
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ डाडाफयाँ स्वास्थ्यचौकीबाट जेष्ठनागरीकका लागि सामान्य स्वास्थ्य शिविर तथा क्षयरोग सम्बन्धि माइक्रोस्कपिक स्क्रीनिङ शिविर सेवा सम्पन्न भएको छ । शुक्रबार डाडाफया स्वास्थ्यचौकीमा विरामी जाच्ने यन्त्र उपकरण डाक्टरलाई हस्तान्तरण गर्दै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी(प्रतिरोध)ले शिविरको उद्घटान गर्नुभएको स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले बताउनुभयो । पालिका भित्र रहेका ४,५ र ६ वडा […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाले घरदैलो स्वास्थ्य सेवा कार्यक्रम अन्तरगत घरघरमै पुगेर जेष्ठ नागरिक निःशुल्क उपचार शुरु गरेको छ । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्ष माथिका, गम्भीर रोग लागि ओछ्यानमा परेका, शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका नागरिकलाई स्वास्थ्य पहुँच विस्तार अन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको गाउँपालिका स्वास्थ्य शाखाका […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माध्यामिक विद्यालयमा विश्व क्षयरोग दिवसको अवसर पारी अन्तर विद्यालयस्तरीय बक्तृत्वकला सञ्चालन गरिएको छ । स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहको अध्यक्षतामा र जिल्ला समन्वय समितीका प्रमुख शिवराज शर्माको प्रमुख आथित्यमा उक्त दिवसको अवसरपारी बक्तृत्वकला सम्पन्न भएको हो । “हो हामी क्षयरोग अन्त्य गर्छौ”, “क्षयरोग अन्त्यका लागि हामी […]
सिमकोट । सरकारले मातृ मृत्युदरमा कमी ल्याउने उद्देश्यका साथ ल्याइएको ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ अन्तर्गत हुम्लाको सिमकोट गाउँपालिका–७ चौगनफयाका सुत्केरी आमाले पाउने सुविधा अझै नपाएको गुनासो गरेका छन् । साउन महिना देखि पुस महिनासम्म चौगनफया सामुदायिक स्वास्थ्य इकाईमा सुत्केरी भएका ८ जना महिलाले गर्भजाँच गराएको बापतको रकम नपाएका हुन् । आमा सुरक्षा कार्यक्रमअन्तर्गत […]
सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाको अर्ध वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०।८१ का लालि साउन महिनादेखि पुस महिलासम्म पालिका भित्र रहेका स्वास्थ्य संस्थाले सम्पादन गरेका गतिविधिको समिक्षा भएको थियो । ६ महिनासम्म आठ वटै वडामा रहेका स्वास्थ्य संस्थाका प्रमुखहरुले आ आफ्नो कार्य […]
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका बालबालिका दादुरा–रुवेला खोप लगाउनबाट बञ्चित भएका छन् । देशभर ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाउने राष्ट्रिय अभियान सञ्चान भएपनि तील,जाङ र हल्जी गाउँका ५४ जना बालबालिकाले खोप लगाउन नपाएका हुन् । यहाँका बालबालिकाले यो राष्ट्रिय खोप मात्रै नभएर खोप मात्र नभएर बालबालिकाले नियमित रूपमा […]
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँमा तीन दिनदेखि अज्ञात रोग फैलिनुका साथै पशुवस्त मर्न थालेका छन् । अचानक पशुवस्तु सुनिने, घाँस नखाने, ¥याल छोड्ने जस्ता रोगका लक्षणले थालि गाउँका पशुवस्तु थला परेका छन् । थाली गाउँका स्थानीय काले रावलको दुई वटा पशु मर्नुका साथै गाउँका अन्य १५ देखि २० पशुवस्तुमा यस्तो खालको रोग देखिनुका […]
सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्नो एक देखि आठ वडा भित्रका एक हजार नब्बे बालबालिकालाई खोप लगाउने भएको । गाउँपालिका स्वास्थ्य शाखाले आयोजनामा सञ्चारकर्मी र सरोकारवाला निकाएसँग भएको अभिमुखीकरण गोष्ठीमा यही २५ गतेदेखि ती बालबालिकालाई खोप लगाइने भएको हो । नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई खोप लगाइने भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख […]
सिमकोट । हुम्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई अनिवार्य दादुरा,रुवेला खोप लगाउने अभियान फागुन २५ गतेबाट सुरु हुने भएको छ । पाँच वर्ष मुनिका बालबालिकालाई छुट भएको नियमित खोप लगाइनुका साथै सम्बन्धित स्वास्थ्य संस्थामा खोपकार्ड लिएर जान स्वास्थ्य सेवा कार्यालय हुम्लाले आग्रह गरेको छ । खोप समन्वय समिती हुम्ला, सञ्चारकर्मी र सरोकारवाला निकायसँग बसेको बैठकले […]