पत्रकार महतारा पुरस्कृत

सिमकोट । नेपाल पत्रकार महासंघ हुम्ला शाखाको ८ औँ साधारणसभाको अवसरमा पूर्व नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा रेडियो कर्णाली आवाजका स्टेशन म्यानेजर,रेडियो श्रीनगरका संस्थापक अध्यक्ष नवराज महतारा पुरस्कृत हुनु भएको छ । पत्रकार महतारालाई जय बहादुर रोकाया स्मृति पत्रकारिता पुरस्कारबाट नगदसहित पुरस्कृत गरिएको हो । नगद रु दश हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको […]

जिल्ला समन्वय समिती हुम्लाका उपप्रमुख फडेरालाई पितृशोक

सिमकोट । जिल्ला समन्वय समिती हुम्लाका उपप्रमुख दलु फडेरा (सन्जय)लाई पितृशोक परेको छ । समन्वय समिती हुम्लाका उपप्रमुख फडेराका बुवा मनबहादुर फडेराको शुक्रबार राती १ बजे ८० वर्षको उमेरमा निधन भएको हो । वैशाख २ गतेदेखि पेट सम्बन्धि समस्या भएर शुक्रबार राती मृत्युभएको हो । स्वर्गीय फडेराको शनिवार हिन्दु धर्म अनुसार दाह संस्कार गरिएको छ […]

पत्रकार महासंघ हुम्ला शाखाको साधरणसभा दशगते हुने

सिमकोट । नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाले यही वैशाख १० गते आठौं साधरण सभा गर्ने भएको छ । पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतको अध्यक्षतामा बसेको बैठकले आठौं साधरणसभाको मिती तय सहित पाँच वटा निर्णय समेत गरेको छ । महासंघ हुम्लाले आफ्नो साधरणसभा सञ्चालनका लागि महासंघ शाखा हुम्लाका सह–सचिव छपाल लामाको नेतृत्वमा तीन […]

हुम्लामा दैनिक उपभोगय वस्तुको नयाँ मूल्य निर्धारण

सिमकोट । उद्योग बाणिज्य संघ हुम्लाले दैनिक उपभोग्य सामग्रीको नयाँ मूल्य निर्धारण गरेको छ । उद्योग बाणिजय संघले निर्धारण गरेको दैनिक उपभोग्य अधिकांस सामानको मूल्य घटबढ भएको छ । खसीको मासुको मुल्य घटेको छ । आजै उद्योग बाणिज्य संघका अध्यक्ष राम बहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकले दुई वटा निर्णय गरेको छ । दैनिक उपभोग्य सामानको […]

सिमकोट गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका जग्गाको लगत कट्टा गर्ने

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका चलन चल्तीमा आएका बाटो, सडक र सार्वजनिक जग्गाको लगत कट्टा गर्ने भएको छ । सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)को अध्यक्षतामा बसेको बैठकले दुई वटा निर्णग गरेको छ । जसमा गाउँपालिका र मालपोत कार्यालयको सहकार्यमा सिमकोट क्षेत्र भित्रका सार्वजनिक जग्गाहरुको विवरण तयार गर्ने निर्णय गरेको […]

आजबाट नयाँ वर्ष २०८१ सुरु, देशभर हर्षोल्लास

सिमकोट । आज विक्रम सम्वत् २०८१ सालको पहिलो दिन । नयाँ वर्ष २०८१ साल आजदेखि सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन आज नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि […]

बजार प्रवद्र्धनका विषयमा सरोकारवाला निकायसँग कार्यान्वयन इकाइको अन्तरक्रिया

सिमकोट । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यान्वयन इकाई कार्यालय हुम्लाले मङगलबार जनप्रतिनिधि र सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । हुम्लामा स्याउ र ओखर खेतीको संभावनालाई मध्येनजर गर्दै स्याउ तथा ओखरका लागि बजार प्रवद्र्धनका विषयमा सरोकारवाला निमायसँग रायसुझाव संकलन गरेको हो । स्याउ तथा ओखर उत्पादन बृद्धि,बजारीकरण र स्याउ तथा ओखर उत्पादक कृषकहरुलाई प्रोत्साहन […]

नुन पाउन पनि नागरिकता

सिमकोट । हुम्लाको सिमकोट, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरीकले नागरिकता पेश गर्दा १० पोका (केजी) नुन पाउँदै आएका छन् । सिमकोटमा साल्ट ट्रेडिङ कप्रोरेशन शाखा कार्यालयले, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरीकलाई १० केजीका दरले नुन वितरण गर्दै आएको छ । उनीहरुलाई नागरिकताको आधारमा १० केजी नुन वितरण गर्दै आएको साल्ट ट्रेडिङ कप्रोरेशन शाखा […]

‘कर्णालीको विकासका लागि भौतिक पूर्वाधार निर्माण अपरिहार्य’

सिमकोट । कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना तर्जुमासम्बन्धी जिल्लास्तरीय परामर्श गोष्ठी जिल्ला समन्वय समितिको प्रेक्षालयमा शुक्रबार सम्पन्न भएको छ । गोष्ठीका अधिकांश वक्ताले प्रदेशको विकासका लागि भौतिक पूर्वाधार विकासमा राज्यले विशेष जोड दिनुपर्ने बताएका थिए । कर्णाली प्रदेशका १० वटा जिल्लामध्ये सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने जिल्ला भएकाले पर्यटन पूर्वाधार निर्माण पञ्चवर्षीय योजनाको पहिलो प्राथमिकता […]

नारा लेकको हिउँमा फसेका तीन कर्मचारीको उद्धार

सिमकोट । कर्णालीको हुम्ला जिल्लास्थित नाम्खा गाउँपालिका–५ नारा लेकको हिउँमा फसेका तीन कर्मचारीको उद्धार गरिएको छ । हिउँमा फसेका नाम्खा गाउँपालिकाका ओभरसियर छेपाक लामासहित तीन जनालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साको टोलीले उद्धार गरेको हो । तीनैजना मित्रराष्ट्र चीनबाट प्राप्त अनुदानका सामग्री बुझी फर्कने क्रममा हिउँमा फसेका थिए । सशस्त्र प्रहरी बलका […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]