सिमकोट । स्थानिय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथ लिने र पदभार ग्रहण गर्दै गर्दा वडाध्यक्ष देखि पालिकाको अध्यक्षहरुले पहिलो निर्णय सार्वाजनिक गरेका छन । हुम्लाका कतिपय जनप्रतिनिधिहरु पदभार ग्रहण गर्दा तलबभत्ता नलिने घोषणा गरेका छन् । उक्त तलवभत्ता पाउने रकमबाट सामाजिक काममा लगानी गर्ने अदनचुली गाउँपालिका वडा ४का वडाध्यक्ष मनर्षि पाण्डेले घोषण गरेका छन । अदानचुली […]
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाका नागरीकलाई यतिबेला जिल्ला बाहिर जान समस्या भएको छ । हुम्लामा उडान भर्दै आएका निजी एयरलाइन्सले निकै लामो समयदेखि हुम्लाका लागि नियमीत उडान नगर्दा सडकसँग नजोडिएको यहाँका नागरीकलाई जिल्ला बाहिर जान सास्ति भएको छ । सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालले नछोएको हुँदा हुम्लाका नागरिक काम विशेषले शहर जानुपर्दा निकै समस्या […]
सिमकोट । माध्यामिक शिक्षा (एसइई ) नजिकिए सँगै हुम्लाका विद्यालय विद्यार्थीलाई हौसला प्रदान गर्ने उद्धेश्यले विदाई कार्यक्रममा जुटेका छन् । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका सहित अन्य पालिका भित्र रहेका माध्यामिक विद्यालयले विदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न थालेका हुन् । मङ्गलबार सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर मावि, वडा दुई ठेहेमा रहेको रामदेब मावि, र […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा ३ मा रहेको रलिङ्ग माध्यामिक विद्यालयमा आज वृक्षारोप गरिएको छ । एभ्रिकोट अर्थात चुली जातका एक सय ४२ बोटहरु विद्यालय परिसरमा लगाइएको छ । बाख्रेजुर, चिया तथा फलफुल नर्शरी ठेहेले उत्पादन गरेको उक्त चुली जातका बोटहरु लगाइएको सोही विद्यालयका शिक्षक सुर्यमणी बोहराले बताए । जिल्ला कृषि विकास कार्यालय हुम्लाको […]
सिमकोट । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय युनेस्को निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयको आयोजना र सिमकोट गाउँपालिकाको शिक्षा शाखाको समन्वयमा दुई दिने स्थानिय तह विश्व भुमन्डलिय नागरिक शिक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सिमकोट गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष जयचन्द रोकायाको अध्यक्षता र शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयका सचिव यादव […]
सिमकोट । ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बालविवाह सम्बन्धी जनचेतना मुलक देउडा प्रतियोगीता सम्पन्न भएको छ । लामो समय देखि महिला, बालबालिका, लगायतका क्षेत्रमा काम गर्दै आएको नेपाल अष्ट्रिया साँझेदारी संस्थाले हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका वडा ५ र ६ मा गाउँमा बालविवाह न्युनिकरणका लागि देउडा प्रतियोगीता सञ्चालन गरेर सम्पन्न गरेको छ । […]
सिमकोट । उच्च हिमाली दुर्गम हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेको रलिङ्ग माध्यामिक विद्यालयलाई तीन थान ल्यापटप सहयोग गरिएको छ । काठमाडौंको सास इस्टिच्युट प्राइभेट लिमिटेडले रलिङ्ग माध्यामिक विद्यालयलाई निःशुल्क ल्यापटप उपलब्ध गराएको हो । वडा –३ का स्थानीय रविन्द्र लामाको सहजीकरणमा न्यून आयश्रोत भएको दुर्गमको रलिङ्ग माविलाई ३ थान ब्रान्डेड ल्यापटप सहयोगस्वरुप उपलब्ध भएको विद्यालयका […]
सिमकोट । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाअन्तर्गत फुचा गाउँमा रहेको नीलकण्ठ आधारभूत विद्यालयको अवस्था दयनीय रहेको छ । झट्ट हेर्दा विद्यालयको जस्तापाता पानी चुहिने छन् भने कक्षाकोठाभित्र बसेर पढ्न नसकिने अवस्था रहेको छ । विद्यार्थी अहिले खाली चौरमा बसेर पढ्न बाध्य छन् । विद्यालयको भवन अति नै जीर्ण भएका कारण १६४ भन्दाबढी विद्यार्थीलाई खुला […]
सिमकोट । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा हुम्लाका ३९ वटा विद्यालय छनोट गरेको छ । जिल्लाबाट कार्यक्रमका लागि आवेदन दिएका विद्यालयमध्ये ३९ वटा छनोट भएको हो । विद्यालयको प्रस्तावना र कार्यालयबाट सिफारिस गरिएका कुल एक सय विद्यालयमध्ये ३९ वटा विद्यालयको प्रस्तावना कार्यक्रमका लागि स्वीकृत भएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख […]