दुम गाउँ र वडा नम्बर पाँचको विचमा पर्ने सिमा क्षत्रेमा रहेको खोलामा सडक निर्माण हुँदा बाटो बन्द भएपछि आवतजावतमा कठिनाई भएको छ । हिल्दुम गाउँका नागरिकलाई उक्त खोला नजिकको बाटो माथिबाट डोजरले सडक निर्माण गर्दा आवतजावतमा समस्या बनाएको छ । सडक निर्माण हुँदा गाउँबाट सदरमुकाम सिमकोटमा […]

बालविकास आधारभूत विद्यालय हिल्दुमको दुई कोठे विद्यालय भवन उद्घाटन

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ४ को हिल्दुम गाउँमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको दुई कोठे विद्यालय भवन उद्घाटन बुधबार उद्घाटन गरिएको हो । गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बालविकास आधारभूत विद्यालयमा निर्माण सम्पन्न भइ पठनपाठन सञ्चालनमा ल्याउनका लागि दुई कोठे भवनको आज उद्घाटन गर्नुभएको हो । शैक्षिक सुधार कार्यक्रमको बजेट रु ३२ […]

मानसरोवर माध्यामिक विद्यालयमा स्मार्ट बोर्डबाट कक्षा सञ्चालन

सिमकोट । जिल्लाको सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माध्यामिक विद्यालयमा आजबाट स्मार्ट बोड कक्षा सञ्चालनमा आएको छ । हुम्लामा प्रविधिको माध्यमबाट पठनपाठन गर्ने मानरोवर माध्यामिक विद्यालय पहिलो भएको हो । विद्यार्थीलाई कक्षा सञ्चालन गर्न सहजका लागि स्मार्ट बोर्ड कक्षा सञ्चालनमा ल्याइएको विद्यालयका प्रधानध्यापक अमर बहादुर शाहीले बताउनुभयो । आजै एक कार्यक्रमका विच सिमकोट गाउँपालिका अध्यक्ष विजय […]

लिमीका ५४ बालबालिकाले नियमीत र दादुरा–रुबेला विरुद्धको खोप लगाउन पाएनन्

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका बालबालिका दादुरा–रुवेला खोप लगाउनबाट बञ्चित भएका छन् । देशभर ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाउने राष्ट्रिय अभियान सञ्चान भएपनि तील,जाङ र हल्जी गाउँका ५४ जना बालबालिकाले खोप लगाउन नपाएका हुन् । यहाँका बालबालिकाले यो राष्ट्रिय खोप मात्रै नभएर खोप मात्र नभएर बालबालिकाले नियमित रूपमा […]

सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ, एसइई दिने विद्यार्थी मर्कामा

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन ११ घण्टा बढी लोडसेडिङ हुँदा यही चैतमा हुने एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन् । एसइईको परीक्षा नजिकिदै आएपनि चर्काे लोडसेडिङ हुँदा विद्यार्थीले साँझको समयमा पढ्न नपाएको गुनासो गरेका छन् । एसइई दिने विद्यार्थीलाई मात्रै नभएर अन्य विद्यार्थीलाई समेत घरमा गृहकार्य तथा लेख पढ््न समस्या बनाएको गुनासो […]

सिमकोट गाउँपालिकाले २०८१ का लागि शैक्षिक क्यालेन्डर प्रकाशन गर्ने

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले २०८१ का लागि शैक्षिक क्यालेन्डर प्रकाशन गर्ने भएको छ । बुधबार विहान सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकिय शुवास आलेको संयोजकत्वमा शैक्षिक क्यालेण्डर निर्माण समिति गठन गरिएको हो । बैठकले २०८१ बैशाख १ गते पालिका भित्र रहेका प्रत्येक विद्यालयमा पुग्ने गरी क्यालेन्डर प्रकाशन गरिने भएको छ । गाउँपालिकाले शैक्षिक सत्र […]

ताँजकोट गाउँपालिकाले हटायो करार सेवाका कर्मचारी

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाले करारका कर्मचारीलाई सेवाबाट हटाउने निर्णय गरेको छ । ताँजकोट गाउँपालिकाले यसअघि करार सम्झौतामा काम गर्दै आएका गाउँपालिका कार्यालय, गाउँपालिकाबाट तलब भत्ता भुक्तानी हुने वडा कार्यालयका सबै करार सेवाका कर्मचारी, स्वास्थ संस्थाहरुका सबै करार सेवाका कर्मचारीहरु र विद्यालयहरुमा गाउँपालिकाको अनुदान अन्तर्गत सम्पुर्ण शिक्षक, विद्यालय कर्मचारी तथा बालबिकास सहजकर्ताहरुको […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]