ओझेलमा हुम्लाको प्रसिद्ध धार्मिकस्थल “रल्लिङ्ग”

सिमकोट । पर्यटकीय सम्भावना बोकेर पनि उचित प्रचार प्रसारको अभावले हुम्लाको प्रसिद्ध धार्मिक स्थल धार्मिकस्थल “रल्लिङ्ग” गुम्बा तथा पर्व ओझेलमा पर्दै आएको छ । महत्वपूर्ण पर्यटकीयस्थल “रल्लिङ्ग” भएपनि आन्तरिक व्यवस्थापनको अभाव, व्यवस्थित पदमार्ग नहुनु, होमस्टे सञ्चालनमा नआउनु, प्रचारप्रसारको कमी तथा पर्यटन सूचना केन्द्रको अभाव, सुरक्षा चुनौती लगायतका कारण पर्यटकीयस्थल “रल्लिङ्ग” गुम्बा ओझेलमा परेको हो । […]

भीरबाट लडेर एक जनाको मृत्युु

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपाकालिका– १ मा भीरबाट लडेर एक जना युवकको मृत्युभएको छ । अदानचुली गाउँपालिका– १ को कल्खे गाउँका २४ वर्षीय युवा गौरीलाल दानी आइतबार राति कल्खेबाट दोमुुख फर्कने क्रममा भीरबाट लडेर मृत्युु भएको हो । आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुुख फर्कने क्रममा लौठारुख भीरबाट लडेर मृत्युु […]

आत्महत्या रोकथामका लागि विद्यार्थीलाई अभिमुखिकरण

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ डाडाफयाँमा रहेको कैशाल माध्यामिक विद्यालयका विद्यार्थीलाई आत्महत्या रोकथामका लागि अभिमुखिकरण तालिम दिइएको छ । जिल्ला प्रहरी कार्याललय हुम्लाको “समुदाय–प्रहरी साँझेदारी” अन्तर्गत कैलाश माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा ८,९ र १० का झण्डै ६० जना भन्दा बढी विद्यार्थीलाई आत्महत्या रोकथाम सम्वन्धि सचेतना गराइएको हो । आत्महत्याको जोखिम कस्ता व्यक्तिमा हुने गर्दछ र […]

कर्णाली नदीमा एक युवक बेपत्ता

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका- २ मा पर्ने कर्णाली नदीमा एक युवक बेपत्ता भएका छन् ।  अदानचुली गाउँपालिका- २ निवासी ४० वर्षिय छक्क बुढा पौडी खेलेर कर्णाली नदी पार गर्ने कम्रमा बेपत्ता भएका हुन् ।     विहिवार दिउँसो कर्णाली नदीमा माछा मार्न जाल हाल्ने क्रममा कर्णाली नदीमा वगेको प्रतक्ष्यदर्शीलाई उद्विर्त गर्दै […]

‘लम्पी स्कीन’ रोगले १२७ पशु मरे, सोह्र सय बढी संक्रमित

सिमकोट । हिमाली जिल्ला हुम्लामा वैशाख दोस्रो सातायता पशुचौपायामा ‘लम्पी स्कीन’ रोगको सङ्क्रमण देखापरेको छ । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको सङ्क्रमण हाल प्रकोपकै रूपमा फैलिएको छ । लम्पी नामको छालाको संक्रमणले पशुहरु बिरामी हुने र दैनिक मर्ने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख कृष्ण रोकायाले बताउनुभयो । अहिलेसम्म […]

विष सेवन गरेर युवतीको मृत्यु

सिमकोट । हुम्लामा विष सेवन गर्दा एक जना युवतीको मृत्यु भएको छ । सिमकोट गाउँपालिका –७ का सोविका शाहीले विष सेवन गर्दा मृत्यु भएको हो । आइतबार राती २ बजे विष सेवन गरेककी १८ वर्षिय शाहीलाई सोमबार विहान दश बजे उपचारका लागि जिल्ला अस्पतालमा ल्याएको भएपनि उपचारका क्रममा मृत्यु भएको अस्पतालका सिनियर अनमी सरीता बोहराले […]

गुनासो व्ययवस्थापन समिती र बालबालिकालाई तालिम

सिमकोट । हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकाका विद्यालयमा गुनासो व्यवस्थापन समिती तथा बालक्लबका विद्यार्थीलाई तालिम दिइएको छ । पाँचवटा माध्यामिक विद्यालयका गुनासो व्यवस्थापन समिती र बाल क्लबका पदाधिकारीलाई गुनासो पेटीका व्यवस्थापन सम्बन्धमा अभिमुखिकरण प्रदान गरीएको हो । नेपाल सरकारको गुनासो सुनुवाई कार्यबिधी २०७४ अन्र्तगत व्यवस्था भए बमोजिम गुनासो सुनुवाई समिती गठन गर्न पाँचवटा माध्यामिक विद्यालयमा […]

अदानचुलीको पालिका केन्द्र श्रीनगरमा चोरीका घटना बढे

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको पालिका केन्द्र श्रीनगरमा पछिल्लो समय चोरीका घट्ना दिनप्रतिदिन बढ्दै गएका छन् । पालिका केन्द्र श्रीनगरमा होटल, पसल व्यवसायी बढ्दै जाँदा चोरहरुले मौका छोपी राती चोरी गर्न थालेका छन् । मंगलबार र बुधबार राती लगातार श्रीनगरको मुख्य बजारमा भएका पसलहरुमा चोरीका घटना घटेका हुन् । गाउँपालिकाको केन्द्र श्रीनगरको […]

हिल्लानाका पूर्णरूपमा सञ्चालनमा आयो

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका अन्तरगत पर्ने हिल्सा नाका सोमबारबाट पूर्णरूपमा सञ्चालनमा आएको छ । दुइदेशका राष्ट्र प्रमुख अन्य पदाधिकारीहरुको बैठक बसि आजबाट हिल्सा नाका पूर्णरूपमा सञ्चालनमा ल्याउने निर्णय गरिएको हो । झण्डै चारवर्ष देखि बन्द रहेको हिल्सा नाका सोमबारबाट सञ्चालनमा आउँदा हुम्लाका स्थानीय खुसि भएका छन् । कोरोना कहरका कारण हिल्सा सिमानाका बन्द […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]