सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटको खानेपानीमा मानिसका लागि प्रयोग गर्न अयोग्य जिवाणु कोलिफर्म र इकोली भेटिएको छ । सिमकोट बजार र वडा नम्बर ५ र ६ का लागि आर्पुती हुँदै आएको खानेपानी योजनाको मुहान, इन्टेक र धाराको पानी परीक्षण गर्ने क्रममा उक्त जिवाणु भेटिएको हो । सिमकोटमा खानेपानीको ल्याब परीक्षण गर्ने क्रममा कोलिफर्म र इकोली […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाबाट व्यथा लागेको २४ घण्टापछि सुत्केरी महिलाको उद्धार गरिएको छ । व्यथा लागेको २४ घण्टापछि शुक्रबार दिउँसो उद्धार गरिएको हो । वडा नम्बर चार काउला गाउँकी दिलमाया शाहीले बच्चा जन्माउन नसकेपछि उद्धार गरिएको हो । व्यथा लागेर बच्चा जन्माउन नसकेपछि उद्दार गरिएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले जानकारी दिनुभयो […]
सिमकोट । हुम्लाको मुटु मानिएको सदरमुकाम सिमकोट बजार क्षेत्र शुक्रबार विहान सरसफाई गरिएको छ । सदरमुकाम स्थित रहेको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)को नेतृत्वमा शुक्रबार विहान गाउँपालिका कार्यालय अगाडीदेखि बजार क्षेत्रका साथै ढलहरु सरसफाई गरिएको हो । सिमकोट बजारमा फोहोर साताको दुई पटक मंगलबार र शुक्रबार उठाइने निर्णय भए अनुसार शुक्रबार विहान सरसफाई गरिएको […]
सिमकोट । हुम्लाको जिल्ला अस्पतालबाट महिलाहरुका लागि सेवा दिइदै आएको इम्पलान्ट पटिल्लो समय गाउँमा रहेका स्वास्थ्य चौकी र सामुदायीक अस्पतालबाट एक साथ महिलाहरुका लागि परिवार नियोजनका साधन इम्पलान्ट सेवा दिन सुरु गरिएको छ । खार्पुनाथ गाउँपालिकाले गाउँमा रहेका स्वास्थ्यचौकीबाट यो सेवा दिन सुरु गरेको हो । खार्पुनाथ गाउँपालिका – ३ को राया स्वास्थ्य चौकीबाट महिलाहरुका […]
सिमकोट। खार्पुनाथ गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिकाद्वारा चालु आर्थिक वर्षमा सम्पादन गरिएका गतिविधिहरूको तेस्रो पक्षद्वारा गरिएको अनुगमनबाट आएका सुझावहरूलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तेस्रो पक्षबाट भएको अनुगमनको प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा उनीहरूले सो प्रतिबद्धता जनाएका हुन्। गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले गाउँपालिकाका पाँचवटै वडाहरूमा तेस्रो पक्षले अनुगमन गरेर बुझाएको प्रतिवेदनमा आएका सुझाव […]
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा जेष्ठनागरिकका लागि निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन भएको छ । नाम्खा गाउँपालिका–३ खलागगाउँको झुलमा दुई दिनसम्म शिविर सञ्चालन भएको हो । निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा एक सय सात जना जेष्ठनागरिकले सेवा लिएको आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाका प्रमुख कृष्णचन्द्र जोशीले जानकारी दिनुभयो । उनका अनुसार उक्त शिविरमा महिला ५८ जना […]
काठमाण्डौं । बर्दियाका ग्रामीण क्षेत्रका अधिकांश महिलामा आङ (पाठेघर) खस्ने समस्या देखापरेको छ । गुलरिया नगरपालिकाले १२ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा उक्त अवस्था जानकारीमा आएको हो । गुलरिया स्वास्थ्य शाखाका सिनियर अनमी विष्णु सापकोटाका अनुसार शिविरमा झन्डै ६०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । दश महिलाको पाठेघरमा रिङ राखिएको उनले बताए । […]
काठमाडौं । ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको करिब थप २३ लाख मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा। सुरेन्द्र चौरासियाले कोभ्याक्स सुविधामार्फत २२ लाख ९९ हजार २ सय मात्रा पेडियाट्रिक डोज खोप आइतबार आइपुगेको बताए । चौरासियाका अनुसार खोप अभियान सञ्चालन गरिएका २७ जिल्ला पहिलो […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा मङ्गलबार विहान छाडा छोडीएका कुकुरले टोक्दा गम्भिर घाइते बनाएको छ । सदरमुकाम सिमकोट स्थित रानीवनमा रहेको खेतमा गोडमेल गर्न गएको समयमा छाडा छोडीएका कुकुरहरुले टोक्दा सिमकोट गाउँपालिका वडा ५ का सप्पा रावतलाई शख्त घाइते बनाएको जिल्ला अस्पतालका सिनियर अनमी बोहराले जानकारी दिइन् । उनका अनुसार खेतमा काम गर्न एक्लै गएको […]