काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर बोर्डले प्रमाणित गरी नतिजा प्रकाशित गरिएको हो । नतिजा बोर्डको अफिसियल वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि इडियु सञ्जाल, नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटमार्फत हेर्न सकिन्छ । नेपाल […]
काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धाणर समितिले श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सूचना विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । दुई दिनसम्म काठमाडौंमा बसेको बैठकले देशमा बढेको महंगी र अन्य क्षेत्रका कामदारको पारिश्रमिकमा वृद्धि हुँदा पनि श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक २०७५ सालदेखि पुनरावलोकन नभएको भन्दै समितिले कार्यदल गठन गरेको समितिका […]
काठमाण्डौ । सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन २५ गते सम्म सार्वजनिक गर्ने भएको छ । विद्यार्थीको प्राप्ताङ्कको अन्तिम रुजु भइरहेकाले ढिलोमा साउन २५ भित्र नतिजा सार्वजनिक गर्ने अन्तिम गृहकार्यमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको हो । बोर्ड (एसईई) हेर्ने परीक्षा नियन्त्रक रुद्र अधिकारीले परीक्षा प्रकाशनको अन्तिम चरणमा आफूहरू पुगेको र कार्यालयको […]
काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी भएको हाे । काठमाडौँ महानगरपालिका–१६ बालाजु स्थित औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा आज बिहान २ बजेदेखि आगलागी भएको प्रहरीले जानकारी दिएको छ । एक विष्कुट फ्याक्ट्रिमा आगलागी भएको बालाजु […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माध्यामिक विद्यालयमा कक्षा ११ को परीक्षामा केन्द्रमा १३ दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा खार्पुनाथ गाउँपालिका–५ बाम्टा घर भई सदरमुकामस्थित मानसरोवर माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी किउरी सुनारले सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन् […]
काठमाडौं । कक्षा १२ को परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ । पछिल्लो दिनमा संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको छ । मन्त्रालयले शुक्रबार मात्र सीसीएमसीलाई पत्र लेखेर कक्षा १२ […]
गलेश्वर । म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन्। विद्यालयको शिक्षाशास्त्र विषय समूहमा अध्ययनरत मगरले पाँच वटा परीक्षा […]
काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । अध्यक्ष पौडेलले भने ‘आज एसईईको मूल्यांकन प्रगतिबारे बुझ्दा प्राविधिक सम्पादन मात्रै बाँकी रहेको पाइयो । आगामी हप्ताभित्र सार्वजनिक हुन्छ ।’ गत जेठ १३ गतेदेखि […]
सिमकोट । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका जिल्लाको दक्षिण क्षेत्रका गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । देशभर फैलिएको दोस्रो लहरको हटस्पटक बनेको ताँजाकोट, अदानचुली र चंखेली गाउँपालिका भित्र रहेका विद्यालय धमाधम सञ्चालनमा आउन थालेका छन् । बिहिबार आज दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिका भित्र रहेका सम्पुर्ण विद्यालय पुनः सञ्चालनमा आएका हुन् […]
सिमकोट । कोरोना भाइरसको संक्रमणको डरले लामो समयदेखि बन्द भएका विद्यालयहरुलाई अदानचुली गाउँपालिकाले यहि साउन २१ देखि सूचारु गर्ने निर्णय गरेको छ । मंगलबार बसेको अदानचुली गाउँ कार्यपालिकाको बैठकले कोरोना संक्रमणको दर निकै न्यून भएकाले स्वास्थ्यका सबै प्रोटोकल अपनाएर साउन २१ गते बाट पालिका भरका सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल […]