सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ, एसइई दिने विद्यार्थी मर्कामा

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन ११ घण्टा बढी लोडसेडिङ हुँदा यही चैतमा हुने एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन् । एसइईको परीक्षा नजिकिदै आएपनि चर्काे लोडसेडिङ हुँदा विद्यार्थीले साँझको समयमा पढ्न नपाएको गुनासो गरेका छन् । एसइई दिने विद्यार्थीलाई मात्रै नभएर अन्य विद्यार्थीलाई समेत घरमा गृहकार्य तथा लेख पढ््न समस्या बनाएको गुनासो […]

हुम्लामा राष्ट्रिय भूमि आयोगको काम निराशाजनक

सिमकोट । बिहिबार हुम्लाको सदरमुकाम सिमकोटमा भएको पत्रकार सम्मेलनमा राष्ट्रिय भूमि आयोगको काम प्रति सबै असन्तुष्टि जनाउँदै निराशाजनक भएका छन् । भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारले बनाएको राष्ट्रिय भूमि आयोगको काम हुम्लामा निराशाजनक देखिएको छ । दुई वर्षसम्म आयोगका हुम्लाका पदाधिकारीले सोचे अनुरुप काम गर्न नसकेको बताइएको छ । जिल्लाका […]

सिमकोट गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न भएको छ । सोमबार दुईवटा पुरानाकार्यविधिलाई संशोधन गर्दै ६ वटा नयाँ आवश्यक ऐन तथा कानुन पारित गर्दै गाउँसभा सम्पन्न भएको गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको आठौं हिउँदे गाउँसभाले सिमकोट गाउँपालिका वस्ति विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धि आधारभुत मापदण्ड २०८०, […]

काउन्सील प्रमाणपत्र हराएको हुँदा भेटाउनेले सम्पर्क गरी दिनुहोला

सिमकोट । कालिकोट जिल्ला महाबै गाउँपालिका वडा नम्बर ६ कुनी निवासी हाल हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर पाँच बस्दै आउनुभएकी श्री लक्ष्मी कुमारी शाहीको सिटिभी अन्तर्गत TSLC IN LIVESTOCK PRODUCTION ANIMAL HEALTH को काउन्सील प्रमाण पत्र हराएको हुँदा भेटाउनु हुने जो कोहीले सम्पर्क गरि दिनुहोला । शाहीको रजिष्टेशन नम्बर JV, 01240,019 रहेको छ । भने […]

अवरुद्ध टेलिफोन सेवा सुचारु

सिमकोट । आइतबार मध्यान्ह पाँच बजेबाट अवरुद्ध भएको नेपाल टेलिकमका टेलिफोन सेवा सोमबार विहान साढे दश बजेबाट सुचारु भएको छ । आइतबार मध्यान्हबाट हुम्लामा इन्टरनेट, ल्यान्डलाइन, मोवाइल सेवा अवरुद्ध भएको थियो । शनिबारदेखि यता हुम्ला सहित कर्णाली प्रदेशका अधिकांस जिल्लामा हिमपातका साथै पानी परेका सिस्टममा समस्या आएको नेपाल टेलिकम, दुरसञ्चार कार्यालय हुम्लाका कर्मचारी राम बहादुर […]

हुम्लामा हिमपात

सिमकोट । हिमाली जिल्ला हुम्लामा शनिबार रातिदेखि हिमपात भएको छ । शनिबार दिउँसो सदरमुकाम सिमकोट सहित होचो स्थानमा पानी परेको थियो । भने उत्तरी उच्च भेगमा हिमपात भएको हो । रातीदेखि हिमपात हुँदा सिमकोट, नाम्खा लगायतका भेग सेताम्ये देखिएका छन् । सिमकोटमा तीन इन्चसम्म हिउँ जमेको छ । उत्तरी भेगमा त्यो भन्दा बढी हिउँ जमेको […]

हुम्लामा खाद्यान्न पर्याप्त,नेता भन्दा नागरीकलाई प्रथामिकता प्रमुख अधिकारी

सिमकोट । सधै खाद्यान्न अभाव झेलीरहेको हिमाली जिल्लामा हुम्लामा यो पटक भने पर्याप्तमा मात्रमा रहेको छ । कहिले ठेक्का सम्झौता ढिला हुँदा त कहिले ठेकेदार कम्पनीको ढुवानी लापारबाहीका कारण जिल्लावासीले खाद्यन्न अभाव झेली रहनु परेको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखाका प्रमुख कृष्ण अधिकारीका अनुसार, आर्थिक वर्ष २०८०÷८१ लगि स्वीकृत भएको १४ […]

ताँजकोट गाउँपालिकाले हटायो करार सेवाका कर्मचारी

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाले करारका कर्मचारीलाई सेवाबाट हटाउने निर्णय गरेको छ । ताँजकोट गाउँपालिकाले यसअघि करार सम्झौतामा काम गर्दै आएका गाउँपालिका कार्यालय, गाउँपालिकाबाट तलब भत्ता भुक्तानी हुने वडा कार्यालयका सबै करार सेवाका कर्मचारी, स्वास्थ संस्थाहरुका सबै करार सेवाका कर्मचारीहरु र विद्यालयहरुमा गाउँपालिकाको अनुदान अन्तर्गत सम्पुर्ण शिक्षक, विद्यालय कर्मचारी तथा बालबिकास सहजकर्ताहरुको […]

प्रेस चौतारी हुम्लाद्धारा तामाङ पुरस्कृत, लामा सम्मानित

सिमकोट । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा हुम्लाका नयाँ पत्रिकाकर्मी नरजन तामाङ पुरस्कृत भएका छन् भने रेडियो कैलाशमा आवद्ध पत्रकार तथा पहिला कान्तिपुरमा कनम गर्दा जिल्लाका महिला, बालबालिका लगायतका क्षेत्रमा कलम चलाउनु भएकी छपाल लामा सम्मानीत हुनुभएको छ । प्रेस चौतारी नेपाल जिल्ला कार्यसमिती हुम्लाले आफ्नो २६ औँ स्थापनाको अवसरमा सोमबार आयोजना […]

हुम्लामा पुनः हिमपात

सिमकोट । हुम्लामा पुनः आइतबार विहानदेखि हिमपात भइरहेको छ । दुई दिन अघि बुधबार राती जिल्लामा तेस्रो पटक हिमपात भएको हो भने आज विहानबाट चौथो पटक हिमपात भएको छ । शनिबार दिउँसो हुम्लामा घाम लागेको भएपनि राती एक्कासी मौसममा फेरवदल भइ बाक्लो बादल लागेर आइतबार विहानबाट हिमपात भइरहेको छ । विहानबाट हिमपात भइरहँदा सदरमुकाम सिमकोटमा […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]