हुम्लामा आज यो वर्षकै बढी चिसो

सिमकोट । हिमाली जिल्ला हुम्लामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । हिउँद याममा हिमपात नभएपनि यो अत्याधिक चिसो हुनुका साथै यो वर्षको सबै भन्दा बढी चिसो भएको दिन आज हो । जिल्लाको मौसममा फेरवदल आएसँगै विहानबाट बाक्लो बादल लाग्दा चिसो बढेको हो । मङ्गलबार साँझ देखि आकाशमा बादलले छोपे सँगै बुधबार विहानदेखि […]

बत्ती बलेपछि दुर्पा गाउँ झिलीमिली

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ को दुर्गम वस्ती दुर्पामा बिजुली बत्ती बलेपछि गाउँ नै झिलीमिली बनेको छ । हिल्दुम विद्युत वितरण केन्द्रको विद्युत लाइन विस्तार गर्ने कार्य पूरा भएपछि दुर्पा गाउँ बत्तीले झिलीमिली बनेको हो । वर्षौदेखि बुकीको भरमा जीवन बिताएका दुर्पा गाउँका नागरिक अहिले बिजुली बत्ती बलेपछि खुसी भएको वडाध्यक्ष भरतजंग शाहीले बताउनुभयो । […]

स्थानीय आर्थिक विकास कार्यक्रमका लागि हुम्लाको सिमकोट गाउँपालिका छनोट

सिमकोट । नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमअन्तर्गत हिमाली जिल्ला हुम्लाको एक मात्रै सिमकोट गाउँपालिका छनोट भएको छ । जिल्लामा सातवटा स्थानीय तह भएपनि सदरमुकाममा रहेको सिमकोट गाउँपालिका छनोट भएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्तन कार्यक्रमका लागि सिमकोटलाई छनोट गरेको हो । उक्त कार्यक्रम अन्तर्गत पालिकाले कृषि, पशुपालन, पर्यटन, उद्योग लगायतका […]

गाउँपालिका अध्यक्ष भण्डारीको नेतृत्वमा बजार क्षेत्रका ढलको सरसफाई

सिमकोट । हुम्लाको मुटु मानिएको सदरमुकाम सिमकोट बजार क्षेत्र बुधबार सरसफाई गरिएको छ । जिल्लाको सदरमुकाम समेत रहेको सिमकोट बजारलाई सफा राख्न गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)को नेतृत्वमा बुधबार (आज) बजार क्षेत्रका ढलहरुको सरसफाई गरिएको हो । सिमकोट क्षेत्रको सडक तथा ढलको सरसफाईमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुवास आले, अन्य कर्मचारी खटिएका थिए । बजारको […]

हावाहुरीले हुम्लामा हवाई सेवा अवरुद्ध

सिमकोट । हिमाली जिल्ला हुम्लामा आज विहानदेखि चलेको हावाहुरीले हवाई सेवा अवरुद्ध भएको छ । जिल्लामा हावाहुरी चल्दा आज विहानदेखि कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका कारण आफ्नो सेवा अवरुद्ध भएको जनाएका छन् । जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायात हवाई […]

हुम्लामा मानव अधिकार उल्लंघनका घटनामा कमी आउन सकेन्

सिमकोट । हुम्लामा मानव अधिकार उल्लंघनका घटनामा अझै कमी आउन सकेको छैन् । प्रहरीमा उजुरी परेर कारवाही हुन थालेपछि पनि मानव अधिकार घटनामा कमी आउन नसकेको इन्सेक हुम्लाले जनाएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको विहिबार भएको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम २७ घट्ना इन्सेकको […]

हुम्लामा बिहानैदेखि हिमपात सुरु (तस्विरमा) सिमकोट

सिमकोट । हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको हो । आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको छ भने जिल्लाको उत्तरी उच्च क्षेत्रमा एक फिट सम्म हिमपात […]

जिल्ला बाहिर जान हुम्लीलाई सास्ती, पहुँचका भरमा मनपरी टिकट वितरण

सिमकोट । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले मनपरी टिकट वितरण गर्दा यात्रुले सास्ती खेप्नु परेको छ । नेपालगञ्जबाट उडान गर्दै आएको सीता एयरलाइन्सले मङ्गलबार दुई उडान भरेपनि दोस्रो फलाइटको टिकट मनपरी वितरण गरेको यात्रुको गुनासो छ । पहिलो उडान नेपालगञ्ज गरेर विकट जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा पुगेपनि एयरलाइन्सका कर्मचारीले फोन […]

महिना दिनदेखि नागरिकतामा हस्ताक्षर गर्ने प्रमुख नहुँदा दक्षिणी भेगका नागरिक सास्तीमा

सिमकोट । नागरिकतामा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि महिनौंदेखि हुम्लाको मध्य भेगको सर्केगाड गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय बन्द हुँदा नागरिकले सास्ती खेप्नुपरेको छ । लामो समयदेखि उक्त कार्यालय बन्द भएपछि नागरिकताका लागि पालिका केन्द्र सर्केगाडमा आउने ताँजकोट, अदानचुली, चङ्खली र सर्केगाड गाउँपालिकाका सेवाग्राही मर्कामा परेका छन् । लामो बाटो काटेर इलाका प्रशासन कार्यालय पुगेका सेवाग्राही […]

मदिरा सेवन गरी युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा हुम्लाका डीएसपी भट्टराई निलम्बित

सिमकोट । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् । उनी हुम्लाका प्रहरी प्रमुखसमेत हुन् । रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरेको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए । सँगै उनलाई प्रहरी हेडक्वार्टरले जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको छ । […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]