
सिमकोट । जिल्ला प्रशासन कार्यालय हुम्लाको अगुवाइमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन, स्वास्थ्य सेवा र मालपोत कार्यालयले हुम्लामा पहिलोपटक सेवाग्राहीसँग सेवा प्रवाहलाई प्रभावकारी बनाउन आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । जिल्लास्थित संघिय र प्रदेश मातहतका सरकारी कार्यालयले हालसम्म सार्वजनिक सुनुवाइ समेत गर्न सकेका थिएनन् । सेवाग्राहीको […]
सिमकोट । जिल्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाको वडा नम्बर एक देखि पाँच सम्मका आठ वटा बस्ति पहिरोको उच्च जोखिममा रहेको बताइएको छ । आज जिल्ला प्रशासन कार्यालय हुम्लामा बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले ताँजकोटका विभिन्न आठवटा बस्ति भिरालो जमिन भएकाले उच्च जोखिममा रहेको बताइएको छ । ताँजकोट गाउँपालिकाको वडा नम्बर एकको कोलपेल्ना, वडा […]
पोखरा – पोखरामा फेवातालमा भएको ड्रागन बोटरेसमा डोङगुआन लेओयु क्लब ग्वाङडोङले दाहोरो उपाधि हात पारेको छ। आइतबार र सोमबार दुई दिनसम्म चलेको दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोटरेसमा डोङगुआन लेओयु क्लबले २०० र ५०० मिटर दुवै विधामा उपाधि हात पारेको हो। २०० मिटरतर्फ ४७.७२ सेकेन्ड र ५०० मिटरतर्फ २ मिनेट ४.४७ सेकेन्डमा दूरी पार गर्दै उपाधि […]
पुस १५, २०८१ काठमाडौँ — गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको […]
सिमकोट । हुम्लाका विभिन्न गाउँ बस्तीमा आइतबार राती भुवो पर्व मनाइएको छ । आइतबार राति सल्लाको दियालोको राँको बनाएर परम्परागत ‘भुवो पर्व’ जिल्लाको सिमकोट, सर्केगाड, खार्पुनाथ, चंखेली, अदानचुली, ताँजकोट गाउँपालिकामा रहेका विभिन्न गाउँवस्तिमा मनाइएको हो । जिल्लाका अधिकांश गाउँपालिकामा आ–आफ्नो गाउँ टोलबाट सुरु भई विभिन्न बस्तीमा सल्लाको दियालो सल्काएर गाउँको पाइकपर्ने स्थान (भुवाखाडो)मा जम्मा भई […]
सिमकोट । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातीदेखि हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदले बाक्लो बादल लागेका कारण राती देखि हिमपात भएको हो । शनिबार विहान सदरमुकाम सिमकोटमा चार इन्च हिउँ जमको छ । भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ । हुम्लामा तेस्रो पटक […]
सिमकोट । हिमाली जिल्ला हुम्लामा पुन:दोस्रो पटक हिमपात हुँदा अन्तर जिल्ला जोड्ने छोटो दुरीको हवाई सेवा अवरुद्ध भएको छ । सोमबार रातीदेखि जिल्लामा हिमपात हुँदा हवाई सेवा अवरुद्ध हुन पुगेको हो । मङ्गलबार विहान पनि जिल्लामा हिमपात हुनुका साथै बाक्लो कुहिरो लागेका कारण हवाई सेवा अवरुद्ध हुन पुगेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । […]
सिमकोट । हुम्लामा दोस्रोपटक पुन: हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए । यहाँ दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिकामा कार्यरत कर्मचारीले कार्यालय समयमा ब्याडमिन्टन खेलेर दिन विताउने गरेका छन् । सर्केगाडका कर्मचारीले कार्यालय समय पालना नगरेको पाइएको छ । आइतबार दिउँसो गाउँपालिकामा कार्यरत कर्मचारीले कार्यालय समय दिउँसो बाह्र बजे ब्याडमिन्टन खेल खेलेर विताइरहेका थिए । जिल्लास्थित सञ्चारकर्मीको टोली यस क्षेत्रमा पुग्दा उनीहरुले खेल खेलेर समय विताएको […]