शैक्षिक सत्र सुरु नहुँदै यस पटक हुम्लामा पुगे पाठ्यपुस्तक

सिमकोट । समयमै पाठ्यपुस्तक नपुग्ने हिमाली जिल्ला हुम्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै विद्यालयमा पाठ्यपुस्तक पठाइएको छ । जिल्लाका चार गाउँपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको हो । शैक्षिक सत्र सुरु भएको महिनौँ दिनसम्म पुस्तक नपाएको गुनासो गर्ने विद्यार्थीले यस पटक भने शैक्षिक सत्र सुरु भएको दिन नै पुस्तक पाउने भएका छन् । पुस्तक […]

६० वर्षीय बुबा र १५ वर्षीय छोराले सँगै दिए एसइई

सिमकोट । हुम्लामा ६० वर्षिय बुबा र १५ वर्षीय छोराले सँगै माध्यमिक शिक्षा परिक्षा एसइई दिएका छन । जिल्लाको मध्ये भेगमा रहेको कोट माध्यमिक विद्यालय रोडिकोट परिक्षा केन्द्रमा सर्केगाड गाउँपालिका वडा नम्वर ५ का ६० वर्षीय मानबहादुर शाही र १५ वर्षिय छोरा यज्ञबहादुर शाहीले सँगै एसइईको परिक्षा दिएका हुन । पुरानो पुस्ता र नयाँ पुस्ताका […]

बारामा एसईईको प्रश्नपत्र बाहिरियो

बारा । बाराको एक परीक्षा केन्द्रबाट एसईईको प्रश्नपत्र बाहिरिएको छ । बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट अङ्ग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको हो । परीक्षा सुरु भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिरिएको हो ।  

स्कुलले प्रबेस पत्र नदिएपछी तिलहरी धितो राखिन आमाले !

कोहलपुर । कोहलपुर २, गौरीनगरकी कस्तुरा बुढाले  छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी छन । शुल्क बुझाउन नसकेका कारण विद्यालयले प्रवेशपत्र नदिएपछि उनले गलाको तिलहरी पसलमा धितो राखेर शुल्क तिरेकी हुन्  ।कस्तुराले कोहलपुरको एक सुनचाँदी पसलमा पाँच हजार रूपैयाँमा तिलहरी धितो राखेकी हुन । ‘घरको आर्थिक अवस्था कमजोर हुँदा […]

आजबाट एसइई परिक्षा, हुम्लामा एक हजार २ सय ३४ विद्यार्थी सामेल हुँदै

सिमकोट । आजबाट देशभर सहित हिमाली जिल्ला हुम्लामा सुरु भएको माध्यामिक शिक्षा परिक्षा एसइईमा एक हजार २ सय ३४ जना विद्यार्थी सहभागी हुने भएका छन् । अहिले विहान ८ वजेबाट सुरु हुने उक्त एसइई परिक्षाको सम्पुर्ण तयारी कार्य पुरा हुनुका साथै हुम्लाबाट १ हजार २ सय ३४ जना परिक्षार्थीहरू एसइई परिक्षामा सामेल हुने भएका छन् […]

हुम्ला । कर्णालीका पाँच जिल्ला अझै साक्षर घोषणा हुन सकेका छैनन्। आव २०७५(७६ को नीति तथा कार्यक्रममा तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर घोषणा गर्ने भनिएको थियो। प्रदेश शिक्षा निर्देशनालयका अनुसार प्रदेशका १० जिल्लामध्ये पाँचवटा जिल्ला साक्षर घोषणा हुन बाँकी छन्। सो आर्थिक वर्षमा प्रदेश सरकारले तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिसक्ने भन्दै रु […]

हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

सिमकोट । चिसो बढेसंगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लाका अधिकांस विद्यालयले वार्षिक परीक्षा सकेर मिनपचास विदाका लागि विद्यालय बन्द गरेका छन् भने सदरमुकाम आसपासका अधिकांस विद्यालयले फागुन पछि मात्रै वार्षिक परिक्षा सम्पन्न गरेर नयाँ शैक्षिक शत्र सञ्चालन गर्ने भएका छन् । बन्द भएका विद्यालय अब फगुनमा मात्र खुल्ने छन् […]

सार्वजनिक बिदामा पनि पठनपाठन

सिमकोट । हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने हिमालपारीको गाउँको नामले चिनीने लिमीमा सार्वजनिक विदाको समयमा पनि निरन्तर पठनपाठन चलिरहेको छ । नेपालीहरुको महान चाड दसँै बेला पनि सामुदायिक विद्यालयमा पठनपाठन जारी रहन्छ भन्ने कुरा सहज रुपमा पत्याउन नसकिने हो । हिमालपारिको गाउँ लिमीका सामुदायिक विद्यालयमा दशैँ बिदामा पनि पढाइ […]

सिमकोट गाउँपालिकाद्धारा विद्यार्थीलाई कम्बल सहयोग

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले ५८ औं वालदिवसको अवसरमा विद्यार्थी कम्बल सहयोग गरेको छ । सदरमुकाममा रहेको हिमाली छात्रावासमा अध्ययनरत विद्यार्थीलाई कपडाको समस्या भएपछि गाउँपालिकाले कम्बल सहयोग रहेको गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो । मानसरोवर माध्यामिक विद्यालय अन्तरगतको हिमाली छात्रावासमा अध्ययन गर्ने ५० जना विद्यार्थी मध्ये २५ जनालाई एक–एक थान कम्बल सहयोग […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]