सिमकोट । हुम्लाको दक्षिणी भेग क्षेत्रको ताँजाकोट गाउँपालिका वडा नम्वर १ की एक जना महिलालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विहिबार सोही ठाउँकी २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका वडा नम्वर २ का ३६ वर्षीय पुनिमल लुहारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । साउन ४ गते ताँजाकोट […]
सिमकोट । हिमाली जिल्ला हुम्लाबाट तीन दिन देखि प्रसव व्यथा लागेर थलिएकी एक महिलाको उद्वार गरिएको छ । जिल्लाको ताँजाकोट गाउँपालिका ३ की १९ वर्षीया मनपुरा मल्ल हमाललाई ३ दिन देखी सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसकेपछि थप उपचारका लागि सुर्खेत लगिएको हो । मल्ललाई व्यथा लागेको दिन देखि स्थानीय मैला स्वास्थ्य चौकीमा उपचार गर्दा […]
सिमकोट । वैशाख १८ गतेदेखि चीनसँगको हुम्लाको हिल्सा नाका सहित अन्य नाका खुलेसँगै लुकिछिपी ल्याएको अवैध चिनिया मदिरा (झिनिगिन्टी) प्रहरीले बरामद गरेको छ । तीस वटा कार्टुनमा रहेको ३३० बोटल मदिरा प्रहरीले बराम गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक भिमला भट्टराईले बताउनुभयो । बरामद भएको मदिरा रु तीन लाख ६३ हजार रुपैयाँ बराबरको […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेका ४२ घरधुरीलाई निःशुल्क सोलर बत्ती वितरण गरिएको छ । वडा तीनको लिमाटाङ, टल्की र गुम्बा गाउँका विपन्न घरधुरीलाई सोलार वितरण गरिएको हो । अन्धकारमा कोही रात कटाउन नपरोस भनेर बत्तीको पहुँच नपुगेका घरपरिवारले सजिलै उज्यालो बत्ती पाउन सकुन भन्नका लागि सोलार सहयोग गरिएको हो । विद्युतीय ऊर्जाको अभावमा […]
सिमकोट । हुम्लाको सदरमुकामा रहेको सिमकोट गाउँपालिका–१ दोजाम र २ ठेहे गाउँमा रहेका आयोजनाहरुको अन्तिम अनुगमन गरिएको छ । जिल्ला समन्वय समितीका कार्यबाह अध्यक्ष सरीता रावतको नेतृत्वमा ठेहे गाउँमा रहेका १० विभिन्न आयोजनाहरुको अनुगमन गरिएको हो । कार्यबाह अध्यक्ष रावतको नेतृत्वमा गएको अनुगमन टोलीले चालु आर्थिक वर्षमा गाउँपालिकाद्धारा सम्पादित आयोजनाहरुको अनुगमन गरिएको हो । अनुगमन […]
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ मा रहेका दुईवटा गाउँमा टेलिफोनको टावर नहुँदा फोन सम्पर्कमा जोडिन समस्या हुने गरेको छ । विगत लामो समयदेखि वडा १ मा रहेका ताङगिन र हेप्का गाउँका नागरीकले टेलिफोन नहुँदाको समस्या झेल्दै आउनु परेको छ । ताङ्गीन गाउँका नागरीकले फोन गर्नका लागि २ घण्टा बढीको पैदल हिडेर सञ्चारमा जोडिनु पर्ने […]
सिमकोट । हुम्लाको सातवटा स्थानीय तह मध्ये चंखेली गाउँपालिका बाहेक अन्य वटाले आइतबार दश गते नै आफ्नो बजेट सार्वजनिक गरेका छन् । चंखेली गाउँपालिकाले यहि १५ गते गरिसक्ने बताएको छ । पुँजिगत तर्फको बजेट भन्दा चालुतर्फको बजेट दोब्बर गर्दै हुम्लाका ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेट सार्वजनिक गरेका छन् । संवैधानिक […]
सिमकोट । हुम्लाको जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड ६७ लाख ६ बजेट ल्याएको छ । सातौँ गाउँसभा तथा बजेट अधिवेशनको दोस्रो दिन गाउँपालिका उपाध्यक्ष सुशिला रोकाय भामले उक्त बजेट सभामा पेश गरेपछि सभाबाट पारित समेत भएको छ गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनुभयो । गाउँसभामा आगामी वर्षको लागि ४९ करो […]
सिमकोट । खार्पुनाथले आगामी वर्षका लागि सभाबाट बजेट पारितसमेत गरेको छ । एक दिन सञ्चालन भएको सभाले आगामी वर्षको नीति तथा कार्यक्रमसमेत पारित गरेको हो । गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत आगामी वर्षको बजेट ३८ करोड ६९ लाख ७५ हजार १४५ रुपैयाँको रहेको बताए । बजेट चालु र पुँजीगत गरी हो। आन्तरिक स्रोत न्यून रहेका […]
सिमकोट । जिल्लाको ताँजकोट गाउँपालिकाले एक वडा एक पार्क, एक वडा एक व्यायामशालाका कार्यक्रमलाई प्राथमिकता दिने गरी आगामी आर्थिक वर्ष ०८०।०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षदेखि गाउँपालिकाका सुत्केरी महिलाहरुलाई एम्बुलेन्स सेवा निःशुल्क गर्ने, अवासिय विद्यालय सञ्चालन गर्ने जस्ता कार्यक्रमहरुलाई पहिलो प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष लालकेश जैशीले जानकारी दिए । […]