पुस १५, २०८१ काठमाडौँ — गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको […]
सिमकोट । हुम्लाका विभिन्न गाउँ बस्तीमा आइतबार राती भुवो पर्व मनाइएको छ । आइतबार राति सल्लाको दियालोको राँको बनाएर परम्परागत ‘भुवो पर्व’ जिल्लाको सिमकोट, सर्केगाड, खार्पुनाथ, चंखेली, अदानचुली, ताँजकोट गाउँपालिकामा रहेका विभिन्न गाउँवस्तिमा मनाइएको हो । जिल्लाका अधिकांश गाउँपालिकामा आ–आफ्नो गाउँ टोलबाट सुरु भई विभिन्न बस्तीमा सल्लाको दियालो सल्काएर गाउँको पाइकपर्ने स्थान (भुवाखाडो)मा जम्मा भई […]
सिमकोट । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातीदेखि हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदले बाक्लो बादल लागेका कारण राती देखि हिमपात भएको हो । शनिबार विहान सदरमुकाम सिमकोटमा चार इन्च हिउँ जमको छ । भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ । हुम्लामा तेस्रो पटक […]
सिमकोट । हिमाली जिल्ला हुम्लामा पुन:दोस्रो पटक हिमपात हुँदा अन्तर जिल्ला जोड्ने छोटो दुरीको हवाई सेवा अवरुद्ध भएको छ । सोमबार रातीदेखि जिल्लामा हिमपात हुँदा हवाई सेवा अवरुद्ध हुन पुगेको हो । मङ्गलबार विहान पनि जिल्लामा हिमपात हुनुका साथै बाक्लो कुहिरो लागेका कारण हवाई सेवा अवरुद्ध हुन पुगेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । […]
सिमकोट । हुम्लामा दोस्रोपटक पुन: हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए । यहाँ दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिकामा कार्यरत कर्मचारीले कार्यालय समयमा ब्याडमिन्टन खेलेर दिन विताउने गरेका छन् । सर्केगाडका कर्मचारीले कार्यालय समय पालना नगरेको पाइएको छ । आइतबार दिउँसो गाउँपालिकामा कार्यरत कर्मचारीले कार्यालय समय दिउँसो बाह्र बजे ब्याडमिन्टन खेल खेलेर विताइरहेका थिए । जिल्लास्थित सञ्चारकर्मीको टोली यस क्षेत्रमा पुग्दा उनीहरुले खेल खेलेर समय विताएको […]
सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकामा प्रकासनीक कामका लागि इलाका प्रशासन कार्यालयदेखि विभिन्न संघ संस्था, बैक वित्तीय संस्था समेत छन् । यतिबेला पालिका केन्द्र रहेको सर्केगाडमा यहाँका नागरीकले टेलिफोन, विद्युत, खानेपानी लगायतका समस्या भोग्नु परेको छ । सदरमुकाम सिमकोट पछिको सर्केगाडमा यतिबेला दश दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत ग्रीहमा रहेको […]
सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका केन्द्रमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको । विद्युत सेवा अवरुद्ध भएसँगै पालि केन्द्र सहित आसपासका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नु परेको छ । गाउँपालिका–५ मा रहेको कुति गाउँको भदालीमा रहेको टेलिफोन टावरमा खराबी आउँदा टेलिफोन सेवा अवरुद्ध भएको सर्केगाडमा होटेल व्यवसाय गर्दै […]
सिमकोट । हुम्लाको सिमकोटमा रहेका महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले उद्योग तथा उपोक्ता हित संरक्षण कार्यालयले ढाका बुनाई तालिम सञ्चालन प्रदान गरेको छ । सिमकोट गाउँपालिका–५ र ६ का दश जना महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यल तीन महिने ढाका बुनाई तालिम मङ्गलबारदेखि सुरुc गरिएको हो । यहाँका महिलालाई जीवनोपयोगी सीप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर […]