
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रका विभिन्न चोकमा सिमकोट गाउँपालिकाले सिसि क्यामेरा जडान गरेको छ । बजार क्षेत्रमा रहेका तीनवटा मुख्य चोकमा सिसिटिभि क्यामेरा जडान गाउँपालिकाले गरेको हो । सिमकोट बजारका मुख्य चोकमा चोरी लगायत अपराधिक घटना हुन नदिन र भई हालेमा तत्कालै अनुसन्धानका लागि सहज होस् भन्ने उदेश्यले गाउँपालिकाले पाँचवटा सिसिटिभि जडान गरेको […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–२ प्याम्फेक गाउँका धन बहादुर बोहराको एक मृगौला फेल हुँदा उपचारमा आर्थिक अभाव भएको छ । ४१ वर्षिय बोहराको एक मृगौला काम नगर्दा उपचारमा आर्थिक अभाव हुँदा आफन्त आर्थिक सहयोगको अपिल गरेका छन् । संघिय राजधानी काठमाण्डौंमा रहेको विर अस्पतालमा उपचारत ४१ वर्षिय बोहरालाई उपचारमा आर्थिक अभाव हुँदा सक्ने जति सहयोग […]
सिमकोट । हुम्ला जिल्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा कार्यरत अस्थायी र स्थायी कर्मचारीले तलब भत्ता नपाएको बताएका छन् । गाउँपालिकामा कार्यरत स्थायी २१ जना र (करार) नियुक्त अस्थायी ८२ जना कर्मचारीले तलब नपाएको गुनासो गरेका छन् । वित्तिय समानीकरणको बजेट सबै फिर्ता हुँदा यो आर्थिक वर्षमा गाउँपालिकामा कार्यरत कर्मचारीले तलब पाउन नसकेका हुन् । […]
सिमकोट । आइतबार राती आएको वर्षाको कारण हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका –२ भट्टेवाडामा बाढीले ठूलो क्षति पुर्याएको छ । आइतबार आएको बाढीले यस क्षेत्रका घर, शौचालय, खानेपानी पाइप, खेतबारी लगायतमा ठूलो क्षति गरेको जनाइएको छ । बाढीले भौतिक क्षति गरेपनि मानवीय क्षति भने नभएको जानकारी प्राप्त भएको छ । निवर्तमान वडाध्यक्ष हरिहर उपाध्यायका […]
सिमकोट । देशमा शान्ति आएपनि अहिलेका विभिन्न राजनितिक दलका नेतामा शान्ति नआएको भन्दै शान्तिको सन्देश बोकेर साइकल यात्रामा निस्किएका मोरङ जिल्लाको रतुवामाइ नगरपाली –४ का ७१ वर्षीय रामभक्त प्याकुरेल हुम्लाको सदरमुकाम सिमकोट पुगेका छन् । पूर्वबाट यात्रा सुरु गर्नुभएका ७१ वर्षिय साइलकयात्री प्याकुरेलले अहिलेसम्म देशका ६१ जिल्ला घुमीसकेको बताउनुभयो । जनतामा शान्ति आएको छ, देशमा […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका(१ को खच्चामा पर्ने कर्णाली राजमार्ग सडक खण्डमा सामान ल्याएर आएका दुईवटा मालबाहक ट्रक फसेका छन् । आइतबार विहान ११ बजे उक्त सडकमा सुख्खा पहिरो र सडक भाँसिदा सवारी साधन आउजाउ बन्द हुनुका साथै दुईवटा ट्रक फसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । […]
सिमकोट । हिमाली जिल्ला हुम्लामा रहेका सात वटा स्थानीय तह मध्ये चारवटा गाउँपालिकामा ५५ हजार आठ सय भेडा बाख्रा रहेका छन् । जिल्लाका चारवटा सिमकोट, नाम्खा, खार्पुनाथ र अदानचुली गाउँपालिकामा ठूलो संख्यामा किसान भेडा बाख्रा पालनमा रमाउँदै आएका छन् । चारवटा गाउँपालिकामा ५५ हजार रहेका छन् । सिमकोट अठार हजार आठ सयको हाराहारीमा भेडा बाख्रा […]
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर दुई थाली गाउँमा बुधबार राती लडेर एक युवकको मृत्यु भएको छ । वडा नम्बर दुई थाली गाउँका २५ वर्षिय हिर रावलको बुधबार राती लडेर मृत्यु भएको स्थानीय जगत रावलले बताउनुभयो । आफन्तको घरबाट सुत्न गएका रावल रातीको करीब आठ बजे लडेर मृत्यु भएसकेको भएपनि आफुहरुले रातीको १२ बजे […]
सिमकोट । हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकाका लक्षित वर्गका कृषकलाई निःशुल्क तरकारी विउ वितरण गरिएको छ । लामो समयदेखि जिल्लामा कृषि, स्वास्थ्य, शिक्षा लगायत विभित क्षेत्रमा काम गर्दै आएका दुई संस्थाले तरकारी विउ वितरण गरेका हुन् । गुडनेवर्स इन्टरनेशल नेपालको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लाको सहकार्यमा सिमकोट गाउँपालिका वडा नम्बर दुई ठेहे, […]