हुम्ला पुगेका अटो रिक्सा चलाउन असहज हुने भएपछि फिर्ता हुँदै

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकामा सञ्चालन गर्नका लागि पुगेका अटो रिक्सा फिर्ता हुने भएका छन् । नेपालगञ्जको कोहलपुर नगरपालिका घर भएका तीन जना युवा राम्रो कमाई होला भनेर हुम्ला पुगेपनि तीन पाङग्रे रिक्सा सञ्चालनका लागि सडक राम्रो नहुँदा फिर्ता हुन लागेका हुन् । कोहलपुरबाट चारदिन लगाएर बिहिबार ताँजकोट पुगेपनि यहाँको सडकमा रिक्सा […]

उच्च रक्तश्रावबाट थलिएकी जैसी(ढकाल)को हेलिकप्टरमार्फत उद्धार

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिका–४ ढकालबाडा गाउँकी ४३ वर्षिया बाँचुकला जैसी(ढकाल)को नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । ९ दिनदेखि ढकाललाई हल्का रगत बग्दै गर्ने समस्या भएपनि दुई दिनदेखि रक्तश्राव बढ्दै गएपछि शनिवार बेलुका पाँच बजे गाउँपालिका एम्बुलेन्समार्फत उद्धार गरी मैला स्वास्थ्य चौकीमा पुर्याइएको थियो । उच्च रक्तश्रावले थलिएर मैला स्वास्थ्यचौकीमा भर्ना […]

राया गाउँका किसान च्याउ टिप्न वनतिर व्यस्त

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका –३ राया लगायत यस क्षेत्रका किसानलाई चैत महिनाको कामको चटारो सँगै वनमा गुच्ची च्याउ टिप्नमा भ्याइनभ्याई छ । खेतबारीमा खनजोतको काम सकाएर गुच्ची च्याउ टिप्न जाने स्थानीयको लस्करनै देखिने गरेको छ । राया, थाली गाउँका लगायत अधिकांश किसानलाई खेतबारीको काम सकायर वनमा गएर गुच्ची च्याउ टिप्न व्यस्त देखिएका छन् । […]

सूर्यज्योती लाइफ इन्स्योरेन्सले ग्रामीण वस्तिमा विमाको जनचेतना फैलाउँदै

सिमकोट । हुम्लाका ग्रामीण वस्तिमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बिमा सम्वन्धि जनचेतना मुलक कार्यक्रमको सञ्चालन सुरु गरेको छ । जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका–४ मा बिमाको महत्व र उपयोगीताका बारेमा जनचेतना फैलाउन कार्यक्रम सञ्चालन गरिएको हो । बिमा प्राधिकरणले हुम्ला जिल्लामा बिमा सम्वन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने जिम्मा सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई दिएको […]

दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान खुल्यो

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा गाडी दुर्घटना हुँदा घट्नास्थलमै दुई जना मृतक सहित घाइतेको पहिचान खुलेको छ । वडा नम्बर ४ मा रहेको पाम्सको मोडमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्युभएको हो । भने ७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले बताउनुभयो । शनिवार दिउँसो […]

अदानचुलीको पाम्समा गाडी दुर्घटना दुईको मृत्यु पाँच घाइते

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा गाडी दुर्घटना हुँदा दुई जना यात्रुको मृत्युभएको छ । वडा नम्बर ४ मा रहेको पाम्सको मोडमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्युभएको छ । भने पाँच जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले बताउनुभयो । सु प ०१००१ को गाडी शनिबार […]

बाटो अवरुद्ध हुँदा विद्यालय जान विद्यार्थीलाई आवतजावतमा समस्या

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा –४ मा रहेको हिल्दुम गाउँ र वडा नम्बर पाँचको विचमा पर्ने सिमा क्षत्रेमा रहेको खोलामा सडक निर्माण हुँदा बाटो बन्द भएपछि आवतजावतमा कठिनाई भएको छ । हिल्दुम गाउँका नागरिकलाई उक्त खोला नजिकको बाटो माथिबाट डोजरले सडक निर्माण गर्दा आवतजावतमा समस्या बनाएको छ । सडक निर्माण हुँदा गाउँबाट सदरमुकाम सिमकोटमा […]

हिल्दुम गाउँका किसान तरकारी खेतीमा आर्कषित

सिमकोट । हुम्लाको सिमकोट गाउँपाकिा–४ हिल्दुम गाउँका पुरै किसान यतिबेला तरकारी खेतीमा व्यस्त छन् । ५६ घरधुरी रहेको हिल्दुम गाउँका किसानले केही वर्ष यतादेखि गाउँमै तरकारी राम्रो फलाउँदै आएका छन् । सुरु सुरुमा गाउँका एक, दुई जना किसानले प्लाष्टिकको घर (ग्रीनहाउस) निर्माण गरी तरकारी खेती गर्दै आएका थिए । भने पछिल्ला केही वर्षहरुमा पुरै गाउँ […]

राया गाउँमा रहेका सरकारी कार्यालयमा विद्युत सेवा विस्तार

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा –३ राया गाउँमा रहेका सरकारी तथा संघ संस्थाका कार्यालयमा विद्युत सेवा जडान गरिएको छ । राया खोला जलविद्युतले वडा कार्यालय, हुम्ला माध्यामिक विद्यालय राया, स्वास्थ्यचौकी र सहकारीलाई रातीको समयमा मात्रै विद्युत सेवा उपलब्ध गराउँदै आएको थियो । भने बुधबारदेखि २४ सै घण्टा विद्युत सेवा निरन्तर हुने गरी लाइन विस्तार […]

विकको उपचारका लागि वडाध्यक्ष शाहीले गरे रु २५ हजार नगद सहित एक जोर कपडा सहयोग

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा–७ का वडाध्यक्ष बलविर शाहीले आर्थिक सहयोग गर्नुभएको छ । दुई वर्षअघि घरको छतबाट लडेर घाइते भइ उपचार अभावमा खुट्टा अपांग भएकी वडा नम्बर ७ डाडाफया गाउँकी माया विकलाई व्यक्तिगत रु २५ हजार नगद सहित एक जोर न्यानो कपडा सहयोग गर्नुको हो । उपचार गर्न काठमाण्डौ जानको लागि सदरमुकाम सिमकोट […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]