सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर चार स्थित साँया स्वास्थ्यचौकीमा यतिबेला औषधिको अभाव भएको छ । नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका जनाइएको छ । साँया स्वास्थ्यचौकीमा विरामीहरु उपचारका लागि जाँदा सामान्य सिटामोल समेत नपाउने गरेको गुनासो गर्न थालेका छन् । मौसमी ज्वरोका कारण गाउँमा अधिकांश […]
हुम्ला– हुम्लाको ताँजाकोट गाउँपालिकाका स्वास्थ्य संस्थाहरुले स्वस्थ शिशु छनौट ‘हेल्दी बेबी’ प्रतियोगिता आयोजना गरेर गरियको छन । ताँजाकोट गाउपालिका भरीका नवजात शिशुहरु स्वास्थ्य राख्नको लागि गाउपालिका सबै वडाका पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्य अवस्था पत्ता लगाउनका लागि ‘हेल्दी बेबी’ कार्यक्रमको आयोजना गरीएको स्वास्थ्य चौकी प्रमुख धनराज ढकालले बताउनु भएको छ । निश्चित मापदण्ड बनाएर गाउँपालिकाका १ […]
मुगु : जिल्लाको छायाँनाथ रारा नगरपालिकाले निर्माण सम्पन्न वडा कार्यालय भवन र आधारभूत स्वास्थ्यकेन्द्रको भवन वडा कार्यालयलाई हस्तान्तरण गरेको छ। छायाँनाथ रारा नगरपालिका वडा नं ६ कोटिलामा निर्माण सम्पन्न दुई भवन आधारभूत स्वास्थ्यकेन्द्र र वडा कार्यालय भवन आइतबार नगर प्रमुख हरिजंग शाहीले विधिवत् रूपमा उद्घाटन गरी भवन वडा कार्यालयलाई हस्तान्तरण गरेका हुन्। निर्माण सम्पन्न वडा नं […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा ७ डाँडाफयाबाट काठ ल्याउदैँ गरेको ट्याक्टर आइतबार विहान दुर्घटना भएको छ । सिमकोटको लाग्ना नजिक वडा ७ डाँडाफयाको स्याल विसाउनी भन्ने स्थानमा लु ४ त ८२९३ नम्वरको ट्याक्टर दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । आईबार विहान १० बजेको समयमा वडा ७ को चौकाधाराबाट काठ बोकेर […]
सिमकोट । १२ वर्ष देखि १७ वर्ष उमेर समुहका बालबालीकालाई कोभिड १९ विरुद्धको मोर्डना खोप लगाउने पहिलो चरणको अभियान सम्पन्न भएको छ । पुस पाँच गते एक दिन ढिला गरी सञ्चालन भएको मोर्डना खोप लगाउने अभियान सम्पन्न भएको छ । जिल्लाको सिमकोट, खार्पुनाथ र अदानचुली गरी तीनवटा गाउँपालिकाका तीन हजार भन्दा बढी बालबालिकाले मोर्डना खोप […]
जुम्ला । नेपाल जनस्वास्थ्य संघ कर्णाली प्रदेशको सचिवमा कमल रावत निर्विरोध निर्वाचित भएकाछन् । आगामी पुस २४ गते हुने निर्वाचनमा कर्णाली प्रदेशबाट रावत सचिवमा निर्विरोध चयन भएको नेपाल जनस्वास्थ्य संघ कर्णाली प्रदेश निर्वाचन समितिका संयोजक नवराज कँडेले बताउनुभयो । लक्ष्मण प्रसाद चौलागाईको नेतृत्वमा ११ सदस्यीय निर्विरोध निर्वाचित उम्मेदारको अन्तिम नामावली प्रकाशित गरिएको छ । जसमा […]
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको एक मात्रै जिल्ला अस्पताल सिमकोटमा पछिल्लो केही दिनयता देखि विरामीको संख्या बढेको छ । पुस महिना लागसँगै जिल्लाको तापक्रम माइनसमा झरेर चिसो अत्याधिक भएपछि अस्पतालमा रुघाखोकी लगायतका विरामी उपचारका लागि आउने गरेका छन् । जिल्ला अस्पताल हुम्लामा दैनिक दिन ६० जना भन्दा बढी उपचारका लागि पुग्ने गरेको गरेको जिल्ला […]
सिमकोट । आज पहिलो दिन हुम्लाका पाँच सय पाँच जना बालबालिकाले मोर्डना खोप लगाउन पाएका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्लाले एक दिन ढिला गरी १२ देखि वर्ष १७ उमेरका बालबालिकालाई मोर्डना खोप लगाउने अभियान सुरु गरेको छ । आइतबार मात्रै यहाँका ग्रामिण वस्तिमा रहेका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई खोप वितरण गरेको थियो । हुम्लाको सिमकोट […]
सिमकोट । स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतबार पाँचवटा गाउँपालिकाका लागि ३५ सय बढी मोर्डना खोप गाउँ पठाएको छ । आइतबारबाट १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको मोडर्ना खोप लगाउन सुरु गरेको भएपनि हुम्लामा सोमबारदेखि हुने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारबाट देशभरमा रहेका १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको […]