सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

सिमकोट । हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । व्यथा लागेको सत्र घण्टापछि विहिबार विहान उद्वार गरिएको हो । व्यथा लागेर थला परेपछि अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे)को हेलिकपटरबाट प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उद्धार गरिएको सोही गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हंस बहादुर […]

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । आफ्नै निवासमा हृदयघातपछि अस्पताल लैजाँदै गर्दा बाटोमै गएराति उनको निधन भएको हो । उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइए पनि नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। निधन भएको जानकारी पाएपश्चात प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख […]

पूर्व मुख्यमन्त्री शाहीद्धारा अक्सिजन उत्पादन केन्द्र र एम्बुलेन्सको उद्घाटन

सिमकोट, । हुम्लाको सदरमुकाम सिमकोट स्थित जिल्ला अस्पतालमा अक्सिजन उत्पादन केन्द्रको स्थापना गरिएको छ । अक्सिजन उत्पादन केन्द्रको विहिबार एक कार्यक्रमका विच कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा कर्णाली प्रदेश नेपाली कांग्रेसका संसदीय दलका नेता जीवन बहादुर शाहीले उद्घाटन गर्नुभएको हो । अस्पताल परिसरमा अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउन […]

३८ वर्ष पुरानो भवनबाट हुम्ला अस्पतालको सेवा प्रवाह

सिमकोट । हिमाली जिल्ला हुम्लाको एक मात्रै जिल्ला अस्पतालमा २०४०,४२ सालमा निर्माण भएका भवनबाट सेवा प्रवाह हुँदै आएको छ । २० देखि ३८ वर्षसम्मका पुराना तथा जीर्ण भवनबाट सेवा प्रवाह गर्दा कठिनाई भएको छ । अस्पताल स्तरोन्नति भए पनि गुणस्तरीय सेवा दिन भने समस्या रहेको स्वास्थ्यकर्मी बताउँछन् । झण्डै ३८ वर्ष पुराना भवनलाई मर्मत तथा टालटुल […]

अदुवा र बेसार सम्बन्धी कृषकलाई तालिम

सिमकोट । दैनिक उपभोग्य बस्तुमा प्रयोग भइरहने अदुवा र बेसार खेती सम्बन्धी किसानहरुलाई अभिमुखिकरण गरिएको छ । जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर १ को तुम्चमा शुक्रबार फेज नेपालको आर्थिक सहयोगमा अभिमुखिकरण गरिएको हो । किसानका खेतबारीमा अदुवा बेसार खेति र उक्त खेतिमा लाग्नसक्ने रोग तथा किरा व्यवस्थापन सम्बन्धि १ दिने अभुमुखिकरण तालिम […]

चंखेली गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइने

सिमकोट । हुम्लाको दक्षिणी भेगमा रहेको चंखेली गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइने भएको छ । हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोग र चंखेली गाउँपालिकाको आर्थिक तथा व्यवस्थापनमा पालिका केन्द्र पिप्लाङमा आँखा उपचार केन्द्र सञ्चालन हुने भएको छ । आँखा उपचार केन्द्र सञ्चालनका लागि हिमालयन आँखा अस्पताल घारीपाटन पोखरा र चंखेली गाउँपालिकाबिच समझदारी भएको […]

खर्कमै पुगेर बालबालिकालाई खोप

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले खर्कमा रहेका बालबालिकाका लागि घुम्ती खोप शिविर अभियान सञ्चालन गरेको छ । भने खर्कमा रहेका अन्य विरामीको उपचार गरेको छ । स्वास्थ्यकर्मीले करीब तीन हजार पाँच सयदेखि चार हजार मिटर अग्लो पाटनमै पुगेर बालबालिकाका लागि खोप कार्यक्रम सञ्चालन गरिएको हो । हुम्लामा बर्षाको समयमा खर्क […]

मुगु जीप दुर्घटनामा मृतकहरुका शवको पोष्टमार्टम हुन सकेन

मुगु । सोमबार मुगुमा भएको जिप दुर्घटनामा ज्यान गुमाएकाहरुका शवको चार दिन बितिसक्दा पनि पोष्टमार्टम हुन सकेको छैन । मृतकहरुका शव पोष्टमार्टमको लागि चिकित्सकहरुको टोली मंगलबार नै शव राखेको सोरु जिमा स्वास्थ्य चौकी तारापानीमा पुगे पनि मृतकका आफन्तहरुले शव नबुझिदिँदा पोष्टमार्टम हुन नसकेको हो । आफन्तहरुले मृतकका शवहरु घर पुर्याइदिन पहल गर्नुपर्ने, परिवारहरुको भरण पोषणका […]

हुम्ली मार्न पाइदैन भन्दै प्राधिकरणको नयाँ नियम विरुद्ध जिल्लावासी आन्दोलीत

सिमकोट । दुर्गम नेपाल नागरिक उड्डयन प्राधिकरणले साउन १२ गतेबाट हुम्ला सहित कर्णालीका हिमाली जिल्लामा दिनको साढे १२ बजेपछि उडान भर्न नपाउने नयाँ नियम ल्याएपछि हुम्लाका सम्पुर्ण नागरीक आन्दोलित भएका छन् । प्राधिकरणको नियम विरुद्ध बुधबार विहान हुम्लाका स्थानीय, नागरीक समाज, स्थानीय तहका जनप्रतिनिधि, नागरीक समाज, राजनितीक दल, पत्रकार महासंघ लगायतले सिमकोट विमानस्थलमा धर्ना दिनुका […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]